जिवनशैली पत्रिका

पुष्करिणी परोपकार गोकुलधाममा चैत २ देखि श्रीमद् भागवत ज्ञान महायज्ञ हुने(भिडियो सहित), पोखराका सडकमा रहेका ३ सय गाईबस्तु गोकुलधाममा

दीननाथ बराल, पोखरा, ३० फागुन पोखरामा सडकमा छाडिएका गाई–वस्तुको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको पुष्करिणी परोपकार गोकुलधामले तेस्रो वार्षिकोत्सवको अवसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका–१४ बाच्छीबुडुवामा रहेको गोकुलधाम परिसरमा चैत २ गतेदेखि महायज्ञ सञ्चालन गरिने जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कार्यक्रमबारे जानकारी दिँदै उत्तः परियोजवानका परिकल्पनाकार एवं भागवत भाष्कर कमलनयन गौतमले महायज्ञमार्फत सङ्कलित सहयोग र दान रकम गौशालामा रहेका गाई–वस्तुको संरक्षण, पालनपोषण तथा गोकुलधामको पूर्वाधार विकासमा खर्च… पुरा पढौ

¥यान्डम रिडर्समा ‘यलोफेस’ माथि परिचर्चा

पोखरा, ३० फागुन, पोखराको हिमालयन रिडर्स कर्नरमा शनिबार आयोजित साहित्यिक कार्यक्रममा चर्चित उपन्यास ‘यलोफेस’ माथि बहस गरिएको छ । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको नियमित शृंखलाअन्तर्गत भएको कार्यक्रममा उपन्यासमा उठाइएका साहित्यिक चोरी, सांस्कृतिक स्वामित्व र पहिचानको राजनीतिका विषयमा विस्तृत छलफल भएको हो । कार्यक्रममा लेखक तीर्थ गुरुङले तयार पारेको अवधारणापत्र प्रस्तुत गरेका थिए । पुस्तकका विभिन्न पक्षलाई विश्लेषण गर्दै उनले उपन्यासले समकालीन साहित्यिक प्रवृत्तिको जटिलता उजागर गरेको बताए । उनका अनुसार कार्यक्रममा ६० भन्दा बढी पाठक सहभागी थिए । रेबिका… पुरा पढौ

चैत २७ गतदेखि वैशाख ५ गतेसम्म हेमजामा आलु महोत्सव हुने

हेमजा, ३० फागुन आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ । महोत्सव पोखरा २५ हेमजाको विष्णु पादुका खेलमैदान हेमजामा हुने छ । शनिवार आयोजित आम भेलाले वसन्त कुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।समिति सहसंयोजकमा मिना कुँवर महासचिवमा विकल… पुरा पढौ

लमजुङको समिभञ्ज्याङमा चैते दशैँको अवसरमा हाफ म्याराथन

पोखरा, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा खुला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल तान्द्राङकोट नागभैरब थानको प्रचारप्रसार गर्ने उद्देश्यले यसपालिदेखि हरेक वर्ष हाफ म्याराथन प्रतियोगिता आयोजना सञ्चालन गरिने क्लबका अध्यक्ष बाबुराम मल्लले जानकारी दिनुभयो । तान्द्राङकोटबाट विभिन्न २५ जिल्ला ,पोखराको फेवाताल तथा अन्नपूर्ण हिम श्रृङ्खला राम्रोसँग अवलोकन गर्न सकिने र हाम्रा स्थानीय ठाउँहरूको… पुरा पढौ

भाइरल भिडियोबारे सांसद बिना गुरुङको स्पष्टीकरणः “सुरक्षा घेरा मेरो चाहनाले होइन”

पोखरा, सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे प्रतिनिधिसभा सदस्य बिना गुरुङले स्पष्टीकरण दिनुभएको छ। केही व्यक्तिले घेरा हालेर आफूलाई बाहिर लैजाँदै गरेको दृश्य देखिएको भिडियो भाइरल भएपछि गुरुङले सामाजिक संजाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उक्त भिडियोको केवल एक भाग मात्र सार्वजनिक भएको बताउनुभएको हो। गुरुङले आफ्नो स्टाटसमा लेख्नुभएको छ कि फागुन २७ गते कास्की जिल्ला कमिटीले पोखराको सृजनाचोकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा कास्की क्षेत्र नम्बर १, २ र ३ का प्रतिनिधिसभा सदस्यहरुलाई शुभकामना तथा मतदातालाई धन्यवाद दिने कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम बिहान… पुरा पढौ

