जिवनशैली पत्रिका

लेकसाईडमा पर्यटकलाई दुःख दिने तथा बार्गेनीङ गर्ने ६ जना पक्राउ

पोखरा १७, माघ पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा पर्यटकलाई दुःख दिने तथा बार्गेनीङ गर्ने ६ जना पक्राउ परेका छन्। मंगलबार बेलुका ८ः०० बजे लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख हैरानी दिने, बाटो छेक्ने, व्याग तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने ६ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । पक्राउ पर्नेहरुमा पोखरा ६ लेकसाईडमा बस्नेहरु २२ वर्षका सुदिप अर्याल, २६ बर्षका संदिप गिरी, १९ बर्षका सुमन शर्मा, २० बर्षीय नेत्र बहादुर प्रधान, २३ बर्षका सुशिल महतो र २६… पुरा पढौ

फोनिज युकेको पत्रकारिता पुरस्कार संगीता चेपाङलाई, दिपीन राई सम्मानित हुने

पोखरा १७, माघ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पत्रकारिता सम्मान २०२३ बाट दिपीन राई र संगीता चेपाङ पुरस्कार २०२३ बाट पुरस्कृत हुने भएका छन्। २५ जनवरीको बैठकले राई र चेपाङलाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनौट समितिका प्रमुख (हेड अफ ट्रस्ट) सोनाम छिरिङ शेर्पाले बताए । सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरेका बताइन्छ । सम्मान र पुरस्कारको राशी जनही २५÷२५ हजार रुपैयाँ रहेको छ । झापाका पत्रकार दिपीन राई यलम्बर टाइम्स सम्पादक… पुरा पढौ

पुन हिल कप भलिबल ः तेस्रो दिन पाँच खेल सम्पन्न

पोखरा १६, माघ पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत भेट्रानतर्फ सेमीफाइनल, महिलातर्फ दुई क्वाटरफाइनल र पुरुषतर्फ एक खेल सम्पन्न भएका हुन् । पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा बुधबार भएको भेट्रानतर्फको फाइनलमा पोखरा भेट्रान र गगनगौडा भेट्रान प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा पोखरा भेट्रानले आयोजक पुन समाजको भेट्रान टिमलाई ३–० को सोझो सेटमा… पुरा पढौ

गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार

पोखरा, १७ माघ गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारी सहित आर्थिक मामिला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन महाशाखाको सहमति सहित विधेयकको मस्यौदा बनाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवत्ता टिकाराम पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण र सिचाई जलस्रोत तथा उर्जा लगायतका सरोकारवाला मन्त्रालयहरुको समेत राय समावेश गरेर तयार पारिएको विधेयकको मस्यौदा मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको जानकारी दिनुभयो… पुरा पढौ

बुद्धिचाल संघ कास्कीका अध्यक्ष कोइरालाको निधन

पोखरा १७, माघ बुद्धिचाल संघ कास्कीका अध्यक्ष अनिल कोइरालाको निधन भएको छ । पोखरा–४ गणेशटोल निवासी ५१ बर्षीय कोइरालाको मंगलबार स्वास्थ्यमा समस्या आए पछि पोखराको फिस्टेल अस्पतालमा उपचारकै क्रममा आज साँझ उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उनको हृदयघातका कारण आज साँझ उपचारको क्रममा निधन भएको बताइन्छ । खेल क्षेत्र, व्यवसाय सहित विभिन्न संघ संस्थामा सक्रिय रहनु भएको कोइरालाको बिहिबार बिहान अन्त्यष्टि गरिने भएको उहाँका दाजु सञ्जीव बहादुर कोइरालाले बताउनु भयो । उहाँको निवासबाट शवयात्रा सहित पोखराको रामघाटमा… पुरा पढौ

