समाचार

वाईसिएल गण्डकीको अध्यक्षमा थमन

पोखरा, योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) गण्डकी प्रदेश अध्यक्षमा थम बहादुर गुरुङ (थमन)चयन हुनु भएको छ । आज पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा सम्पन्न प्रथम सम्मेलनले गुरुङको अध्यक्षतामा सर्वसम्वत नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा रिजन वि.क., महिला उपाध्यक्षमा सविता निउरे, सचिवमा सुमित घर्ति, सहसचिवहरुमा दिपेन्द्र थापा, बसन्त सदा शंकर, दिपेन्द्र नेपाली, बिकास तामाङ, सागर गुरुङ चयन हुनु भयो भने कोषाध्यक्षमा आइतराम तामाङ चयन हुनु भएको वाईसिएल गण्डकीले पोखराक्लिकलाई जनाएको छ । अन्य सदस्यहरु समेत चयन हुनु भएको… पुरा पढौ

प्रतिभामा शिक्षक–अभिभावक बीच भेटघाट ः शिक्षण सिकाईमा प्रविधिलाई जोड

पोखरा, जेठ ३, पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माविमा शनिबार अभिभावक तथा शिक्षकहरुबीच भेटघाट कार्यक्रम गरिएको छ । नर्सरीदेखि कक्षा–१ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई शिक्षक्शिक्षिकाहरुसँग राखेर विद्यालयले अन्र्तक्रिया गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले अभिभावकहरुले राखेको गुनासो तथा जिज्ञासा मेटाउँदै कतिपय सन्दर्भलाई प्रष्ट्याएका थिए । प्राचार्य सापकोटाले विद्यालयले शिक्षण सिकाईमा प्रविधिलाई जोड दिईएको बताए । बालबालिकालाई सैद्वान्तिक कुराहरुसँगै व्यवहारिक ज्ञान पनि दिनुपर्ने भन्दै त्यसका लागि प्रतिभाले भरमग्दूर प्रयास गरेको उनले बताए । उनले सबै बालबालिकाको सिक्ने क्षमता एकै किसिमको… पुरा पढौ

कोटिहोममा भक्तजनको अत्याधिक भिड

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार अत्याधिक भिड भएको छ । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गर्दा अत्याधिक भिड भएको हो । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको छ । न त भूतकालमा यत्रो यज्ञ भयो न त भविष्यकलामा होला या नहोला तर वर्तमानमा एक महापुरुष जन्मियो जसले शतकुण्डीय महायज्ञ प्रारम्भ गरे यस कारण देशभरबाट भक्तजनको… पुरा पढौ

टाठाबाठाले जनता र सहकारी लुटेका छन्ःअन्नपूर्ण गा.पा.अध्यक्ष केसी

पोखरा, जेठ ३, कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले टाठाबाठाले जनता र सहकारी लुटेको आरोप लगाउनु भएको छ । मानव सेवा आश्रमले शनिबार पोखरामा आयोजना गरेको सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपाली सोझा साझा जनता माथि र जनताले जम्मा गरेको सहकारीको रकम केही टाठाबाठाले लुटेको आरोप लगाउनु भएको हो । नेता र नेतृत्व स्वार्थमा लिप्त रहेको आरोप लगाउदै उहाँले जनता लुटिरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो “नेता र नेतृत्व स्वार्थमा… पुरा पढौ

पोखरा १८ सेदीमा जेनेसिस भिल्लासको बुकिङ खुल्ला, लन्च इभेण्टमा बुकिङ गर्ने ग्राहकलाई ५ प्रतिशत छुट

दीननाथ बराल,पोखरा ३, जेठ, पर्यंटकीय नगरी पोखरामा पहिलो पटक भिल्ला अवधारणमा जेनेसिस भिल्लासले सिमित भिल्ला बिक्रिको लागि बुकिङ खुल्ला गरेको छ । पर्यटनको राजधानि पोखरामा रहेको केफास इन्भेस्टमेन्ट एण्ड होल्डिंग्स प्रा.लि.ले पोखरा १८ मा रहेको सेदीमा सिमित भिल्ला निर्माण गर्न लागेकोले अग्रिम बुकिङ खुल्ला गरेको प्रा.लि.का बजार व्यबस्थापक अनन्त ठकुरीले बताउनु भयो । उक्त लन्च बुकिङ इभेण्टको अवसरमा आयोजित कार्यक्रममा बुकिङ गर्ने ग्राहकहरुको लागि सस्थाले ५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ । उक्त संस्थाले पहिलो चरणमा १० वटा भिल्ला… पुरा पढौ

