जिवनशैली पत्रिका

ढाकाचोली महिला बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा सम्पन्न

पोखरा ६ पुष ढाकाचोली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका वडा अध्यक्ष राममोहन आचार्यले महिला उद्यमशिलताको विकास गर्दै बचत तथा ऋण गरिरहेको सहकारीलाई छिट्टै वडाको नमुना सहकारीको रुपमा देख्न चाहेको बताउनुभयो । उहाँले सहकारीको सिद्धान्त अनुसार सहकारी चल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथि को अपरेटिभ प्रेसिडेन्ट सोसाइटी का केन्दिय अध्यक्ष डिल्लीराम बरालले सहकारीमा सवैको समान अधिकार भएको हुँदा अरुको लहैलहैमा नलागि सम्पूर्ण शेयर सदस्यहरु… पुरा पढौ

पोखरामा हुने टाईगर कप भलिवल प्रतियोगितामा २ विदेशी टिम सहभागि हुने

दीननाथ बराल पोखरा ६, पुष पोखरामा हुने चौथो संस्करणको टाईगर कप भलिबल प्रतियोगिता २०८० मा यसपाली दुई वटा विदेशी पाहुना टोली सहभागि हुने भएका छन्। पोखरा रंगशालामा आउँदो माघ १ गतेदेखि ६ गतेसम्म लिगकम नकाउटका आधारमा हुने उक्त प्रतियोगितामा भारत र श्रीलंकाका दुई विदेशी पाहुना टोली सहभागि हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपाल कास्कीका अध्यक्ष नारायण शर्माले बताउनु भयो । उहाँका अनुसार उक्त प्रतियोगिताको पुरुष तथा महिला ६÷६ टिमको सहभागि हुने भएका छन्। उक्त प्रतियोगितामा पुरुष तर्फ श्रीलंकाको आर्मी… पुरा पढौ

सेनाका प्रफुल र रसिला सेमिफाईलनमा

पोखरा ६, पुष नेपाली सेनाका प्रफुल महर्जन र रसिला महर्जन दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईलनको पुरुष एकलमा प्रफुलले एपिएफका देवराज रानालाई २१–७, २१–६ ले र रसिलाले एपिएफकी सुनयना मुखियालाई २१–१२, २१–१० ले पराजित गर्दै सेमिमा प्रवेश गरेका हुन् । अव प्रफुलले फाईनल प्रवेशका लागि नेपाल पुलिसका बिष्णु कटुवालको सामना गर्ने भएका छन् । बिष्णुले सेनाका अभय महरालाई २१–११, २१–१५ मा पराजित गर्दै सेमिफाइनलमा प्रफुल संगको भेट पक्का गरेका हुन् । यस्तै रसिलाले फाईलन… पुरा पढौ

फिस्टेल स्पोर्टस् फेस्ट, गुणस्तरीय र समयानुकूलको शिक्षा आजको आवश्यकता कुलपति प्रा.डा.गुरुङ

पोखरा, पुस ६ पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ का आज पनि विभिन्न खेलहरु जारी रहेका छन् । यसैबिच, विहिबार उक्त कार्यक्रमको एक समारोहका बिच गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले उद्घाटन गर्दै गुणस्तरीय र समयानुकूलको शिक्षा आजको आवश्यकता भएको बताए ।    गुणस्तरीय शिक्षाका लागि राजधानी वा विदेश जानुको विकल्पका रूपमा मोफसलमै रहेर पनि फिस्टेल एकेडेमीले राम्रो अवसर दिएको उनको भनाई थियो । अहिले एक बर्ग आफ्ना सन्ततिलाई गुणस्तरीय र समयानुकूलको शिक्षा दिलाउनका… पुरा पढौ

