समाचार

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ । ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने… पुरा पढौ

मादीको पिनिस्यो नदी माथि कल्भर्ट पुल निर्माण

पोखरा,२२ वैशाख, कास्कीको मादी गाउँपालिका–७ स्थित काउरेडाँडा–छाचोक–ज्याम्दु–ताङतिङ सडक खण्ड अन्तर्गत पिनिस्यो नदीमाथि सिमेन्ट कल्भर्ट पुल निर्माण गरिएको छ । मादी गाउँपालिका र मादी पावर प्रालिको संयुक्त लगानीमा निर्माण गरिएको सो पुलको आज गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । यसअघि यस क्षेत्रमा वर्षायाममा आवतजावतमा निकै कठिनाइ हुने गरेकामा कल्भर्ट पुल बनेपछि स्थानीयवासी समेत खुशी भएका छन् । पुल निर्माण सम्पन्न भएपछि मादीका कर्पुडाडा, ताङतिङ, सेती खोला, याङ्जाकोट, तप्राङ–सोदा र सिक्लेस लगायतका गाउँहरु तथा पर्यटकीय स्थलहरूमा सहज पहुँच पुग्ने… पुरा पढौ

पुलिसलाई हराउँदै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि

पोखरा, नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा ग¥यो । इरानले तेस्रो… पुरा पढौ

उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड !

वैशाख २२, पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी रचना चौधरी, भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् । बादल कार्की [एथलेटिक्स}एथलेटिक्स खेलाडी बादल कार्की… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा गायिका समीक्षा अधिकारीको प्रस्तुतीमा रम्न पाइने

वैशाख २२, पोखरा, गायिका समीक्षा अधिकारीको प्रस्तुतीमा पोखरेली दर्शक रम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ’नवौँ पोखरा स्पोट्र्स अवार्ड २०८१’मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका अधिकारीको प्रस्तुती रहने भएको हो । यहीं वैशाख २६ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा अधिकारीले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन्। कार्यक्रम हेर्नको… पुरा पढौ

स्टेप बाई स्टेप मा. बि. मा निर्वाचन

निर्वाचन प्रणालीका बारेमा सिक्ने सिकाउने उद्देश्यले प्रत्यक्ष निर्वाचन गरी स्टेप बाई स्टेप मा. बि.मासबार, पोखरामा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कलको प्रत्यक्ष निर्वाचन गरी कार्यसमिति चयन गरिएको छ । निर्वाचन आयोगले निर्वाचनमा प्रयोग गर्ने मतपेटिका लागाएतका सामाग्रीको प्रयोग गरीे तीनै सर्कलको निर्वाचन गरिएको थियो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा आयुषा थापा, उपाध्यक्ष मेलिना पुन, सचिवमा नुसी गुरुङ्ग, कोषाध्यक्ष सम्भव रेग्मी र सहसचिव अनुज बराल निर्वाचित भएका छन् । सदस्यहरुमा इमा थापा, समृद्धि खत्री, सदिक्षा पौडेल, आरोही… पुरा पढौ

लायन्स कप भलिबलःएपिएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने

पोखरा, २१ वैशाख, पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले… पुरा पढौ

हिमालयन कम्प्युटरबाट हिकभिजन र इजिभिजका उत्पादन बिक्री वितरण गर्न सुरु, आइतबार सेमिनार सम्पन्न

दीननाथ बराल,पोखरा २१, वैशाख, पोखरा न्युरोडमा रहेको हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) ले आइतबारदेखि विश्व प्रसिद्ध हिकभिजन र इजिभिजका उत्पादन बिक्री वितरण गर्न सुरु गरेको छ । चाइनाको हान्जाउ हिकभिजन डिजिटल टेक्नोलोजि लिमिटेडको उत्पादन नेपालको आधिकारीक बिक्रेता म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रा.लि.ले आइतबार एक कार्यक्रमका बिच पोखरा क्षेत्रको आधिकारीक बिक्रेताको रुपमा हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) लाई सम्झौता गर्दै सो कम्पनीका सामानहरु बिक्रि वितरण गर्न सुरु गराएको हो । म्याक्सिमाका प्रवन्ध निर्देशक प्रमोद अधिकरी, निर्देशक कमल तामाङ र हिमालयनका अध्यक्ष जगन… पुरा पढौ

उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई

वैशाख २१, पोखरा, ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष केशव पाठक र सदस्यहरुमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं पदेश सदस्य मञ्चका अध्यक्ष एमबि आस्था… पुरा पढौ

जिसस कास्कीको बालगृह संचालकसंग अन्तरक्रिया

२१ बैशाख ,पोखरा, जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बालगृहका संचालकहरूसंग आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। प्रमुख पौडेलले सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने ब्यबस्था भए अनुसार सोही अनुसार कार्यगर्न आग्रह गर्नुभयो । पौडेलले बालश्रम रहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र ब्यबस्थित बालगृह निर्माणका लागि आ आफ्नो क्षेत्रबाट कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले… पुरा पढौ

This will close in 20 seconds