वडाध्यक्ष गुरुङको परिवारबाट विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष

लेखनाथ, पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा शुक्रवार विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष अक्षयकोष स्थापना गरेका छन् । वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ,दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङ सहितको उपस्थितिमा स्व. बुबा अमरबहादुर गुरुङ र दाजु स्व धनबहादुर गुरुङको स्मृतिमा २ लाख रुपैयाको अक्षयकोष पोखरा माहानगर पालिका वडा नं २७ को वीर आधारभूत विद्यालयमा स्थापना गरेका हुन् । गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक बिकासमा सहयोग पुग्ने सोंचका साथ गुरुङको परिवारले उक्त रकमको… पुरा पढौ

कोटिहोममा भोलि साधु सन्त तथा चर्चित कलाकार आउँदै

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा शनिवार साधु सन्त, कथा व्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय हुने आयोजकको विश्वास छ । आयोजकका अनुसार भोलि ९शनिवार० ३३ जिल्लाबाट भक्तजन आउने छन् । महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले भोलि ९शनिवार० मात्रै एक लाख भक्तहरूले एकै दिन उपस्थिति जनाउने अनुमान गरेको… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी गण्डकीको सातौँ साधारण सभा सम्पन्न

पोखरा, २ जेठ, गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुल मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेमा रगत निशुल्क उपलब्ध कार्यक्रमलाइ निरन्तरता दिइने बताएका छन् । २०७८ सालबाट गण्डकीका सबै अस्पतालमा उपचार गराउने विरामीलाइ रगतको आवश्यकता परेमा निःशुल्क उपलब्ध गराइदै आएकोमा आगामी वर्ष पनि निरन्तरता दिइने मन्त्री थापाले बताए । नेपाल रेडक्रस सोसाइटी, गण्डकीको सातौँ साधारण सभाको उद्याटन गदै मन्त्री थापाले नेपाल रेडक्रस सोसाइटीसंगको समन्यमा रक्त तत्व निशुल्क वितरण कार्यक्रम प्रभावकारी बनेको बताए । मन्त्री थापाले रेडक्रसले मानवीय सेवामा गदै आएको कामको… पुरा पढौ

अन्नपूर्ण म्याराथन यही जेठ २० गते हुने, पालिका, प्रदेश, विदेशी धावकलाई बिषेश पुरस्कारको व्यबस्था

दीननाथ बराल,पोखरा २, जेठ, अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन–२०८२ यही जेठ २० गते हुने भएको छ । पर्यटनका लागि सबै मौसम भन्ने मूल नाराका साथ समितिले आयोजना गर्ने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताउनु भयो । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी) को अन्नपूर्ण… पुरा पढौ

वाईसिएललाई उत्पादनमा लाग्न ःनेता अधिकारीको आग्रह

पोखरा, जेठ २, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) ले योङ कम्युनिष्ट लिग (वाईसिएल) लाई देशमा उत्पादन हुने गरी आत्मनिर्भर बन्न सुझाव दिए । वाईसिएल गण्डकीको प्रथम सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले देशका अन्य युवा संगठनहरु भन्दा वाईसिएस फरक ढंगले प्रस्तुतः हुन आग्रह गरेका हुन् । उनले भने,‘वाईसिएल पार्टीको जनवर्गिय संगठन मात्र होईन, यो त पार्टीका उत्तराधिकारी संगठन हो, सहायक संगठन हो, त्यसैले यो संगठन धेरै प्रचण्डहरु जन्माउने संगठन बन्नुपर्छ ।’ यस संगठनले क्रान्तिकारीहरुलाई आकर्षित गर्न सक्ने… पुरा पढौ

This will close in 20 seconds