सडक महोत्सवमा चितवनबाट थारु कल्चर ल्याइने

चितवन ५, पुष पोखरा सडक महोत्सवको प्रचारका लागि पोखरा लेकसाइड रेस्टुरेन्ट एण्ड बार एशोसियशन ९रेवान०को टोलीले चितवनको सौराहामा पत्रकार सम्मेलन गरेको छ। पुस १२ देखि १६ गतेसम्म हुने २५ औं संस्करणको पोखरा सडक महोत्सवको प्रचारका लागि पोखराको टोलीले बिहीबार सौराहामा पत्रकार सम्मेलन गरेको हो। अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा यस वर्ष पनि सडक महोत्सव गर्न लागिएको बिहीबार सौराहामा पत्रकार सम्मेलनमा जानकारी दिइयो। महोत्सव पोखराको लेकसाइड क्षेत्रको करिब ३ कि।म। सडक क्षेत्रमा हुने महोत्सव संयोजक विश्व राज पौडेलले जानकारी… पुरा पढौ

जाउँ है पोखरा अभियानले पश्चिम नेपालमा पर्यटनको हल्ला सहित तरङग पैदा गर्यो

पोखरा, ५ पुस आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्धेश्यसहित गत मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियानले पर्यटनको हल्ला सहित तरंगपदा गराउउदै सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिदा पर्यटनको बारेमा राम्रैसंग होहल्ला र यसको यसले सकरात्मक तरंगपैदा गराएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीहरुको उत्साहप्रद रुपमा सहभागिता रहेको उनले जनाए । होटल… पुरा पढौ

लेखनाथ महोत्सव शुरु,आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुने ः मुख्यमन्त्री पाण्डे

लेखनाथ, ५ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए । मुख्यमन्त्री पाण्डेले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी क्षेत्रका… पुरा पढौ

पोखराको काहूँमा अन्तर्राष्ट्रिय योग महोत्सव सम्पन्न

पोखरा ५, पुष जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सम्पूर्ण सेशन पूरा गरिन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । यही बेला यहाँको रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक ‘स्पीरिट नेपाल ईन्टरनेशनल योगा फेस्टिवल’ आयोजना भयो । उनले यसबारे थाहा पाइन् र प्रेमीसहित सहभागी भइन् । जेन योग प्रशिक्षक हुन् । भारतीय नागरिक उनी काठमाण्डौमा ४ वर्षदेखि प्रशिक्षण दिँदै आएकी छन् । योगा फेस्टिवलमा उनी पनि मेन्टर्सका सूचीमा समावेश… पुरा पढौ

पोखरामा पहिलो पटक बोल्डर ब्लाष्ट सिरिज प्रतियोगिता

दीननाथ बराल पोखरा ५, पुष खेलकुदको शहर पोखरामा पहिलो पटक बोल्डर ब्लाष्ट सिरिज प्रतियोगिता भएको छ । पोखराको लेकसाइड स्थित खहरेमा रहेको वेष्ट इन्डोर स्पोटर्स हबले गण्डकी प्रदेश क्लाईम्बिङ स्पोट्र्स एसोसियसनको समन्वयमा उक्त प्रतियोगिता आयोजना भएको हो । साहासिक खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना भएको उक्त प्रतियोगितामा ३ महिला सहित १७ जना विभिन्न ४ देशका खेलाडीहरुले सहभागिता जनाएको विस स्पोटर्स इन्डोर हबका प्रबन्ध निर्देशक सिद्धार्थ केसीले एटुजेडलाई बताउनु भयो । प्रतियोगितामा नेपाल सहित अमेरीका, अष्ट्रेलिया र सुजरल्याण्डका खेलाडीहरुले सहभागि… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने

पोखरा ५, पुष सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ । आगामी फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने बिहिबार दुई पक्षबीच सम्झौता भएको हो । सिएम एक्वा वेभरेज र नेपाल भूतपूर्व खेलाडी मञ्चबीच मुख्य खानेपानी प्रायोजनका लागि सम्झौता भएको हो । सिएम एक्वाको तर्फबाट कार्यकारी निर्देशक कपिल किरण श्रेष्ठ र मञ्चकोतर्फबाट अध्यक्ष हरि प्रसाद पराजुली तथा रुटमा पानी व्यवस्थापन उपसमिति संयोजक जुम… पुरा पढौ