प्रमुख समाचार

पोखरामा नेपाल, भारत, चाइना एक्सपो सुरु

दीननाथ बराल,पोखरा १२, फागुन, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टर(पाटा)को आयोजनामा पर्यटनको राजधानि पोखरामा आज (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु भएको छ । पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा उक्त कार्यक्रम आजबाट सुरु भएकोे कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनु भयो । उक्त कार्यक्रममा मित्र राष्ट्र भारत र चाइना सहित नेपालका गरी करिब ५ सय जनाको सहभागिता भएको आयोजकले दाबी गरेको छ । भारतबाट करिब ४० जना र चिनबाट करिब ५० जनाको सहभागिता भएको छ भने… पुरा पढौ

लमजुङको क्व्होलासोथारमा यही फागुन १८ गते देखि १५ औं पसगाउँ महोत्सव हुने

दीननाथ बराल,पोखरा, १२ फागुन, लमजुङको क्व्होलासोथारमा यही फागुन १८ गते देखि १५ औं पसगाउँ महोत्सव हुने भएको छ । ग्रामिण पर्यटन प्रबद्र्धन गरि गाउँको प्रचार प्रसार गर्न उक्त महोत्सव हुने भएको क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष एवं पसगाउँ सामुहिक होमस्टेका समेत अध्यक्ष सुर्य प्रसाद गुरुङले बताउनु भयो । ग्रामिण पर्यटनको माध्यमबाट गरिवी न्यूनीकरण गर्ने, स्थानीय भेषभुषा, कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने, आर्थिक एवं सामाजिक स्तर बृद्धि गर्ने, पसगाउँको थप प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लगायतका उद्धेश्य राखेर उक्त महोत्सव… पुरा पढौ

गण्डकी प्रदेशका प्रमुख भट्ट डिस्चार्ज

पोखरा, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट स्वास्थ्य उपचार पश्चात अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । श्वासप्रश्वास तथा छाती सम्बन्धी समस्याले पाँच दिनदेखि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराउनुभएको उहाँलाई सोमबार बिहान डिस्चार्ज गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । वरिष्ठ छातीरोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीको निगरानीमा उहाँको उपचार भएको थियो । प्रदेश प्रमुख भट्टले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हस्पिटल व्यवस्थापनका साथै उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘कुनै पनि बिरामीलाई आधा… पुरा पढौ

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाईयो, अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड

पोखरा, प्राविधिक धारको नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ रजत जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । पोखरा १४ छिनेडाँडामा रहेको उक्त कलेजको २५ औं बर्ष गाँठमा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको कलेजले जनाएको छ । हालै कलेजमा आयोजितस मूल समारोहमा २५ औं वर्षसम्म निरन्तर कलेजको सफल व्यवस्थापनको नेतृत्वमा रहेर काम गरेका अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड प्रदान गरिएको छ । त्यसै गरी कलेजको स्थापनाकालदेखि हालसम्म निरन्तर क्रियाशिल रहेका बोर्ड सदस्य कर्म… पुरा पढौ

नेपाल, भारत, चाइना एक्सपो पोखरामा सोमबारबाट सुरु हुने, बिहान देखि कार्यक्रम संचालन हुने, साँझ ६ बजे उद्घाटन हुने

दीननाथ बराल,पोखरा ११, फागुन, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा पर्यटनको राजधानि पोखरामा भोलि (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु हुने भएको छ । पोखरा भ्रमण बर्ष २०२५ को अवसरमा पोखराको वुलौदीमा रहेको पोखरा इभेण्ट सेन्टरमा संचालन हुने उक्त कार्यक्रम सोमबार बिहान ८ः३० बजे देखि अनौपचारिक रुपमा सुरु हुने भएको छ भने साँझ ६ः०० बजे पछि उक्त कार्यक्रमको उद्घाटन हुने भएको एसोसिएसनका सदस्य एवं कार्यक्रम संयोजक सुनिल बहादुर भट्टराईले पोखराक्लिकलाई बताए । नेपाल सरकारका संस्कृति पर्यटन तथा… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा श्रद्धालु भक्तजनहरुको भिड बढ्दो, गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीद्वारा अवलोकन

पोखरा, ११, फागुन, पोखरा २२ को पुम्दीकोटमा जारी महायज्ञमा श्रद्धालु भक्तजनहरुको भिड बढ्दो रुपमा रहेको छ । महायज्ञमा हरेक दिन जसो श्रद्धालुभक्तजनहरुको सहभागिता बढ्दो रुपमा रहेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं महायज्ञका मुल संयोजक चन्द्रकान्त बरालले बताए । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै आयोजना गरिएको ज्ञान महायज्ञमा पोखरा, कास्की सहितका छिमेकी जिल्ला एवं देश तथा विदेशबाट श्रद्धालु भक्तजनहरुको भिड बढ्दो क्रममा रहेको उनले जनाए । आइतबार… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा छोराको सम्झनामा जसले आफ्नो सवै सम्पत्ति प्रतिष्ठानमा सुम्पीए..

पोखरा, ११ फागुन, वुवा मलाई वोर्डिङ पढाउनु भएको भए । ममि वुवालाई किन विदेश पठाउनु प¥यो अव आराम गर्नु भन्नु । वुवा जस्ले शत्रु व्यवहार गर्छन नि उसको घर पटक पटक जानुपर्छ । प्रेम गरे पनि बुवाको आज्ञा लिएर मात्र विवाह गर्ने हो । म छु नि ममि वुवा। वुवालाई व्यवहार गर्न गाह्रो भयो होला मलाई हप्ताको ५ सय भए पुग्छ नि ममि । ममि म तपाईहरुलाई सेवा गर्ने केटी सँग नै विवाह गर्छु के । यी हरफ पढ्दा जो… पुरा पढौ

तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

पोखरा, ११ फागुन, नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा सम्पन्न प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्धितिय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा स्थान हासिल गर्न सफल भएका छन् । विजेता प्रथम, द्धितिय, तृतिय एवम सान्तन्वा स्थान हासिल गर्ने टोलीले क्रमश रु ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र… पुरा पढौ

पोखरामा निलडाम हुने गरी बिद्यार्थी कुट्ने शिक्षक निष्कासन

दीननाथ बराल,पोखरा १०, फागुन, पोखरामा निल डाम हुने गरी बिद्यार्थी कुट्ने एक शिक्षक निष्कासन हुनु भएको छ । पोखराको जरेवरमा रहेको गण्डकी एकेडेमी कास्कीका गणित शिक्षक विपिन कार्कीले बिद्यालयका कक्षा ६ मा अध्ययन गर्ने एक छात्रलाई शारीरमा निलडाम हुने गरी कुटपिट गरे पछि बिद्यालयले उहाँलाई निष्कासन गरेको बिद्यालय श्रोतले जनाएको छ । केही दिन अघि शिक्षक कार्कीले बिद्यार्थी माथि कुटपिट गरे पछि पिडितका आफन्तले बिद्यालयमा उजुरी गर्दै प्रहरी समक्ष उक्त घटना पुगे पछि प्रहरीकै समन्वयमा घटनाको बिषयमा हाल टुंगाइएको बिद्यालयले… पुरा पढौ

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ गते देखि पुम्दी-भुम्दीमा त्रिभुवन स्मृति कप हुने

दीननाथ बराल, पोखरा १०, फागुन, पोखरा २२ (पुम्दी—भुम्दी) मा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा न. २२ को ठुलिविडीमा यही फागुन १६ गते देखि उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ,पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुने भएको क्लवका सचिव एवं प्रतियोगिताका संयोजक सुदिप… पुरा पढौ