जिवनशैली पत्रिका

कालीभक्तको जन्मभूमिमा काव्ययात्रा

पोखरा, २२ कार्तिक लोकसंस्कृतिका अध्येता तथा अनुसन्धानदाता कालीभक्त पन्तको जन्मभूमि पर्वतको फलेवासमा तीन दिवसीय काव्ययात्रा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) साँस्कृतिक समिति र नेपाल च्याप्टरको आयोजना एवम् कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयोजनमा ‘पर्वत–फलेवास पर्यटकीय संस्कृति तथा काव्ययात्रा’ कार्तिक १७ गतेदेखि १९ गतेसम्म सम्पन्न भएको हो । अनेसास बोष्टन च्याप्टर अध्यक्ष तथा केन्द्रीय साँस्कृतिक समिति संयोजक महेश्वर पन्तको व्यवस्थापनमा सम्पन्न काव्यात्रामा देशभरका ३५ विशिष्ट कवि, कलाकार, गीतकार, संगीतकार र अनुसन्धानदातासहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । सम्मेलनको… पुरा पढौ

पोखरामा फूलको मुल्य निर्धारणले आम उपभोक्ता र किसानलाई सहज हुने

दीननाथ बराल पोखरा २२, कार्तिक पोखरामा फूलको मुल्य निर्धारणले आम उपभोक्ता र किसानलाई सहज हुने भएको छ । यसअघि फूलको मुल्य निर्धारण नहुदा बजारमा मनापोली हुने जसले गर्दा आम उपभोक्ता र किसानलाई मर्का पर्ने गरे पनि यस बर्ष भने त्यसको अन्त्य हुने भएको छ । किसनाहरुले स्थानिय रुपमा उत्पादन भएको फूलको मुल्य कम पर्ने भएको जनगुनासो आएकोले यस बर्ष पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकहरूको संयुक्त बैठकले फूलको… पुरा पढौ

अन्तर्राष्ट्रिय महासंघ अध्यक्ष हुसेन नेपालमा

काठमाडौं २२, कार्तिक अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष क्याप्टेन हुसेन एल मुसलाम एक दिवसिय भ्रमणका क्रममा आज मंगलबार नेपाल आएका छन् । अध्यक्ष हुसेनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र नेपाल पौडी संघका अध्यक्ष एवं ओलम्पिक कमिटिका उपाध्यक्ष अशोक बज्राचार्य लगायत संघका पदाधिकारीहरुले स्वागत गरे । यस्तै अध्यक्ष हुसेनले आज अन्तर्राष्ट्रिय खेल परिसरमा भएको कार्यक्रममा नेपालमा स्कुल स्तर अझ साना बालबालिका देखिनै पौडी खेलको विकास गर्नु पर्ने भन्दै नेपालको पौडी विकासमा आफुले सहयोग गर्ने बताए । उनले… पुरा पढौ

भूपाल प्रज्ञापरिषदबाट भूकम्प पीडितलाई १० लाख

पोखरा २२, कार्तिक भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख रूपियाँ राशि प्रदान गर्ने निर्णय गरेको छ । भूपाल प्रज्ञापरिषद्का अध्यक्ष श्री लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा।डा।बालमानसिंह कार्कीले आजै उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रूपियाँ राशिको चेक हस्तान्तरण गर्नुभयो । स्मरणरहोस्— जनरल भूपालमानसिंह कार्कीबाट २०५२ सालमा एक करोड रुपियाँ राशिको भूपालमानसिंह… पुरा पढौ

जाउँ है पोखरा अभियान उत्साहपूर्ण रुपमा सम्पन्न पूर्वको प्रश्न– पोखरा घुम्ने प्याकेज के छ?

पोखरा, २१ कात्तिक । जाउँ है पोखरा अभियान लिएर वर्षैपिच्छे प्रबद्र्धन अभियानमा निक्लँदै आएका पोखरेली पर्यटनकर्मीलाई पूर्वका वासिन्दाले यसपटक पोखरा घुम्ने प्याकेज के छ भनेर जिज्ञासा राखेका छन् । जाउँ है पोखरा अभियान लिएर १६ कात्तिकदेखि २० कात्तिक सम्म पूर्वी नेपालको भ्रमणमा निस्केको होटल संघ पोखरा नेपालको टोलीलाई पूर्वेलीले पोखरा घुम्न लाग्ने वजेट र प्याकेजबारे पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रममा सोधेका थिए । जवाफमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा संसारकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भनेर विभिन्न अन्तर्राष्ट्रिय ख्यातीप्राप्त वेब पोर्टल… पुरा पढौ

पुतलि बाजे अब स्मरणमा मात्र

पोखरा २०, कार्तिक कलिन स्मिथ अर्थात् ‘पुतली बाजे’ अब हाम्रो स्मरणमा मात्र रहेका छन्। उनको ८८ बर्षको उमेरमा उपचारका क्रममा हरियो खर्क अस्पतालमा भौतिक रुपमा उनले सबैलाई छाडेकाछन् । सन् १९३६ मा जन्मिएका कलिन ३० वर्षको युवा उमेरमा सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका थिए । सानैदेखि हिसाब र विज्ञानमा तीक्ष्ण क्षमता भएका कलिन आफ्नै मामाको पुतली सङ्कलन गर्ने सोखबाट प्रभावित हुँदै नेपालमा पुतलीको अध्ययनमा लागेका व्यक्ति हुन् । नेपालका डाँडाकाँडा, भीर पाखा र पखेरा पुगेर… पुरा पढौ

पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्रीतिरणमा रोक, ४० हजार जरिवाना, १ लाख १० हजारको माला जफत

पोखरा, कात्तिक २० गते पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलहरुमा अनुगमन गर्दै रोक लगाएको हो । महानगरले गत वर्ष पनि अनुुगमन गरेर बिक्रीवितरण नगर्न अनुरोध गरेको थियो ।गत गर्ष बिक्री वितरण नगर्न अनुरोध गरिएका ७ पसललाई कारबाही र ४० हजार जरिवाना गरिएको छ भने १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फुलका माला… पुरा पढौ

भाइटीकाको उत्तम साइत १०ः५१ बजे

पोखरा २० कार्तिक । यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०स्५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म टीका लगाउने चलनसमेत छ । पुरा पढौ

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युडको भूकम्प

पोखरा २० कार्तिक। पोखरामा भूकम्पको धक्का महशुस गरिएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पोखरामा समेत महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडालाई केन्द्रविन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ । यसअघिपनि गत शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । पुरा पढौ

खल्तीबाट वर्ल्डलिङ्कको बिल तिर्दा दुबई घुम्ने मौका लेखनाथका अनिशलाई

पोखरा २०, कार्तिक पोखराका अनिश कुवँरले खल्ती वालेटबाट वर्ल्डलिङ्कको इन्टरनेटको बिल तिर्दा दुबई टुर जितेका छन् । खल्तीले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ल्याएको “खल्तीबाट वर्ल्डलिंकको पेमेन्ट गरेर दुबई घुमौं रमेर” अफर अन्तर्गत पोखरा – २६, सक्नेरीका कुवँरले लक्की ड्र मार्फत ‘दुबई टुर’ जितेका हुन् । ुुखल्तीबाट पेमेन्ट गर्दा दुबई घुम्न जाने अवसर पाइन्छ भनेर बुझेको चाहिँ थिएँ, तर आफैंलाई परेको भन्दा विश्वास लागेको थिएनुु आफ्नो जोडीसहित दुबई घुम्ने अफर पाएपछि उनले भने । वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४… पुरा पढौ