जिवनशैली पत्रिका

सहारा क्लब र एजी एक्सप्रेस कार्गोबीच सहकार्य, अब प्रत्येक केजीमा क्लबलाई सहयोग

दीननाथ बराल,पोखरा, असार ३१, पोखराको सहारा क्लबले फेरि पनि समाजसेवाको यात्रामा एउटा महत्वपूर्ण कदम चालेको छ। आज क्लबमा आयोजित एक समारोहमा सहारा क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेस कार्गो एन्ड कुरियर कम्पनीका प्रतिनिधि तुलसी उप्रेतीबीच सहयोग सम्झौता भएको हो । अबदेखि विदेशमा सामान पठाउँदा प्रयोग हुने एजी एक्सप्रेसको सेवाबाट क्लबलाई पनि सहयोग पुग्नेछ। सम्झौता अनुसार, विदेशमा पठाइने सामग्रीको ग्लोबल सेल मूल्यअनुसार प्रति केजी पाँच रुपैयाँ क्लबलाई वार्षिक रूपमा प्राप्त हुने छ । साथै क्लबका सदस्य, सल्लाहकार र विदेशस्थित शाखा… पुरा पढौ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ६ वटा योजनाको अनुगमन, उत्पादित बस्तुको मुल्य र बजारको ग्यारेन्टि गर्न किसानको माग (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ३१ असार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ६ वटा योजनाको अनुगमन गर्दा उत्पादित बस्तुको बजारीकरण तथा मुल्यको ग्यारेन्टि गर्न किसानले माग गर्नु भएको छ । पोखरा सहित कास्कीमा संचालन भएका विभिन्न योजना अन्र्तगत सोमबार ६ वटा योजनाको जम्बो टोलीद्धारा अनुगमन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत माधव लम्सालले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=oNUbuo2eBA8 पोखरा लगायत कास्कीका विभिन्न स्थानमा सोमबार अनुगमन उक्त परियोजनाको तीन तहका सरकारका प्रतिनिधि सहित पत्रकारको टोलीले अनुगमन गरेको… पुरा पढौ

पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह

पोखरा,३० असार श्रावण महिनमको प्रत्येक सोमबार पोखरामा बिगत २४ बर्षदेखि हुदै आएको बोलबमको तयारी तीव्र बनाइएको छ । यस वर्षको श्रावण महिनामा चार वटा सोमबार परेको र यी दिनमा हुने बोलबमको तयारी अन्तिम चरणमा पुगेको आयोजक केदारेश्वर महादेव मणि सेवाश्रम समिति बैदामले जनाएको छ । श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । यी चार दिनमा पोखरा १ बगरको शुक्लागण्डकी गाइघाटमा पुगेर १०८ धारामा स्नान गरी सेती नदीको जल लिएर झाँकी, बाजागाजा, भजनकीर्तन गर्दै करिब आठ किमिको… पुरा पढौ

हाइकिङ मार्फत तारेभिर र कालाबाङ घरेडी बुद्धपार्कको प्रवद्र्धन

पोखरा, हाइकिङ मार्फत पोखरा आसपासका पर्यटकीय स्थानहरुको प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको हाईकर्स क्लब नेपालले असारको अन्तिम शनिबार ६० औं श्रृङ्खला पोखरा–२२ मा रहेको तारेभिर र बुद्धपार्क पुगेर सम्पन्न गरेको छ । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ विगत ६ वर्ष देखि हरेक महिनाको अन्तिम शनिबार गरिदैं आएको हाइकिङ भाग ६० मा पोखरा महानगरपालिका वडा नं. २२ को कालाबाङ घरेडी बाट पैदल यात्रा सुरु गरेर, भुम्दी, तारेभिर, चिसापानी पुगेर पुनः भुम्दी हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा आएर हाईकिङ कार्यक्रमको… पुरा पढौ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन

३० असार, पोखरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कास्की जिल्लामा सञ्चालन भएका विभिन्न योजनाहरूको अनुगमन सोमबार सम्पन्न भएको छ। परियोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत आर्थिक वर्ष २०८१र८२ मा विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार सञ्चालित योजनाहरूको स्थलगत अनुगमन गरिएको हो। https://www.youtube.com/watch?v=oEdac353Fsk जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा परियोजनाका कास्की संयोजक लिलाधर पौडेलको नेतृत्वमा अनुगमन टोलीले पोखरा महानगरपालिका–११ काहुको सिस्नेरी च्याउ फर्म, पोखरा–६ जरेबरको चिसापानी कृषि तथा पशुपंक्षी फर्म, पोखरा–१६ दीपको जय देउराली कृषि फर्म, पोखरा–२५ झिझिर्कास्थित माया इको भिलेज, माछापुच्छ्रे गाउँपालिका–६… पुरा पढौ