उजुरी नै नपरे पछि पोखरामा सांसद महाविर पुनलाई दुव्र्यवहार गर्ने विकास गुरुङ हिरासतमुक्त

दीननाथ बराल, पोखरा, २९ फागुन, पोखराको पृथ्वीचोकमा किताब बिक्री गरिरहनु भएको प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुनसँग भनाभन गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पर्नु भएको पोखराका विकास गुरुङ हिरासतमुक्त हुनु भएको छ । सांसद पुनबाट औपचारिक उजुरी नआएको तथा मुद्दा अघि बढाउने इच्छा नदेखिएपछि सोधपुछपछि गुरुङलाई हिरासतमुक्त गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । पृथ्वीचोकमा सार्वजनिक रूपमा सांसदसँग अभद्र व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे अनुसन्धानका लागि गुरुङलाई बुधबार पक्राउ गरिएको थियो ।… पुरा पढौ

पोखराका पूर्व मेयर तथा एमाले नेता कृष्णबहादुर थापाको शनिबार शवयात्रा सहित अन्त्येष्टि गरिने, आइतबार पोखरा महानगरमा सार्वजनिक बिदा

दीननाथ बराल, पोखरा, २९ फागुन पोखरा महानगरपालिकाका पूर्व मेयर तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्णबहादुर थापाको पार्थिव शरीर शनिबार शवयात्रासहित अन्त्येष्टि गरिने भएको छ । थापाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरा महानगरपालिकाले आइतबार महानगरका सम्पूर्ण कार्यालय तथा मातहतका शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ६६ वर्षीय थापाको बिहीबार कास्की क्षेत्र नम्बर–१ को निर्वाचन समीक्षा बैठकमा बोल्दै गरेका बेला अचानक ढलेपछि निधन भएको थियो । पार्टी कार्यालयमा आयोजित बैठकमा मन्तव्य राखेपछि कुर्सीमा बस्नु भएको… पुरा पढौ

खाडी क्षेत्रको परिस्थितिका कारण दुबईबाट ७६५ नेपालीलाई स्वदेश फर्काउन हिमालय एअरलाइन्सका ५ विशेष उडान गर्ने

पोखरा, खाडी क्षेत्रमा विकसित परिस्थितिका कारण प्रभावित भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन हिमालय एअरलाइन्सले दुबईबाट हालसम्म पाँच विशेष उडान सञ्चालन गरेको छ । एअरलाइन्सका अनुसार ८ मार्च २०२६ देखि काठमाडौँ–दुबई रुटमा विशेष उडान सञ्चालन गर्दै आएको छ। नियमित उडानमा आएको अवरोधका कारण यात्रा गर्न नसकेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने उद्देश्यले यी उडान सञ्चालन गरिएको हो। हिमालय एअरलाइन्सले नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै प्रभावित नेपाली नागरिकहरूको सुरक्षित र समयमै स्वदेश फिर्ती सुनिश्चित गर्न काम गरिरहेको जनाएको छ ।… पुरा पढौ

मदिरा व्यवसायी समिति कास्कीको भवन शिलान्यास

पोखरा, २९ फागुन, मदिरा व्यवसायी समिति, कास्कीको भवन शिलान्यास भएको छ । पोखरा महानगरपालिका वडानम्बर १७ मदगौँडामा भवनको शिलान्यास गरिएको हो । मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनामा शेर्पाले एक कार्यक्रमकाबिच भवनको शिलान्यास गरेका हुन् । करिब ४ आना क्षेत्रफलमा २ तले भवन निर्माण हुने समितिका प्रथाम उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक राधाकृष्ण देवकोटाले जानकारी दिए । निवर्तमान अध्यक्ष सुर्यराज घिमिरे नेतृत्वको समितिले उक्त जग्गा खरिद गरेको थियो । भवनको उद्याटन गदैँ महासंघका अध्यक्ष शेर्पाले संस्था संचालनका लागि आफ्नै भवन… पुरा पढौ

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा टेवानद्वारा मेनोपज सचेतना

पोखरा, २९ फागुन ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कास्की मोडेल हस्पिटलको प्राविधिक सहयोग रहेको कार्यक्रममा पोखरा महानरपालिका वडा नं ६ बैदामस्थित महिला सञ्जाल अन्तर्गत १८ वटै आमा समूहका प्रतिनिधि लगायत ९० जना पर्यटन व्यवसायी महिलाहरूको सहभागिता थियो ।यस अघि कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा.चण्डिका पण्डितले मेनोपज सचेतना सम्बन्धमा विभिन्न… पुरा पढौ