जिवनशैली पत्रिका

अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

पोखरा २६, मंसिर कास्कीमा अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधनलनाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की जिल्ला अन्तर्गत विभिन्न स्थानमा प्राकृतिक नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी गर्दै गरेको अबस्थामा प्रहरीले ५६ वटा सवारी साधनलाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बि.क.ले बताउनु भयो । अवैध रुपमा प्राकृतिक दोहोन भएको स्थानीय जनगुनासो तथा सूचनाको आधारमा प्रहरी टोलीले आज (मंगलबार) अवैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी,… पुरा पढौ

पोखरामा गण्डकी प्रदेशका मुख्य ४ जिल्लाका सुन्तला भित्रिन्छ

दीननाथ बराल पोखरा २६, मंसिर गण्डकी प्रदेशको राजधानि पोखरामा मुख्य गरी ४ जिल्लाका सुन्तला भित्रिने गरेको छ । पोखरामा स्याङजा, पर्वत, बागलुङ र म्याग्दी जिल्लाबाट बिषेश गरी सुन्तला बिक्रिको लागि पोख।ा भित्रिने गरेको व्यवसायीहरुले बताउनु हुन्छ । विगत १२ बर्ष देखि सिजन अनुसार सुन्तलाको व्यापार गर्दै आउनु भएको समिरि श्रेष्ठ हिजोआज बिहानै देखि सुन्तला बिक्रि र खरिद गर्न भ्याई नभ्याई हुने गरेको छ । पोखराको कृषि उपज बजार(शान्ति वन वाटिका) क्षेत्रमा किसानले उत्पादन गरेका सुन्तला सिधै किसानसंग खरिद गर्ने त… पुरा पढौ

व्यापार मेलामा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु

पोखरा, २६ मंसिर पोखरा महानगरपालिका एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्धारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गरेका छन् । शिक्षालयका प्रशिक्षकहरु कृष्णप्रसाद धिताल,मनोज पौडेल र सुमन सुवेदीको नेतृत्वमा आएका शिक्षालयमा डिप्लोमा इन अटोमोवाइल्स इञ्जिनियरिङ अध्यनरतसहित करिब ८० जना विद्यार्थीले अटो,औद्योगिक तथा मेड इन नेपाल पेभेलियनसहित मेलामा रहेका स्टलहरुको अवलोकनसहित शैद्धान्तिक र प्राविधिक ज्ञान लिएका हुन् । विद्यार्थीहरुलाई अध्ययन–अवलोकनको माध्यमबाट व्यवहारिक शिक्षा दिने नीति अनुरुप यो भ्रमण तय गरिएको शिक्षालयका निर्देशक लक्ष्मण… पुरा पढौ

टिकट देखी खरिद विक्रिसम्म ईसेवा, महोत्सवमा सुचना प्रविधिको भरपुर प्रयोग

लेखनाथ, २६ मंसिर लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवमा टिकट काट्नेदेखी स्टलहरुमा हुने खरिद विक्रिसम्म सुचना प्रविधिको भरपुर उपयोग गरिने भएको छ । समयको माग, दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै विशेषतः युवा, विद्यार्थी वर्गलाई लक्षित गरी डिजिटल वालेट ईसेवाबाट नै टिकट काट्ने व्यवस्था मिलाईएको छ भने स्टलहरुका हुने खरिद विक्रिको लागी पनि प्रत्येक स्टलहरुमा क्यू आर कोड राखिने व्यवस्था मिलाईएको सुचना प्रविधि व्यवस्थापन उप–समितिका संयोजक विजय न्यौपानेले जानकारी दिए । ‘‘विगतका दिनहरुका लाईनमै वसेर… पुरा पढौ

सकियो आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव, १० हजारले गरे अवलोकन

पोखरा २६, मंसिर जलवायु परिवर्तनले बद्लिँदा हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा जारी आठौं पर्वतीय महोत्सव मंगलबार सकिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले बर्सेनि महोत्सव आयोजना गर्दै आएको हो । महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आलेमगरले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनले हिमाललाई चोट पु¥याइरहेको भन्दै चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि प्रतिकूलताको असर भोग्नु परिरहेको उनको भनाइ थियो । अर्थमन्त्री मगरले नेपालको परिचय नै हिमालसँग जोडिएकाले यसलाई बचाएर जानुपर्ने… पुरा पढौ