देवश्री गोत्र कुल मन्दिर पुनः निर्माण अन्तिम चरणमा

पोखरा १७, माघ रानाभाट जातीको देवश्री गोत्र कुुल मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला चिप्लेटीमा उक्त कुल मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ । हरेक ५÷५ वर्षमा नियमित हुदै आएको कुल पुजा यस ७ वर्षमा हुँदै छ । २ वर्ष पहिला हुनुपर्ने पुजा कोरोनाको कारण हुन सकेको थिएन । तर कोरोनाको कारण पुजा हुन नसके पनि देवश्री गोत्रीय दाजुभाईले मन्दिरको पुनःनिर्माणको कार्य तिव्ररुपमा भइरहेको सचिव परशुराम रानाभाटले वताए । मन्दिर वरपर… पुरा पढौ

गण्डकीमा ई–स्पोर्टस संघ गठन

पोखरा १६, माघ विश्वमानै आकषर्णको रुपमा ई–स्पोर्टसलाई खेललाई गण्डकीमा प्रवर्द्धन र विकास गर्नका लागि ई–स्पोर्टस संघ गठन गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा पोखरामा सम्पन्न भेलाले बिनोद बरालको अध्यक्षतमा गण्डकी प्रदेश ई–स्पोर्टस संघ तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षद्वयमा श्याम प्रसाद श्रेष्ठ र स्वम्भू कुंवर, महासचिबमा शौरभ ढकाल, सचिबमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिना प्रधान रहेका छन् । यसै गरी कार्यसमिति सदस्य अमप्रसाद थापा पुन, सुभाष चन्द्र रोक्का, किरण गोदार, मनोज प्याकुरेल, मिलनजङ्ग कुंवर र प्रज्वल… पुरा पढौ

पूर्व राष्ट्रिय फुटवल खेलाडी रुपक र नन्दा गुरुङबाट सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ११ हजार सहयोग

दीननाथ बरालपोखरा १७, माघ पोखराको सहारा क्लवले स्थापना गरेको फुटवल एकेडेमीको सहयोगार्थ सहारा अक्षयकोषमा रकम संकलन हुने क्रम जारी रहेको छ । पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको अवसरमा नेपालका पूर्व राष्ट्रिय फुटवल खेलाडी, भारतीय एक्स आर्मी इन्टर सर्भिसमा समेत आबद्ध हुनु भएको पोखरा १५ लक्ष्मीटोल निवासी हाल वेलायत रहनु भएको रुपक गुरुङ र समाजसेवी नन्दा गुरुङले अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्नु भएको हो । बुधबार भएको २३ औं आहा रारा… पुरा पढौ

जाउलाखेललाई पन्छाउदै थ्रि स्टार क्लव आहा रारा पोखरा गोल्ड कपको फाईनलमा

दीननाथ बरालपोखरा १७, माघ, आहा रारा पोखरा गोल्ड कपको ५ पटकको विजेता थ्रि स्टार क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८० को उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा आज –बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लव माथी १–० कठिन जित निकाल्र्दै थ्रिस्टार क्लब फाईनलमा प्रबेश गरेको हो । थ्रि स्टारको जितमा दोश्रो रोजाईका खेलाडी (अतिरिक्त खेलाडी) दिपेश घलेले मैदान छिरेको ११ औं मिनेटमा उत्कृष्ट गोल गरी आफ्नो टिमलाई उपाधि नजिक पुर्याएका… पुरा पढौ

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पराजुली र जिसी काठमाण्डौंमा पुरस्कृत

दीननाथ बरालपोखरा १७, माघ कास्कीका दुई जना खेल पत्रकार रोहितराज पराजुली र रिखिराम जिसि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले आज (बुधबार) काठमाण्डौंमा आयोजित एक समारोहका बिच गण्डकी प्रदेशबाट पराजुली र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै जिसीलाई जनही २५ हजारको साथमा उक्त पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थले पुरस्कृत व्यक्तिहरुलाई नगद सहित सम्मानपत्र प्रदान गर्नु भएको हो । पत्रकारिताको… पुरा पढौ