जिवनशैली पत्रिका

नवनिर्वाचित आत्रेय र ओझालाई लेउवा संघको बधाई एवं सम्मान

लेखनाथ, २६ वैशाख, नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६० औं निर्वाचनबाट कार्यकारिणी सदस्य पदमा अत्याधिक मतका साथ निर्वाचित भएका संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय र गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई शनिबार एक कार्यक्रमका विच बधाई तथा सम्मान व्यक्त गरिएको छ । कार्यक्रममा बधाई ज्ञापन एवं सम्मान गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले नवनिर्वाचित आत्रेय र ओझा केन्द्रीय कार्यकारिणी सदस्य र गण्डकी प्रदेशको कोषाध्यक्षमा निर्वाचित हुँदा लेखनाथ उद्योग वाणिज्य संघ परिवार हर्षित… पुरा पढौ

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी

पोखरा, गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्। क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित र द्वितिय उपाध्यक्ष द्रव्यजंग राणा छन्। त्यसैगरी, सचिव चेतनाथ चालिसे, सह–सचिव बिकी गुरुङ, कोषाध्यक्ष विकास बिजुक्छे र सह–कोषाध्यक्ष सुजन गुरुङ ९रेयस० छन्। त्यस्तै, सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ,… पुरा पढौ

र्याण्डममा ‘मगर जातिको इतिहास र भर्तीको फन्दा’को परिचर्चा

पोखरा, २६ बैशाख, र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा पत्रकार, इतिहासकार, लेखक अधिवक्ता मनोज घर्तीमगरका कृतिहरूमा आधारित रहेर “मगर इतिहासदेखि भर्तीको फन्दासम्म’’ विषयक परिचर्चा कार्यक्रम गरिएको छ । पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा लेखक मेजन पुनले मनोज घर्तीमगरका दुुई पुुस्तक ‘मगर जातिको इतिहास’ र ‘भर्तीको भन्दा’ किताबामाथि कार्यपत्र प्रस्तुत गरेका थिए । ‘लेखकले गोर्खा भर्तीले नेपाली समाजमा… पुरा पढौ

प्रतिभा माविमा नेपाली वक्तृत्वकला

पोखरा, वैशाख २६, पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । विद्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामामा पोखरा सहित कास्की आसपासका जिल्लाबाट विभिन्न २५ वटा विद्यालयका विद्यार्थी सहभागि भएको प्रतियोगिता संयोजक सहप्राध्यापक डा पुण्यप्रसाद शर्माले जानकारी दिए । ‘युवा पलायन र यसको प्रभाव’ शीर्षकमा विद्यार्थीले आफ्ना विचार व्यक्त गरेका थिए । विद्यार्थीमा बोल्ने कला, आत्मविश्वास र विचार प्रस्तुत गर्ने क्षमता विकास गर्नका… पुरा पढौ

मानवसेवा आश्रम हेमजामा आयोजित महायज्ञ आज समापन हुँदै, पर्यटन व्यवसायी भट्टराईसहित विभिन्न संघसंस्था र दाताबाट सहयोग

पोखरा, मानवसेवा आश्रम, पोखरा–२५ हेमजामा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आज(शनिबार) समापन हुँदैछ। आश्रमको भवन निर्माण सम्पन्नता, अक्षयकोष श्रीवृद्धि तथा लक्ष्मीनारायण मन्दिर निर्माण सहयोगार्थ आयोजित महायज्ञमा विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूबाट उल्लेखनीय आर्थिक सहयोग जुटेको छ। महायज्ञ अवधिभर मानवसेवा र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै देश–विदेशबाट सहयोगी हातहरू जोडिएका आयोजकले जनाएको छ। यसक्रममा पोखरा–६ बैदाम निवासी पर्यटन व्यवसायी नरेश भट्टराई परिवारले भवन निर्माण सम्पन्नताका लागि रु। ५५ हजार ५ सय सहयोग प्रदान गरेका छन्। चन्द्रकला, नरेश, सौमाया, स्मृति र… पुरा पढौ

सूचना प्रविधि समूहलाई “पेण्डुलम” बनाउने खतरा !सामान्य योग्यता भएका कर्मचारीलाई उच्च आईटी जिम्मेवारी दिन नहुने सरोकारवालाको चेतावनी

