पोखरा, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताउनुभएको छ । प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म जनता खुशी हुन सक्दैनन् भन्ने वास्तविकतालाई बिर्सन नहुनेमा जोड दिनुभयो । ‘स्व–उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई हामीले बिर्सन हुँदैन ।’ उहाँभले भन्नुभयो – ‘वर्तमान समयमा…
पुरा पढौ