समाचार

युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी राखिँदैन मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा तालिम परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयको आयोजनामा भएको परियोजना निर्देशन समितिको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् । “युवाहरूलाई लक्षित गर्दै सञ्चालित यी परियोजनाहरूले सीप, दक्षता र रोजगार सुनिश्चिततामा उल्लेखनीय प्रभाव पार्नेछन् । प्रदेश सरकारले दिगो भविष्य निर्माणका लागि यस्ता योजनाहरूलाई… पुरा पढौ

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउने

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । कोटिहोममा देशका विभिन्न ठाँउबाट आएका दानवीरहरू, आमा समूह, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको सहयोग गर्ने सङ्ख्या दिनहुँ बढ्दै गएको आयोजकले जनाएको छ । कोटिहोममा आउने जो कोहि हुन खालि हात देखिँदैन । किनकि कोटिहोममा जे सकिन्छ त्यही दान गर्ने व्यवस्था भएर पनि आउने भक्तजन केही न केही सहयोग गरेर जाने गरेको आयोजकले बताएको छ । कोटिहोममा भोलि बिहिवार चर्चित… पुरा पढौ

पोखरा ३२ लामेआहालमा इभि गाडी दुर्घटना हुँदा २ महिला सहित ३ जना मृत्यु

दीननाथ बराल,पोखरा ३१, वैशाख, पोखरा ३२ लामेआहालमा इभि माइक्रो दुर्घटना हुदाँ दुई महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाण्डौं देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी दुर्घटना हँुदा पोखरा २५ हेमजाकी ताङमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य एक महिला र एक पुरुषको समेत मृत्यु भएको छ भने उहाँहरुको सनाखत हुन बाँकी रहेको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले बताउनु भयो । २ जना गम्भिर घाइते भएको उहाँले जनाउनु… पुरा पढौ

पोखरा ३२ लामेआलमा इभि गाडी दुर्घटना ३ जना गम्भिर घाइते

दीननाथ बराल,पोखरा ३१, वैशाख, पोखरा ३२ लामेआहालमा इभि माइक्रो दुर्घटना हुदाँ चालक सहित ३ जना गम्भिर घाइते हुनु भएको छ । काठमाण्डौं देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी दुर्घटना हँुदा ३ जना गम्भिर सहित ९ जना घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पृथ्बी राजमार्ग अन्र्तगत लामेआहालको सडक देखि करिब ३५ मिटर खेतको वारीमा उक्त गाडी दुर्घटना हुँदा ३ जना गम्भिर घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर… पुरा पढौ

पोखराको शान्ति स्तुपा नजिकको सडकमा बस दुर्घटना, ६ जना गम्भिर घाइते, उद्धार हुदै

दीननाथ बराल, पोखरा ३१, वैशाख, पोखरा २२ को विश्व शान्ति स्तुपाः नजिकैको सडकमा आज बस दुर्घटना हुदा ६ जना गम्भिर घाइते हुनु भएको छ । शान्ति स्तुपाको पार्किङ भन्दा थोरै माथिको सडकमा ग १ ख ३८८६ नम्बरको माइक्रो बस पल्टदा ६ जना गम्भिर घाइते हुनु भएको स्थानिय राजु क्षेत्रीले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार उद्धार कार्य हाल जारी रहेको छ । २६ जना घाइते हुनु भएको बताइन्छ । यहाँकहरुको पोखरामा उपचार गर्न ल्याईदै छ । ब्रेक फेल भएर उक्त… पुरा पढौ

पुर्खाको थलो जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ, बेलायत र जापानमा पनि रिलिज हुने

पोखरा, बैसाख ३१, नेपाली चलचित्र ुपुर्खाको थलोु आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ। ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा। लिको व्यानरमा बनेको हो । मुनाल फिल्म ब्यानरको निर्माण भएको यो आठौँ चलचित्र हो। निर्देशक गुरुङले देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेका बेला, त्यसको भावनात्मक प्रभाव र आफ्नो पहिचानप्रतिको सम्झनालाई समेट्दै चलचित्र निर्माण गरेको बताएका छन् । त्यसै गरि निर्मात्री कुबिना गुरुङले चलचित्रले पुर्खा–प्रेम र… पुरा पढौ

पोखरा सहित गण्डकी प्रदेशमा राइड शेयरिङ एप्सले पायो मान्यता, यात्रुबाट राइडर, कम्पनी र प्रदेश सरकारलाई बाडफाँड कसले कति पाउछन !