पत्रकारहरु प्रति म पूर्ण सन्तुष्टि छु, लोककल्याणकारी विज्ञापनको रकम घटे पनि चालु बर्षकै हाराहारीमा सहयोग गछौंः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल,पोखरा २९, असार, केही साता अघि पोखराको दिप सागर होटलमा आयोजना भएको कार्यक्रममा बोल्दै पत्रकार माथि खरो रुपमा उत्र्रिनु भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आइतबार संसदीय पत्रकार मञ्च गण्डकीको साधारण सभामा बोल्दै पत्रकारहरु प्रति आफु पूर्ण रुपमा सन्तुष्टि भएको बताउनु भएको छ । संसदीय पत्रकार मञ्च गण्डकीको छैटौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनको आईतबार पोखरामा उद्घघाटन गर्दै उहाँले सरकारका बारेमा पछिल्लो पटक धेरै समाचार आएकोेले यस प्रति आफु पूर्ण रुपमा सन्तुष्टि भएको बताउनु भएको हो । राईड… पुरा पढौ

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा बिसन क्षेत्री

पोखरा, असार २९, संसदीय पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। आइतबार पोखरामा सम्पन्न अधिवेशनबाट बिसन क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो। प्रेस यूनियन र प्रेस चौतारीको गठबन्धनबाट उमेदवार हुनु भएको क्षेत्रीले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रोहितराज पराजुलीलाई ४ मतको अन्तरले पराजित गर्दै दुई वर्षे कार्यकालका लागि नेतृत्व सम्हाल्नु भएको हो। क्षेत्रीले २० मत पाउँदा पराजुलीले १६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। त्यसै गरी प्रेस यूनियन र प्रेस चौतारीको गठबन्धनबाट उपाध्यक्ष पदका… पुरा पढौ

विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य

पोखरा, २९ असार, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्दै छ । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको बताएको छ । बागमती प्रदेशमा कमिटि गठन गरी सकेको र गण्डकी प्रदेशमा कमिटि गठनका लागि संयोजक तोकेको फिनेका आइसी महासचिब दिपेन घलेले बताए । गण्डकी प्रदेशमा पर्यटन व्यवसायी कृष्ण आचार्यलाई संयोजक तोकेको छ । अगस्ट २ तारिकमा पोखरामा भेला गरेर समिति बनाउने आचार्यले बताए । विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न संस्थाको स्थापना… पुरा पढौ

गण्डकी प्रदेश सरकारको खर्च ६९.५४ प्रतिशत, चालु तर्फ ६०.४३ र पूजिँगत तर्फ ७६.७३ प्रतिशत खर्च

दीननाथ बराल,पोखरा २८, असार, गण्डकी प्रदेश सरकारले यस चालु आर्थिक बर्ष २०८१÷०८२ मा ६९.५४ प्रतिशत खर्च गरेको छ । चालु तर्फ ६०.४३ र पूजिँगत तर्फ ७६.७३ प्रतिशत खर्च भएको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका निमित्त सचिव डिल्लीराम रिज्यालले बताउनु भयो । चालु आर्थिक बर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट विनियोजन गरे पनि २२ अर्ब ९३ करोड ४० लाख ८२ हजार (६९.६४%) खर्च भएको मन्त्रालयले जनाएको छ । पूजिँगत तर्फ १४ अर्ब ९९… पुरा पढौ

परिवर्तन युवा क्लबको अध्यक्षमा सुदिप बराल चयन

पोखरा, असार २८, पोखरा–२२ मा क्रियाशील परिवर्तन युवा क्लबको नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले सुदिप बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरा २२ (पुम्दी भुम्दी) मा शनिबार सम्पन्न भएको उक्त अधिवेशनले उपाध्यक्षमा सरस्वती बराल, सचिवमा दक्षिणा बराल, कोषाध्यक्षमा श्रद्धा, वरिष्ठ सदस्यः दिपेन्द्र बराल र अन्य सदस्यहरुमा सदस्यहरूमा कमल पौडेल, तुलसी अधिकारी, प्रेरणा ढकाल र अभिषेक बराल चयन हुनु भएको हो । अध्यक्ष कमल बरालको नेतृत्वमा क्लबले अघिल्ला वर्षहरूमा विभिन्न सामाजिक, शैक्षिक तथा युवामुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको… पुरा पढौ