जिवनशैली पत्रिका

सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानमा ४८ जनाले गरे रक्तदान

पोखरा, ७ पौष पोखरामा रक्त अभाव भइरहेको बेला सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले शनिवार पोखरामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेकाछन्। पोखरा चिप्लेढुंगा मानवअधिकारचोकमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले रक्तदान गर्नुहुदै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि गृुरुङले तमुहरुको महान पर्व, नयाँबर्ष तमु ल्होछार आगमनको अवसरमा पहिलो पटक सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले आयोजना गरेको कार्र्यक्रम अत्यन्तै सफल भएको र आगामी वर्षदेखि निरन्तरता दिन अनुरोध गर्नुभयो। उहाँले नेपालका लागि वीरगति प्राप्त गर्नुभएका पुर्खाहरुको स्मृतिमा स्थापित… पुरा पढौ

पोखरा महानगरस्तरीय रनिङ शिल्ड तथा मेयर कप, आइतबारदेखि ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

पोखरा, ७ पुस पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू हुँदैछ । पोखरा रंगशालामा हुने चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विका समिति अध्यक्ष दीपक गोदारले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ । भलिबल छात्र÷छात्रा, कबड्डी छात्र÷छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक… पुरा पढौ

१४ औं स्थापना दिवसमा सङ्कल्प सहकारीको प्रशिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न ः

पोखरा , पुष ७ स्थापनाको १४ वर्ष पुरा गरेको अवसरमा पोखरा ७ मासबारमा रहेको सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४ औं वार्षिकोत्सव तथा प्रशिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्यले अहिले सहकारीमा देखिएका विभिन्न विकृति समस्याका बावजुत पनि सङ्कल्प सहकारी लयमा रहेकोमा खुसी व्यक्त गर्दै सहकारी देखिएका समस्या समाधान गर्न स्थानिय तहले भूमिका खेल्ने बताउनु भयो । वडा नम्बर ७ मा रहेका… पुरा पढौ

तेक्वान्दो संघ कास्कीले अलपत्र परेको प्रशिक्षण हलको निर्माण कार्य सुरु गर्ने

पोखरा ७, पुष कास्की जिल्ला तेक्वान्दो संघले अलपत्र परेको प्रशिक्षण हल निर्माण प्रक्रिया सुरु गर्ने भएको छ । पोखरामा शनिबार सम्पन्न संघको १४ औं वार्षिक साधारण सभामा खेलकुदकर्मीहरुले दिएको सुझावलाई मनन गर्दै संघले त्यसलाई अघि बढाउने भएको संघका अध्यक्ष कुमार गुरुङले बताए । उक्त प्रशिक्षण केही वर्ष अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरेका थिए । पोखरा रंगशालामा निर्माण हुने प्रशिक्षणहलको नक्सा समेत राखेपले स्विकृत समेत गरेको अध्यक्ष गुरुङले जनाए। “हामी अब हल निर्माणको तयारीमा जुट्ने छौं,… पुरा पढौ

‘फिस्टेल स्पोर्टस् फेस्ट’ समापन

पोखरा, पुस ७ पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ शनिबार सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा।डा। प्रेमनारायण अर्यालले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी खुल्ला रूपमा सिकाइ हुनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘सिकाइ चार दिवारभित्र मात्र हुन्छ भन्ने छैन, वास्तविक सिकाइ समाजबाट नै सिक्ने हो जुन फिस्टेलले सिकाइरहेको छ ।’’ उनले यस्ता खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा ठुलो सहयोग पु¥याउने विचार राखे । शनिबार सम्पन्न सेभेन… पुरा पढौ

राष्ट्रिय माविको हीरक जयन्ती चैतमा, गुरुङद्धारा एक लाख अक्षयकोष स्थापना

पोखरा, ७ पुस स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो चैतमा पुनमिलन समारोह गर्ने भएको छ । विद्यालयमा शनिबार बसेको पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सरोकारवालाहरुको भेलाले पुनमिलन समारोह गर्ने तय गरेको हो । भेलाले पुनमिलन समारोहका लागि ०३३ सालको ब्याचका विद्याथी एंव पछि शिक्षकको रुपमा विद्यालयमा काम गरेका वसन्तराज अधिकारीको संयोजकत्वमा पुनमिलन समारोह उपसिमित गठन गरेको छ । समितिको… पुरा पढौ

रसिला र प्रिन्सद्वारा उपाधी रक्षा

पोखरा ७, पुष युवा ब्याडमिन्टन खेलाडी द्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधी रक्षा गरेका छन् । ललितपुर लिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजय प्राप्त गर्दै उपाधी रक्षा गरेका हुन् । महिला एकल तर्फ रसिलाले आफ्नो क्लब सेनाकै अनुमाया राईलाई २१–९, २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित… पुरा पढौ

शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन

पोखरा ७, पुष टक्क बहादुर शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव  बिश्वामित्र संजेलको प्रमुख आतिथ्यतामा भएको प्रथम प्रदेश अधिवेशनले शाहीको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्य समिति गठन गरिएको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविन विक्रम शाहले बताएका छन् । कार्यसमितिको उपाध्यक्ष द्वयमा अनिल बुढा र गुमान सिंह बस्नेत, सचिव डिलबहादुर गौतम, कोषाध्यक्षमा भुपेन्द्र मल्ल रहेका छन् । यस्तै सदश्यहरुमा सुशील उपाध्याय, प्रमोद शाही, हरिलाल बुढा र कृषन शाही सर्वसम्मत चयन… पुरा पढौ

बाल प्रतिभा पहिचान महोत्सव विद्यार्थीको सिकाइ केन्द्र

पोखरा, ७ पुस पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन वृहत वाल प्रतिभा पहिचान महोत्सव विद्यार्थीका लागि सिकाइ केन्द्र बनेको छ । एन प्याव्सन कास्कीले शुक्रबार देखि शुरु गरेको महोत्वस विद्यार्थीलाई प्रतिभा प्रस्फुटन गर्ने मौका सहित सिक्ने अवसर पनि मिलेको छ । ११ वटा विधामा प्रतियोगिता राखिएकोमा आफ्ना क्षमता अनुसारका विधामा सहभागिता जनाई विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् । महोत्सवमा केहि विद्यार्थी पुरानो संस्कृतिलाई पछ्याउदै परालबाट गुन्द्री वन्ने चोयाबाट डोको, कोर्को, पातबाट टपरी दुना वुन्नमा नै व्यस्थ देखिन्थ्य त केहि विद्यार्थी आविस्कार,… पुरा पढौ

रास्वपा सभापती रबि लामाछिानलाई पोखरामा खोया प्रहार

दीननाथ बराल पोखरा, ७ पुस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रबि लामिछानेलाई पोखरामा मकैको खोया प्रहार भएको छ । पोखराको अमरसिंहचौरमा रास्वपाले आज(शनिबार) आयोजना गरेको खुल्ला सभामा सभापती लामिछानेलाई भाषण गर्ने क्रममै मकैको खोया प्रहार भएको रास्वपाले जनाएको छ । लमजुङ तार्कुघाटका सन्तोष रानाभाटले लामिछानेलाई उक्त खोयाले प्रहार गरेको हुँदा प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको छ । रानाभाटको प्रारम्भिक अनुसन्धानको लागि हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जनाएको छ । उक्त कार्यक्रममा मकै खादै गर्दा भिडभाडमा लडेर खोया उच्छिटिएरको रानाभाटले… पुरा पढौ