दीननाथ बराल,पोखरा ३१, वैशाख, सरकारले कानूनि मान्यता नदिए पनि हाल निर्वाद रुपमा संचालन भएका राइड शेयरिङ एप्स अब भने पोखरा सहित गण्डकी प्रदेशमा निश्चित मापदण्ड पूरा गरी संचालनको अनुमति पाउने भएका छन् । गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद ९क्याविनेट० बैठकले राइड शेयरिङ एप्सको नियमावली पारित गरेसंगै अब निश्चित मापदण्ड पूरा गरी यस क्षेत्रका राइड शेयरिङ एप्सको निश्चित मापदण्ड पूरा गरी संचालनको अनुमति पाउने भएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा।टकराज गुरुङले पोखराक्लिकलाई बताउनु भयो । उक्त नियमावली… पुरा पढौ

कास्की माछापुच्छ्रे—२ भुर्जुङखोलामा संचालिन गण्डकी रेन्बो ट्राउट फार्मबाट बार्षिक २५ टन माछा उत्पादन (भिडियो सहित)

दीननाथ बराल, पोखरा ३०, वैशाख, कास्कीको माछापुच्छ«े गाउँपालिका—२ भुर्जुङखोलामा संचालन हुँदै आएको गण्डकी ट्राउट फार्ममा बार्षिक रुपमा २५ टन रेन्बो ट्राउट माछा उत्पादन हुने गरेको छ । विगत १६ बर्ष अघि देखि संचालन हुदै आएको उक्त फार्ममा पछिल्लो बर्षदेखि बार्षिक रुपमा २५ टन रेन्बो जातको माछा उत्पादन हुने गरेको गण्डकी ट्राउट फार्मका संचालक मध्यका एक लक्षिन गुरुङले पोखराक्लिकलाई बताउनु भयो । साना ठुला गरी करिब ६० वटा पोखरी रहेको उक्त फार्ममा यस बर्ष पनि करिब २५ टन रेन्बो ट्राउट माछा… पुरा पढौ

मानव वेचविखन सम्बन्धी मुद्दामा ३ जना पक्राउ

पोखरा, पोखरामा मानव वेचविखन सम्बन्धी मुद्दामा ३ जना पक्राउ परेका छन् । पोखराको सृजनाचोकमा रहेको मनिका रेष्टुरेण्टमा अबैध रुपमा यौनजन्य क्रियाकलापहरु भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त होटलबाट ५ जना महिलाहरुलाई उद्धार गरी सेफ हाउसमा पठाएको र उक्त होटल संचालक सहित निम्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । कास्की जिल्ला अदालतबाट मनव वेचविखन तथा ओसार पसार सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी… पुरा पढौ

ल्यान्डमार्क नारायणी भरतपुर र देवघाटको ल्याडमार्क फार्म हाउस संचालनमा

३० वैशाख, भरतपुर पोखराबाट सुरु भएको ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले आजदेखि चितवनको भरतपुरमा ल्यान्डमार्क नारायणी र देवघाटमा ल्यान्डमार्क फार्म हाउसको नाममा सेवा विस्तार गरेको छ । आइतबार भरतपुरको ल्याण्डमार्क नारायणीमा पत्रकार सम्मेलन गर्दै ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेले लिजिङ गरेर रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी र देवघाटको फार्म हाउसलाई ल्यान्डमार्क फार्म हाउस बनाएर नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । भरतपुर हाइटमा रहेको ल्याडमार्क नारायणीले ७० कोठाको होटलबाट सेवा सुरू गरेको छ । व्यापारिक र… पुरा पढौ

This will close in 20 seconds