समाचार

राष्ट्रिय महिला ह्याण्डबलमा लिग चरणका खेल सकिए, सेमिफाइनल र फाइनल भोलि

पोखरा १३, असार, पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ मा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा जारि प्रतियोगितामा शुक्रबार ६ खेल सकिएसँगै लिग चरण सम्पन्न भएको हो । प्रतियोगितामा एपिएफ र आर्मी आ–आफ्नो समूहमा विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् भने आयोजक गण्डकी प्रदेश र कोशी उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरे । शुक्रबार समूह ‘ए’ तर्फ भएको खेलमा गण्डकी प्रदेशले मधेश… पुरा पढौ

फिस्टेलएसइई कप तथा फिस्टेलएसइई स्कलर्श कप २०८२ सम्पन्न

पोखरा, १३ असार, पोखरा १७ मा रहेको फिस्टेल एकेडेमी आई.बी.वल्र्ड स्कुलले एसइई २०८१ मा सहभागी भएका विद्यार्थीहरूका बिच विभिन्न खेलकुद तथा सिर्जनात्मक प्रतियोगिता सम्पन्न गरेको छ । यही असार १० गतेबाट सुरु भएको सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा वेलनन समूहले पोखरा टप्स समूहलाई ७–२ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. बिस हजार हात पार्दा उपविजेता पोखरा टप्सले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. दश हजार हात पा¥यो ।यस प्रतियोगितामादेशभरका विभिन्न जिल्लाबाट जम्मा ३६ टिम… पुरा पढौ

गोर्खा र कास्कीमा बढी बजेट परेको बिषयमा प्रष्ट्याउदै मुख्यमन्त्री पाण्डे, केही दिन अघि आक्रोश पोख्नु भएको सदनमा कुल…

दीननाथ बराल,पोखरा, १३ असार, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही दिन अघि पत्रकार माथि र सांसदहरु माथि आक्रोश पोख्नु भएकोमा आज संसदमा बजेट माथि उठेका प्रश्नको जबाफ दिदा भने निकै भावुक तथा नरम स्वभावमा जबाफ दिनु भएको छ । गोर्खा र कास्की जिल्लामा बढी बजेट विनियोजन हुनुका पछाडि प्रष्ट कारण प्रस्तुत गर्दै उहाँले शुक्रबारको प्रदेशसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनु भएको हो । पुराना बहुवर्षीय योजनाहरू र प्रशासनिक संरचनाको केन्द्रिकरणलाई उहाँले मुख्य कारण देखाउनु भयो । प्रदेश सरकार स्थापना (२०७४)… पुरा पढौ

पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गयो

दीननाथ बराल,पोखरा १३, असार, पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गएको छ । पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते भई उपचारकै क्रममा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ। पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जार्दै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएको थियो । उहाँको प्रहरी र स्थानियले उद्धार गरी… पुरा पढौ

टिप्परको ठक्करले पोखरामा एक जना गम्भीर घाइते

पोखरा, टिप्परको ठक्करले पोखरामा एक जना गम्भीर घाइते हुनु भएकाे छ । पाेखरा २२ पुम्दी भुम्दीकाे बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा सर्केटारकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ। पाेखराकाे छाेरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेकाे ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरकाे स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएकाे छ । उक्त घटना आज करिब १२:३० बजे भएकाे काे । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की… पुरा पढौ

तेस्रो असार हिले महोत्सव पोखरा–२३ मा हुने, माग्ने बुढो, धुर्मुस र लटे प्रस्तुती हुने

जया पौडेल,पोखरा, १२ असार, पोखरा महानगरपालिका वडा नम्बर २३ को कार्यालयको आयोजनामा तेस्रो असार हिले महोत्सव यही असार १५ गते आइतबार मार्गी फेवा फाँटमा हुने भएको छ । असारको मौसमी परिवेश र रोपाइँ संस्कृतिलाई उजागर गर्ने उद्देश्य सहित आयोजना गरिएको महोत्सवमा हिलो, कृषि, र स्थानीय मनोरञ्जनजन्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुतीः हुने भएको स्थानिय देविलाल लामिछानेले बताउनु भयो । महोत्सवमा हिले पुरुष भलिबल प्रतियोगिता, असारे गीतसहितको धान रोपाइँ प्रतियोगिता, महिला र पुरुष हिले दौड, हिलोमा माछा छोप्ने प्रतियोगिता, हल गोरु… पुरा पढौ

पत्रकार अपिल त्रिपाठीलाई मातृशोक

पोखरा, असार १२ पत्रकार अपिल त्रिपाठीलाई मातृशोक परेको छ। उहाँकी आमा तुलसादेवी त्रिपाठीको ७५ वर्षको उमेरमा बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको पोखरास्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। दिवंगत तुलसादेवी त्रिपाठीको बिहीबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ। स्व.त्रिपाठी पोखरा २८ कालिकामा बसोबास गर्दै आउनु भएको थियो। काजकिरिया कार्यक्रम पनि नेपाली परम्परा अनुसार कालिकामै सम्पन्न हुने परिवारले पोखराक्लिकलाई जनाएको छ। दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकार, राजनीतिज्ञ, समाजसेवी, उद्योगी(व्यवसायी, शुभेच्छुक र आफन्तजनहरूले त्रिपाठी परिवारप्रति गहिरो समवेदना प्रकट… पुरा पढौ

पोखराको फेवातालमा सीमा स्तम्भ गाड्ने अभियान ३४ प्रतिशत सम्पन्न

दीननाथ बराल, पोखरा १२, असार, पोखराको फेवातालमा सीमा स्तम्भ गाड्ने अभियान हाल ३४ प्रतिशत सम्पन्न भएको छ । गत जेठ १७ गतेदेखि सुरु भएको उक्त कार्यको हालसम्म ३ सय ६० पिल्लरहरु गाडिएदा ३४ प्रतिशत सीमा स्तम्भ गाड्ने अभियान सम्पन्न भएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताउनु भयो । सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम तिव्र पारिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको… पुरा पढौ

राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पोखरामा सुरु, एपिएफ र आर्मीको जित

पोखरा, पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आजबाट सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा समूह ए बाट एपिएफ क्लब र समूह बी बाट त्रिभुवन आर्मी क्लबले सेमीफाइनलको ढोका खुल्ला गरेका छन् । पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा भएको खेलमा समूह ए तर्फ एपिएफले गण्डकीलाई २२–६ र बागमतिलाई ३०–१ गोलअन्तरले हराउँदै सेमीफाइनलको सम्भावना बलियो बनाएको हो । बागमतिले मधेश प्रदेशलाई ६–१ ले हराउँदा समूह बि तर्फ आर्मीले लुम्बिनीलाई २६–१३ र कोशीलाई ३७–८ को फाराकिलो… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीको निःशुल्क आँखा परिक्षणबाट १ सय ५२ जना लाभान्वित

पोखरा,१३ असार, नेपाल पत्रकार महासंघ कास्कीको ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ कास्की हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा १५२ जना पत्रकार, सञ्चारकर्मी एवम स्थानियले लाभ लिएका छन् । शिविरमा बोल्दै नेपाल नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उमिद बागचन्दले पत्रकारले जुनसुकै संचारमाध्यममा काम गरेपनि सबै भन्दा वढी प्रभाव आँखालाई पर्ने बताए । उनले पत्रकारको आँखा सुरक्षित राख्न नेत्र ज्योति संघले सहयोग गरेकोमा धन्यवाद दिए । नेपाल… पुरा पढौ

This will close in 20 seconds