जिवनशैली पत्रिका

पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा गुञ्जिँदै

पोखरा १५, कार्तिक, युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य नेपाल टुर अन्तर्गत शुक्रबार हुने कार्यक्रमका लागि पोखरा आइपुगेका छन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा जारी ‘एकादेशमा नेपाल टुर २०२४’को पूर्वनिर्धारित सेड्युल अनुसार शुक्रबार पोखराको बाराही घाटमा वैद्यले लाइभ प्रस्तुति दिँदै छन् । उनको टिम बुधबार पोखरा आइपुगेको छ । आर्बिटरी इभेन्ट्स र एम।एन प्रोडक्सनको आयोजनामा भइरहेको टुरको पोखराको व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ । पोखरामा हुने कार्यक्रमका लागि बिहीबार बिहानसम्म करिब ३ हजार टिकट बिक्री भइसकेको प्रचार… पुरा पढौ

गण्डकीका प्रदेश प्रमुख भट्टद्धारा तिहारको शुभकामना व्यक्त

पोखरा १५, कार्तिक, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्व, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्नुभएको हो । सन्देशमा उल्लेख छ –… पुरा पढौ

पोखरामा तिलिचोको प्रशिक्षण

पोखरा, कात्तिक १४, विद्यार्थीलाई उच्च शिक्षाबारे परामर्श दिने र थप अध्ययनका लागि विभिन्न मुलुकका विश्वविद्यालयमा पठाउँदै आएको तिलिचो कन्सल्टिङ ग्रुपले पोखरामा कर्मचारीलाई प्रशिक्षण दिलाएको छ । काठमाडौं र बुटवलमा कार्यरत कर्मचारीलाई पोखरामा भेला गराएर तिचिलोले प्रशिक्षण दिएको हो । विद्यार्थीलाई परामर्श कसरी दिने, उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीको सोचाँइ, बुुझाई र अप्ठेरालाई कसरी हल गर्ने भन्ने विषयमा कर्मचारीलाई जानकारी दिलाउने उद्देश्यले प्रशिक्षण दिएको तिलिचो कन्सल्टिङ ग्रुपका संस्थापक प्रताप पन्थीले जानकारी दिए । तिलिचो कन्सल्टिङ ग्रुपको बुटवलमा प्रधान कार्यालय छ… पुरा पढौ

प्रकृति र संस्कृति पर्यटन विकासको आधार–नेता अधिकारी

गण्डकी, १४ कात्तिक ः नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताउनु भएको छ । नेकपा (एमाले) पोखरा १७ द्धारा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापालन कार्यक्रममा बोल्दै उहाँले यस्ता आधारको उपयोग गर्दै समृद्धिसंग जोड्नु पर्ने बताउनुभयो । गण्डकी प्रदेशका निवर्तनमा मुख्यमन्त्री समेत रहनु भएका अधिकारले प्राकृति सम्पदान र मौलिक संस्कृतिको संरक्षण तथा प्रचार प्रसारमा जोड दिंदै पर्यटकको आकर्षण बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो । भ्रष्टाचारी र सहकारीको वचत अवचलन गर्ने कुनै… पुरा पढौ

नेपाल मगर सङ्घ नयाँ बजार समिति बन्यो देउसी भैलो च्याम्पियन

कार्तिक १४, पोखरा, पोखरा टेलिभिजन एन्ड मिडिया प्रा।लि ले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सव सम्पन्न भएको छ । उत्सवमा भएको देउसी भैलो प्रतियोगितामा नेपाल मगर सङ्घ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्रामण, क्षेत्री, गन्धर्व समुदाय बिच भएको प्रतियोगितामा नेपाल मगरसंघ नयाँ बजारले अवार्ड जितेको हो । च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल,कलाकार तारापति सुवेदी , कलाकार सरला पाण्डे, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु,कार्यक्रम संयोजक… पुरा पढौ

बङ्गलादेशले यस बर्ष पनि जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेता

काठमाडौँ १४, कार्तिक, साविक बिजेता बङ्गलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज(बुधबार) साँझ भएको निकै प्रतिष्प्रर्धात्मक रुपमा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । बङ्गलादेशले अघिल्लो संस्करणकोे उपाधि जितेको थियो । करिब १५ हजार भन्दा बढी दर्शक सहभागि भएको बताइन्छ । खेलमा घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल… पुरा पढौ

वुमेन्स च्याम्पियनसिपको फाइनल खेल पोखराको पृथ्वीचोक को डिस्प्लेमा

पोखरा १४, कार्तिक, काठमाण्डौंको दशरथ रंगाशालामा आज(बुधबार) हुने साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) वुमेन्स च्याम्पियनसिपको फाइनल खेल पोखराको पृथ्वीचोकको डिस्प्लेमा प्रर्दशन गराइने भएको छ । पोखरा महानगरपालिकाले आज बेलुकी हुने साढे ६ः३० बजे देखि सुरु हुने नेपाल र बंगलादेशबीच हुने फाइन खेल परिचय एड्भरटाइजिङ र जिल्ला प्रशासन कार्यालय कास्कीको सहकार्यमा ठुलो डिस्प्लेमा देखाइने भएको हो । पृथ्वीचोकक्षेत्रमा पोखरेली फुटवल प्रेमीहरुको उल्लेखनिय सहभागिता रहेको छ । तष्विर एकराज गिरी पुरा पढौ

प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुुगमन

पोखरा, कात्तिक १३, पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराका प्लाष्टिकजन्य फुलका माला र पूूmलका गुुच्छा बिक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले प्लाष्टिकजन्य पूूmलगुच्छाको उत्पादन आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ । वि।स। २०७९ साउन १२ गतेबाट राजपत्रमा सुचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य पूूmलगुुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा… पुरा पढौ

अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा १३, कार्तिक, गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि अपाङ्गता अधिकारकर्मी नेतृत्वको वकालत परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि भौतिक पूर्वाधार, संचार र यातायातमा पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश सरकार अपाङ्ग मैत्री बन्दै आएको बताए ।उनले अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्था सँग मिलेर प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गरे । प्रदेशमा बन्ने… पुरा पढौ

८० प्रतिशत बैंकिङ फाइनान्समा इभि गाडी खरिद गर्न सकिने, पोखरामा धनतेरस इ.भि.कार्निभल सुरु (भिडियो)

दीननाथ बराल,पोखरा १३, कार्तिक, देशमा आर्थिक मन्दिरले समस्या भएको अबस्थामा ८० प्रतिशत बैंकिङ फाइनान्समै इभिको गाडी खरिद गर्न सकिने भएको छ ।शुन्दर नगरी पोखरामा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारका आधिकारिक वितरक, सि.जी. मोटर्सकों पोखराका लागि आधिकारिक विक्रेता टि.टि. ग्लोबलले धनतेरसको अवसर पारेर धनतेरम इ.भि. कार्निभल आयोजना गरेको हो जहाँ विभिन्न सुविधा उपलब्ध गराएको छ । आज (मंगलबार) बिहानै देखि पोखराको न्युरोडमा रहेको सीटी स्क्वायर बैौइवेट एण्ड रेष्टुरेन्टमा उक्त कार्निभल सुरु भएको टि टि ग्लोबल प्रा लि का संचालक… पुरा पढौ