समाचार

वर्ष उत्कृष्ट प्रशिक्षकमा राजेन्द्र, रमेश र नीरजको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड !

वैशाख २५, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये उत्कृष्ट प्रशिक्षक तर्फको विधामा फुटबलका राजेन्द्र तामाङ, भलिबलका रमेश केसी र टेनिसका नीरज थापा उत्कृष्ट तीनमा परेका छन् । राजेन्द्र तामाङ, फुटबलकास्कीका राजेन्द्र तामाङ… पुरा पढौ

पश्चिमाञ्चल माविको सौन्दर्यकता तालिम सकियो

पोखरा, वैशाख २५, म्याग्दीको बेनीमा संचालित एकहप्ते सेल्फ मेकअप (स्किन केयर) तालिम सकिएको छ । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सौन्दर्यकलाको सीप दिलाउन म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क तालिम संचालन गरेको थियो । तालिममा म्याग्दीका विभिन्न विद्यालयबाट एसइई दिएर बसेका ३० जना छात्राहरुले भाग लिएका थिए । तालिमको समापनामा विद्यालयका प्राचार्य सरोज कोइरालाले छात्राहरुमा उद्यमशिलता विकास गराउनका लागि यस्तो प्रशिक्षण दिएको बताए । ‘सीप सिकेपछि जो कोही पनि स्वरोजगार बन्न सक्छ । यो तालिमले जो कोहीलाई स्वरोजगार बनाउँछ,’ तालिम समापनमा उनले भने,… पुरा पढौ

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउँदै

पोखरा, २५ वैशाख, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै गएको छ ।महायज्ञमा जसले जे सक्छ त्यही दान गर्ने व्यवस्था गरिएको छ । जसले गर्दा भक्तजन कोटिहोममा केही न केही दान गरेर पुण्य लाभ लिन आउनको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सहयोग गर्नेले आर्थिक, आर्थिक नसक्नेले महायज्ञ परिसरमा चाहिने दैनिक सामाग्री पनि सहयोग गर्ने सक्ने व्यवस्था कोटिहोममा मिलाईएको छ । बिहीबार पनि कोटिहोममा दान गर्ने भक्तजनको सङ्ख्या उल्लेख्य रहेको थियो । कोटिहोममा देशभरका… पुरा पढौ

पोखरामा आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम

पोखरा, २५ वैशाख वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र साइकडेष्क फाउन्डेशनको आयोजना एवम् पोखरा महानरपालिकाको संयोजनमा पोखरामा दुुई दिने आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम दिइएको छ । तालिममा विभिन्न सरोकारवाला क्षेत्र र निकायका ३५ जना प्रशिक्षार्थी सहभागी रहनुुभएको थियो । तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्रा.राजेशकुमार ठगुराठीले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्नुुभयो । पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमल्सिनाले आत्महत्या समाजमा गम्भीर समस्याका रुपमा देखा परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि सम्बद्ध सबैको सामुहिक… पुरा पढौ

पोखराको सृजना बहिरा माविको आधारभूत तहमा अध्ययनरत बालिकाले छोरो जन्माईन्, आमा छोराको बिचल्ली

दीननाथ बराल,पोखरा २५, वैशाख, पोखरा २६ मा रहेको सृजना बहिरा माविमा अध्ययनरत एक बालिकाले बच्चा जन्माएसंगै उनको र बच्चाको बिचल्ली भएको छ । आधारभूत तहमा अध्ययनरत १४ बर्षीया बालिकाले केही समय अघि छोराको जन्म दिएसंगै उनको राम्रो रेखदेख हुन नसक्दा हाल आफ्नो परिवार बिचल्लीमा परेको उनको परिवारले पोखरा क्लिक समक्ष गुनासो गरेका छन् । छोराकी आमा बनेकी छात्रा बालिकाको परिवारले आफुहरु विपन्न परिवारको भएको हुँदा उनको उचित शिक्षा, दिक्षा तथा पालन पोषण गर्न कठिन भएको गुनासो गरे । बिद्यालयको होष्टेलमा… पुरा पढौ