काठमाडौं, २६ वैशाख, संघीय निजामती सेवा विधेयक–२०८३ अन्तर्गत सूचना प्रविधि (आईटी) सेवा गठन गर्ने सरकारी तयारीसँगै कम्प्युटर अपरेटरहरूको बढुवा र समायोजन सम्बन्धी विषयले नयाँ बहस जन्माएको छ । सरोकारवालाहरूले सामान्य शैक्षिक योग्यता र छोटो अवधिको कम्प्युटर तालिमका आधारमा सेवा प्रवेश गरेका कर्मचारीलाई उच्च प्राविधिक दक्षता आवश्यक पर्ने सूचना प्रविधि समूहमा समावेश गर्न खोजिनु आईटी क्षेत्रकै व्यावसायिक संरचनामाथि चुनौती बन्न सक्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार सूचना प्रविधि क्षेत्र अहिले कृत्रिम बुद्धिमत्ता साइबर सुरक्षा, डाटा व्यवस्थापन, क्लाउड प्रणाली तथा डिजिटल शासनजस्ता… पुरा पढौ

७७ जिल्लाका २ हजार भन्दा बढी यातायात व्यवसायी आइतबारदेखि पोखरामा भेला हुने (भिडियो सहित), होटल आवासमा २५ प्रतिशत छुट

दीननाथ बराल, पोखरा, २५ वैशाख, नेपालभरका यातायात व्यवसायी आइतबारदेखि पोखरामा भेला हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशनमा सहभागी हुन ७७ जिल्लाबाट २ हजारभन्दा बढी यातायात व्यवसायी, प्रतिनिधि तथा पर्यवेक्षक पोखरा आउने भएका हुन् । https://www.youtube.com/watch?v=N9CjynJVSdg महासंघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै वैशाख २७ देखि २९ गतेसम्म पोखरा इभेन्ट सेन्टरमा महाधिवेशन आयोजना हुने जानकारी गराएको हो । यात्रुबाहक तथा मालवाहक सवारी साधनसँग सम्बन्धित संघ, समिति, कम्पनी, प्रालि, पर्यटन तथा सहकारी क्षेत्रका ३८७ सदस्य संस्थाबाट प्रतिनिधिहरू सहभागी… पुरा पढौ

अन्नपूर्ण म्याराथन जेठ २० गते हुने तयारी

दीननाथ बराल, पोखरा २५, वैशाख, अन्नपूर्ण आधार शिविर देखि घान्द्रुक सम्म सञ्चालन हुने “अन्नपूर्ण म्याराथन” को छैटौँ संस्करण आगामी जेठ २० गते हुने तयारी गरिएको छ । हरेक वर्ष जुन ३ मा मनाइने अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर आयोजना हुँदै आएको उक्त प्रतियोगिताले साहसिक खेलकुदसँगै पर्वतीय पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले उक्त प्रतियोगितालाई यस बर्ष पनि संचालन हुने तयारी गरिएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले पोखराक्लिकलाई जनाएको छ । प्रतियोगिताको प्राविधिक व्यवस्थापन नेपाल एडभेन्चर रनिङ फेडेरेशनले गर्ने भएको छ भने… पुरा पढौ

१० औं पोखरा स्पोर्टस अवार्डः पिपुल्स च्वाइस अवार्डमा ५ खेलाडी बीच प्रतिस्पर्धा

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । मञ्चले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका ५ जना खेलाडीको लागि भने दुई सातायता भोटिङ भइरहेको छ । जसमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपीन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका… पुरा पढौ

पोखराका आर्यष मण्डिकाटार ओपनको दुई उमेर समुहको फाइनलमा

पोखरा, पोखराका आर्यष राज पौडेल काठमाण्डौमा जारी चौंथो मण्डिकाटार जुनियर ओपन टेनिस प्रतियोगिता अन्र्तगत दुई वटा उमेर समुहको फाइनलमा प्रवेश गरेका छन् । पौडेल १६ वर्ष मुनि र १४ वर्ष मुनिको एकलतर्फ फाइनलमा पुगेका हुन् । आफ्नों उमेर समुह भन्दा पनि माथिको यु–१६ सेमिफाइनलमा उनले पोखराकै सुरेन्द्र विकलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । १४ वर्ष मुनिको सेमिफाइनलमा आर्यषले पृथ्या रिजाललाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भए ।… पुरा पढौ