नवदीप बोर्डिङ स्कुलको ३१ औं बार्षिकोत्सवको अवसरमा पोखरामा बृहत सरसफाई
सागर सुनार पोखरा २८, मंसिर पोखरा १० शिवचोकमा रहेको नवदीप इङ्लिस बोर्डिङ स्कुलको ३१ औं बार्षिकोत्सवको अवसरमा बिद्यालयले पोखरा क्षेत्रमा बृहत सरसफाई गरेको छ । बिद्यालयको सामाजिक उत्तरदाहित्व अन्र्तगत समाजका केही प्रतिष्ठित तथा सार्वजनिक स्थलहरुमा हालै सरसफाई गरिएको बिद्यालयका संस्थापक निर्देशक चित्र कुमार गुरुङले बताए । “सभ्यता र सृजनाको निम्ति शिक्षा” भन्ने सिद्धान्तका साथ संचालित उक्त बिद्यालयको ३१ औं बार्षिकोत्सवको अवसरमा रामघाट क्षेत्र, बौद्ध अर्थों सदन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) हस्पिटल चोक, बुद्ध चोक, रक्षा मार्ग, शान्तिपथ, अमरसिंह…
पुरा पढौ
पराजुली र काफ्लेलाई विभागीय छात्रवृत्ति
२८ मंसिर पोखरा पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा सञ्चालित छात्रवृत्ति तारानाथ पराजुली र विष्णुप्रसाद काफ्लेले प्राप्त गर्न सफल भएका छन् । स्नातकोत्तर तहका छात्रछात्राको प्रोत्साहनका लागि विभागको पहलमा स्थापित र सञ्चालित छात्रवृत्ति बुधवार पोखरामा आयोजित एक समारोहबीच प्रदान गरिएको हो । शालिग्राम–कृष्ण पौडेल छात्रवृत्ति बिहादी गाउँपालिका–२ पर्वतका तारानाथ पराजुलीले प्राप्त गरे भने सीता–तीर्थ अधिकारी छात्रवृत्ति शुक्लागण्डकी नगरपालिका १० तनहुँका विष्णुप्रसाद काफ्लेले प्राप्त गर्न सफल भए । छात्रवृत्ति प्राप्त गर्न सफल छात्रद्वयलाई सहायक क्याम्पस प्रमुख मीनराज लम्साल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सना,…
पुरा पढौ
बाराही जंगल लजलाई मस्ट इन्स्पिरेसनल इको लज अवार्ड
काठमाण्डौं २८, मंसिर बाराही ग्रुप अन्र्तगत चितवनमा संचालन भएको चितवनको बाराही जंगल लज २०२३ को ुमस्ट इन्स्पिरेसनल इको लजु अवार्डबाट सम्मानित भएको छ । बाराही जंगल लजलाई टफ्ट टाइगर वाइल्ड लाइफ अवार्डअन्तर्गत सो अवार्ड प्रदान गरिएको हो । टफ्ट टाइगरका संस्थापक जुलियन म्याथ्युज र विशाल सिंहले लजका जनरल म्यानेजर प्रकाश चन्दलाई सो अवार्ड प्रदान गर्नु भएको हो । जोन वेकफिल्ड मेमोरियल अवार्ड सन् २०२३ मा ुमस्ट इन्स्पिरेसनल इको लजको रुपमा रहेको चितवनको बाराही जंगल लजलाई प्रदान गरिएको बराह जंगल लज…
पुरा पढौ
सफल पोखरा म्याराथनलाई शान्तिक निकेतनको साथ
पोखरा २७, मंसिर आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले समेत साथ दिने भएको हो । प्रत्यक्ष रुपमा खेलाडी तथा विधार्थीको जिवनसँग समेत जोडिएको विषय खेल क्षेत्र भएकाले म्याराथनमा विधालयको समेत सहभागिता रहने भएको हो । शान्ति निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल महेश्वर पराजुलीले विधालय सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुसीको कुरा भएको…
पुरा पढौ
सेतीनदीमा मान्छे परेको आशंकामा विहिबार दिउँसो सेतीनदीमा पानीको बहाब बढाएर खोज्ने
दीननाथ बराल पोखरा २७, मंसिर सेतीनदीमा मान्छे परेको आशंकामा विहिबार दिउँसो सेतीनदीमा पानीको बहाब बढाएर खोजिने भएको छ । पोखरा फुलवारीमा रहेको मणिपाल शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा उपचार हुदै गरेका एक युवा सम्पर्क बिहिन भई सेतीनदीमा हुन सक्ने आशंकामा प्रहरीले विहिबार दिउसो पानीको बाहक बढायर खोज्ने तयारी गरेको हो । स्थायी घर तनहुँ भई हाल पोखरा १६ को लामाचौरमा बस्दै आउनु भएको १९ बर्षका संगम मिश्र यही मंसिर २५ गते साँझ ६ः२९ बजे मणिपालको इमर्जेन्सि वार्डमा स्वर सहितको अन्य उपचार…
