समाचार

नेपाल खेलकुद महासङ्घ गण्डकीको दोस्रो अधिवेशन जेठ ३०–३१ गते पोखरामा हुने

दीननाथ बराल, पोखरा, २२ जेठ, नेपाल खेलकुद महासङ्घ गण्डकीको दोस्रो अधिवेशन यही जेठ ३० र ३१ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्ला र ७ वटा खेलका प्रतिनिधिहरू गरी करिब १ सय ५० जनाको सहभागितामा उक्त अधिवेशन हुने तयारी गरिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । महासंघका केन्द्रीय सचिव बिष्णु पुनले अधिवेशनमा दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने बताउदै नेतृत्व चयन सर्वसम्वत हुने दाबी गर्नुभयो । यसअघि महासंघले दुई वटा खेलकुद… पुरा पढौ

टेवानद्वारा पर्यटनकर्मी तुलाचन र गुरूङ पुरस्कृत

पोखरा, २२ जेठ, यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत भएका छन् ।पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन अवसरमा बिहीबार आयोजित समारोहमा अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत भएका हुन् । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनीहरूलाई नगद १५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरे । सो अवसरमा संस्थाको स्मारिका ‘परिकल्पना’ पनि विमोचन… पुरा पढौ

पोखरा २६ का तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे शुरु

लेखनाथ÷जेठ २२, पोखरा महानगरपालिका वडा नं. २६ ले तीन वटा सामुदायिक विद्यालयमा बिहिबार देखी वुक फ्रि डे कार्यक्रम शुभारंभ गरेको छ । वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मा.वि अर्घौमा बुक फ्रि डे कार्यक्रम शुरु भएको हो । बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिप मुलक तालिम दिईने उल्लेख गर्नु भयो । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको… पुरा पढौ

पोखरामा नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा २१, जेठ, मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा आज ९बुधबार० देखि पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । जेठ २४ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङले गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले नीजि क्षेत्रबाट उक्त प्रतियोगिता हुनु निकै प्रशंसानिय कार्य भएको बताउनुभयो ।४ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरिय इभेण्टमा हुने उक्त प्रतियोगिता हुदैछ् । फिट… पुरा पढौ

गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई प्रथामिकता दिने

दीननाथ बराल, पोखरा २१, जेठ, गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई प्रथामिकता दिदै आउँदो आर्थिक बर्षको २०८२÷०८३ लागि नीति तथा कार्यक्रममा ल्याउने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज(बुधबार) प्रदेश सभा बैठकमा प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस बर्ष केही नयाँ बाहेक अन्य पुरानै कार्यक्रम दोहोर्याउनु भएको हो । एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म, जलवायु अनुकूलन सिँचाइ विशेष कार्यक्रम, घरेलु मदिराको ब्राण्डिङ र गाँजा खेती बैध बनाउनेदेखि एक निर्वाचन… पुरा पढौ

प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा,पोखरामा जेठ २७ देखि हुने प्रतियोगितामा गण्डकी प्रदेश सहित ६ टिम सहभागि हुने

दीननाथ बराल, पोखरा २१, जेठ, नेशनल स्पोट्र्स एकेडेमीको आयोजनामा यही जेठ २७ गते देखि पोखरा रंगशालामा हुने प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रंगशालाको कभर्डहलमा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा घरेलु टिम गण्डकी प्रदेश सहित ६ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा तीन विभागिय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड र एभरेष्ट भलिबल… पुरा पढौ

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप ः प्रतिभा मावि र रत्न ज्योति सेमीफाइनलमा

पोखरा, जेठ २१, पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल सेमीफाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी प्रतियोगितामा दुबै टिम समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् । समूह सी अन्तर्गत बुधबार भएको प्रतियोगितामा प्रतिभा माविले जुनियर सिटिजन एकेडेमीलाई ९ विकेटले पराजित गर्दै समूह बिजेता बनेर सेमीफाइनल यात्रा सुनिश्चित गरेको थियो । लगातार तीन खेल जितेको प्रतिभा सहजै सेमीफाइनलमा प्रवेश… पुरा पढौ

अन्नपूर्ण प्रथम हिमाल (नर्थ)मा पर्यंटकीय सम्भावनाको खोजी

पोखरा २१, जेठ, ७५ वर्षअधि फ्रान्सेली नागरिकद्वय मौरिस हर्जोग र लुइस लाशनलले पहिलो पटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वका लागि हिमालको पर्दा उघारिएको थियो । हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्बर ४ मा पर्ने आधार शिविर नर्थ बाट सन् १९५० जुन थर्डमा मौरिस हर्जोग नेतृत्वले ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेका थिय । उक्त आरोहण नै विश्वमै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमानी थियो । नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउन र पर्वतीय पर्यटनको सुरुवात भएको… पुरा पढौ

पोखराको चङ्खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा सेल्फी ब्रिज निर्माण गरिने

पोखरा २१, जेठ, गण्डकी प्रदेश सरकारले पोखराको चङ्खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा सेल्फी ब्रिज निर्माण गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज(बुधबार) प्रदेश सभा बैठकमा प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चङ्खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा सेल्फी ब्रिज निर्माण गर्न प्राविधिक अध्ययन गरी कार्यान्वयनको चरणमा लगिने उल्लेख गर्नु भएको हो। गण्डकी प्रदेशको पहिचान झल्कने गरी पोखरामा अन्तर्राष्ट्रियस्तरको वानस्पतिक पर्यटकीय पार्क निर्माण कार्यको सुरुवात गरिने, पोखरामा रहेका सात तालको सञ्जालीकरण गरी रुपा तालमा न्बिकक द्यचष्मनभ… पुरा पढौ

प्रदेश खेलकुद परिषद् गण्डकीको खाता रोक्का हुँदा राष्ट्रपति रनिङशील प्रभावित

दीननाथ बराल, पोखरा २०, जेठ, गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेश खेलकुद परिषद्को खाता रोक्का गरेपछि राष्ट्रपति रनिङशील प्रतियोगिता प्रभावित भएको छ । परिषद्ले यही जेठ २२ गतेबाट सुरु गर्ने तयारी गरेको प्रदेशस्तरीय छनोट प्रतियोगिता र त्यसपछि हुने बन्द प्रशिक्षण समेत प्रभावित भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो । उक्त खाता रोकिएसंगै उक्तः प्रतियोगिता भने यही जेठ २६ र २७ गते गोरखामा हुने भएको उहाँले जनाउनु भयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि जिल्ला र… पुरा पढौ

This will close in 20 seconds