जिवनशैली पत्रिका

पोखरामा वर्षाका कारण १५ दिनसम्म पर्यटकीय गन्तव्यहरुमा समय सिमा पालना गर्न निर्देशन

कास्की, जिल्ला प्रशासन कार्यालय कास्कीले वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै कास्कीका पर्यटकीय गन्तव्यहरुमा जान र आउनको लागि समय सिमा पालना गर्न निर्देशन जारी भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा यही असार २३ गते बसेको बैठकको निर्णय अनुसार असार २५ गतेदेखि लागू हुनेगरी आगामी १५ दिनका लागि यात्रुवाहक सवारी साधन सञ्चालनमा समयसीमा तोकिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । तोकिएको स्थानहरूमा अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी यात्रु वाहक सवारी साधनहरू मात्र सञ्चालन गर्न पाइने… पुरा पढौ

नारायणी भण्डारी प्रदेशबाट वर्ष खेलाडीको रुपमा सम्मानित, ९३ खेलाडी र दुई खेल संघलाई पनि सम्मान

पोखरा, १५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कीर्तिमान सहित उत्कृष्ट प्रदर्शन गरेकी एथलेटिक्स खेलाडी नारायणी भण्डारीलाई प्रदेश खेलकुद परिषद् गण्डकीले वर्षको सर्वोत्कृष्ट खेलाडीको रुपमा सम्मान गरेको छ । आज (बुधबार) आयोजित एक विशेष समारोहमा भण्डारी सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका ९३ जना खेलाडी र दुई खेल संघलाई नगदसहित सम्मान प्रदान गरेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए । नारायणीले २०८२ सालको जेठ २९ गते काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्रा ८ सय मिटर… पुरा पढौ

पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार

पोखरा, पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिने भएको छ। नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठिन ५ सदस्यीय समितिले श्रीस मगरलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । मगर पत्रकार संघ कास्कीको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्य साउन १ गरिने कार्यक्रममा उहाँलाई पुरस्कार प्रदान गरिने मगर पत्रकार संघका कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकार दिए… पुरा पढौ

करिब ३३ महिनापछि पोखरामा सोलो प्याराग्लाइडिङ उडान पुनः सुरु हुने

पोखरा, करिब ३३ महिनापछि पोखरामा सोलो प्याराग्लाइडिङ उडान पुनः सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुरक्षालाई विशेष ध्यान दिँदै सोलो उडानलाई पुनः अनुमति दिएको हो। विश्वकै उत्कृष्ट पाँच प्याराग्लाइडिङ गन्तव्यमध्ये एक मानिने पोखरामा सोलो उडान बन्द हुँदा हरेक वर्ष करोडौंको राजस्व गुम्दै आएको थियो। साथै, खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद देखि उक्त उडान बन्द भएको थियो । नेपाल हवाई खेलकुद संस्था (ना) लाई सोलो उडानको व्यवसायिक जिम्मेवारी दिइएको छ। क्यानले सोलो उडान पुनः… पुरा पढौ

पटनाबाट इन्डो नेपाल मनसुन कार ¥यालीका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

पोखरा, २४ असार, भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार ¥याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् । पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ । बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताउनुुभयो । पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत… पुरा पढौ

पोखरामा क्लब स्तरीय भलिबलः लिग चरणका तीन खेल सकियो,सभ्य समाज निर्माणमा खेलकुदको भूमिका महत्वपुर्ण हुन्छः अध्यक्ष केसी

पोखरा, पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोगिताको लिग चरणको खेलमा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लबले विजयी सुरुवात गरेको छ । लिगचरणको पहिलो खेलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित ग¥यो । घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–१६, २५–१४ र २५–१७ ले पराजित ग¥यो । घान्द्रुकले पहिलो खेलमा ३ अङ्क जोड्यो… पुरा पढौ

चिकित्सक सडकमा, बिरामीको हैरानी, गण्डकीमा आज पनि ओपीडी सेवा ठप्प

दीननाथ बराल,पोखरा, २४ असार, नेपाल चिकित्सक संघको आह्वानमा भएको आन्दोलन मंगलबार पनि गण्डकी प्रदेशभर देखिएको छ। सरकारीदेखि निजी अस्पतालसम्मका चिकित्सकहरू आफैँ सडकमा उत्रिएपछि कास्की लगायत गण्डकीका सबै जिल्लामा ओपीडी सेवा ठप्प रह्यो। पोखरा, बागलुङ, म्याग्दी, तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाका अस्पताल, मेडिकल कलेज, क्लिनिक, नर्सिङ होमहरूमा आकस्मिकबाहेक सबै सेवा बन्द हुँदा बिरामीहरू उपचार नपाएर मर्कामा परेका छन्। पोखराको पृथ्वीचोकमा आज पनि संघ गण्डकीले विरोध प्रदर्शन गर्दै कोणसभा आयोजना गरेको संघले पोखराक्लिकलाई जनाएको छ । कोणसभामा बोल्दै संघका सल्लाहकार डा. बुद्धिबहादुर… पुरा पढौ

कास्की शाखालाई पत्रकार फुटसलको उपाधि

बागलुङ, २४ असार, नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको फुटसल प्रतियोगितामा कास्की शाखाले उपाधि जितेको छ। आज सम्पन्न फाइनल खेलमा आयोजक बागलुङ शाखाको टिमलाई ६–५ गोल अन्तरले पराजित गर्दै कास्की शाखाले उपाधि चुमेको हो। कास्कीले उपाधि सहित ट्रफी मेडल प्रमण पत्र प्राप्त गरेको कास्कीका सचिव भूपाल गुरुङले पोखराक्लिकलाई बताए । कास्कीले समूह चरणपछि क्वार्टरफाइनलमा बाई पाएको थियो भने सेमिफाइनलमा म्याग्दी शाखालाई ७–२ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो। उता, बागलुङ शाखाको सेतो टिम समूह चरण पार गर्दै… पुरा पढौ

रसुवा घटनामा ५५ जनाको उद्धार, १८ जना अझै वेपत्ता नाम सहित, खोजी कार्य जारी

रसुवा, २४, असार बाढीका कारण रसुवामा हालसम्म ५५ जनाको उद्धार गरिएको छ भने १८ जना अझैसम्म वेपत्ता हुनु भएको छ । बेपत्ता हुनेमा ३ जना सुरक्षाकर्मी, नेपाली र चिनियाँ नागरिक सहित १८ जना अझै वेपत्ता हुनु भएको हो । विवरण सहित । पुरा पढौ

लेकसिटी कलेजबाट स्नातक तह पूरा गरेका विद्यार्थीको सम्मानमा विदाइ कार्यक्रम

पोखरा, लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको छ । कलेजमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा शनिवार भएको कार्यक्रममा खादा र मायाको चिनोसहित उनीहरुलाई विदाइ गरिएको हो । कार्यक्रमका प्रमूख अतिथि तथा कलेज संचालक समिति अध्यक्ष प्रा. डा. विश्वकल्याण पराजुलीले विद्यार्थीहरुलाई आगामी दिनका लागि शुभकामना दिँदै समाजको हितका लागि सदैव क्रियाशील हुन आग्रह गरे । समय अनुकुल आधुनिक शिक्षा प्रदान गर्ने कुरामा कलेज प्रतिवद्ध रहेको बताउँदै… पुरा पढौ