पुरा पढौ
पोखरामा २८ जनालाई रोजगार दिएको दोहोरीको लगानी ३ घण्टामै खरानी
दीननाथ बराल पोखरा २७, मंसिर २८ जनालाई रोजगार दिएको पोखराको एक दोहोरी साँझमा बिद्युत सर्ट हुदा करिब ३ घण्टामै दोहोरी साँझको संरचना खरानीमा परिणत भएको छ । पोखरा सृजनाचोक स्थित नैना दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रा.लि.मा आज विहान अचानक बिजुली सर्ट भई आगोलागी भएको कास्की प्रहरीले जनाएको छ । उक्त दोहोरी साँझमा आज बिहान ७ बजे मात्र आगो नियन्त्रणमा लिन सफल भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले एटुजेडलाई बताउनु भयो । उक्त घटनामा मानविय क्षेती…
पुरा पढौ
निशुल्क सैलुन तालिममा २० युवाको सहभागिता
गण्डकी, २७ मंङसिर पोखरा महानगर आर्थिक महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग एवम् शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ को आयोजना आजदेखि ३९० घण्टाको सैलुन(कपाल काट्ने) तालिम आजदेखि शुरु भएको छ । तालिममा महानगरपालिकाका बिभिन्न वडाका दुईजना महिला सहित २० जना युवाको सहभागिता रहेको छ । स्वदेशमै पेशा व्यवसाय गर्ने र सिपका आधारमा विदेश जाने सहभागिको सामुहिक भनाई रहेको छ । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै सिकेको ज्ञान र सिपको भरपुर…
पुरा पढौ
डा.आचार्य, शर्मा र बास्तोला सम्मानित हुने एटुजेडका सम्पादक बराललाई आर्थिक पुरस्कार
पोखरा, २८ मंसिर पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई प्रदान गरिने भएको छ । कास्की शाखाले सञ्चालन गरेको पत्रकारिता वृत्ति सम्मानबाट पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित हुने भएका हुन् । नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न लागिएको हो । सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका…
पुरा पढौ
तमूवान स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने चेतावनी
पोखरा २७, मंसिर तमू समुदायको युवा संस्था तमू युवा ह्युल छोंज धींले पहिचान सहितको तमूवान स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने चेतावनी दिएको छ । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा तमू युवा ह्युल छोंज धींले गण्डकी प्रदेशलाई पहिचान सहितको तमूवान स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने चेतावनी दिएको हो । तमू युवा ह्युल छोंज धीं केन्द्रिय समिति काठमाण्डौंको ईलाममा हालै सम्पन्न दोश्रो महाधिवेशनले जारी गरेको १५ बुंदे घोषणा पत्र समेत बुधबार पोखरामा सार्वजनिक गर्दै समितिले आफ्ना गुमेको अधिकार प्राप्ती गर्ने…
पुरा पढौ
संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने ः मुख्यमन्त्री पाण्डे
पोखरा २७, मंसिर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनले बताए । ‘कानुन निर्माणमा माथिबाट सहजिकरण गरिदिनु पर्ने आवश्यकता छ, संघ सरकारले बनाउनुपर्ने कानुन नबनाएको कारण प्रदेश र स्थानीय सरकारले काम गर्न अफ्ठ्यारो परेको छ’ प्रदेश बिकास समस्या समाधान समितिको बुधवारको बैठकमा मुख्यमन्त्री पाण्डेले भने । निजामती सेवा ऐन, प्रहरी समायोजना ऐन, जग्गा प्राप्ती ऐन, शिक्षा ऐन आउला…
पुरा पढौ