कास्कीको मादीमा बस संचालन भएसंगै शहरका बिद्यार्थी गाउँ फर्किदै

दीननाथ बराल, पोखरा २४, वैशाख, कास्कीको मादी गाउँपालिकाका सामुदायिक बिद्यालयमा बस संचालन भएसंगै शहरका बिद्यार्थी गाउँ फर्किन थालेका छन् । मादी गाउँपालिका ४ मा रहेको धुर्व मावि र मादी गाउँपालिका ७ मा रहेको धनुवास कालिका माविले स्कुल बस संचालन गरेसंगै शहर पुगेका बिद्यार्थी गाउँ फर्किन थालेको मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले बताउनु भयो । गाउँका बिद्यार्थी शहर झन थाले पछि सामुदायिक बिद्यालयमा बिद्यार्थी सङख्या बढाउने उद्धेश्यले गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बस सेवामा लगानी गरेको उहाँले जनाउनु भयो । मादी गाउँपालिकासंगै… पुरा पढौ

पोखरा ४ का वडा अध्यक्ष पराजुली पक्राउ

दीननाथ बराल,पोखरा २४, वैशाख, पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीमा जाहेरी परेका कारण अध्यक्ष पराजुलीलाई आज (बुधबार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा १६ लामाचौरबाट वडा अध्यक्ष पराजुलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले बताए । पोखरा महानगरपालिकाका कर्मचारी यूनियन र व्यवसायीहरुको चौतर्फी दबाब पछि प्रहरीले आज अध्यक्ष पराजुलीलाई पक्राउ गरेको हो । प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरी प्रसाद… पुरा पढौ

कर्मचारी कुट्ने वडा अध्यक्षलाई कार्वाहीको माग गर्दै पोखरा महानगरपालिकाको सेवा ठप्प

दीननाथ बराल,पोखरा २४, वैशाख, पोखरा महानगरपालिका कार्यालयको सेवा ठप्प भएको छ । पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरी प्रसाद पोखरेल माथि हातपात गरेको भन्दै दोषी उपर कार्वाही प्रकृया अघि नबढेसम्म कर्मचारीहरुले कलम बन्द गरी (पेन डाउन) काम काज ठप्प पार्र्दै आन्दोलनमा उत्र्रिएसंगै महानगरको सेवा ठप्प भएको हो । महानगरका ४ वटा कर्मचारी संगठनहरुले संयुक्त रुपमा सूचना जारी गर्दै घटनाको घोर भत्र्सना गरी दोषी उपर कार्वाहीको माग गरेका छन् । वार्तामा… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेबाट ट्रफी प्रायोजन स्वरुप ५० हजार सहयोग हस्तान्तरण

वैशाख २४, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन तमु धिं यूकेले यसपाली देखि ट्रफी(अवार्ड) प्रायोजन गर्न सुरु गरेको छ । यही वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न तमु धिं युकेले ट्रफी प्रायोजन स्वरुप ५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ । तमु धि युकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वको टोलीले उक्त रकम नेपाल प्रतिनिधि मे.गुरुङ समक्ष पठाउनु भएको हो । तमु धिं युके नेपाल प्रतिनिधि मेजर… पुरा पढौ

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते

काठमाण्डौं, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते हुनु भएको छ ।गएराति बाथरुममा लडेर उहाँ घाइते भएका हुनु भएको उहाँको सचिवालयले जनाएको छ । उहाँको टाउकोमा चोट लागेको कारण मेडिसिटी अस्पताल उपचार पश्चाल हाल निवासमा फर्किनु भएको छ ।उहाँको टाउकोमा केही टाँका समेत लगाइएको श्रोतले जनाएको छ । उहाँकी छोरी गंगा दाहालले आफ्नो फेसवुक स्टाटर्समा बाबुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बाथ रुममा लड्नु भएको र समान्य चोट लागेको उल्लेख गर्नु भएको छ ।… पुरा पढौ

This will close in 20 seconds