पोखरामा माविस्तरिय प्याब्सन स्पोर्टस मिट जारी

पोखरा २६, मंसिर निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९–१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट’ पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ । भोली बुधबार सम्म सञ्चालन हुने स्पोर्टस मिट अन्तर्गत छात्ररछात्रा भलिबल, छात्ररछात्रा बास्केटबलका दोश्रो चरणका खेलहरु सम्पन्न भएका छन् भने टेबुल टेनिस छात्ररछात्राको फाइनल खेल सम्पन्न भएको प्याब्सन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलबार छात्र भलिबलतर्फ स्पाइरल ग्यालेक्सीले करुणानिधी मावि संग भिड्ने छ भने अर्को सेमीफाइनलमा पश्चिमाञ्चलले गुरुकुलको सामना गर्ने भएको भलिबल… पुरा पढौ

व्यापार मेलामा ग्यास दुर्घटनाबारे जनचेतना

पोखरा,२६ पुस गएको फागुनको पहिलो हप्ता कांग्रेस नेता तथा प्रतिनिधिसभाका सांसद चन्द्र भण्डारीको घरमा दुःखद घटना भयो । खाना पकाउने एलपी ग्यास चुहिँदा भएको दुर्घटनाले चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भयो । नेता भण्डारी लामो उपचारपछि तंग्रिएर राजनीतिमा सक्रिय भएका छन् । सो दुर्घटनापछि ग्यासको सुरक्षित प्रयोग, ग्यास सिलिण्डरको गुणस्तरसँगै आगोले पोलेपछि हुने उपचारबारे राष्ट्रिय बहस सुुुरु भयो । सो दुःखद घटनाले प्रज्ज्वलनशील पदार्थको प्रयोग गर्दा होसियारी अपनाउनुपर्छ भन्ने सन्देशचाहिँ प्रवाह ग¥यो । आगोले पोलेपछिको उपचारको लागि बर्निङ केयर… पुरा पढौ

जनप्रियलाई ४० रोपनी जग्गा उपलब्ध गराउँछु ः मन्त्री थापा

पोखरा २५, मङ्सिर गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले ४ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले मानित विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरले खुशी लागेको बताए । भौतिक पूर्वाधार र शैक्षिक गतिविधि… पुरा पढौ

लोकदोहोरीमा पौडेल र लामिछानेको क्रियाशिलता, सार्वजनिक गरे “हुन्छ भने हुन्छ भन”

पोखरा २६, मंसिर लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक हुन् चोलेन्द्र पौडेल । उनका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल पनि पौडेल गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् । देश विदेशका सांगीतिक कार्यक्रममा समेत उनको प्रस्तुति रहन्छ । समय मिलाएर नयाँ सिर्जना पस्कने समेत गरेका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलको सालिनता र लगावले नै उनको परिचयलाई बढ्वा दिइएको छ । सामाजिक… पुरा पढौ

तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका तोरण गुरुङ

पोखरा २५, मंसिर तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका युवा व्यवसायी तोरण गुरुङ निर्वाचित भएका छन् । इलाममा हालै सम्पन्न दोस्रो महाधिवेशनबाट गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो । त्यसै गरी उपाध्यक्षमा सर्वजित गुरुङ(रुपन्देही) महिला उपाध्यक्षमा प्रमिला गुरुङ (काठमाडौँ) कोषाध्यक्षमा विनोद गुरुङ चयन भए भने यसैगरी महासचिवमा तनहुँका मनराज गुरुङ निर्वाचित भएका हुन्। महाधिवेशनले ७ पदाधिकारी सहित २९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । प्रदेश प्रमुखमा तमुवानमा अर्जुन गुरुङ र मगरात थरुहटमा सुकमाया गुरुङ चयन भए ।… पुरा पढौ