जिवनशैली पत्रिका

नवलपुरको कोल्हुवामा राईनो गोल्डकप सुरु

पोखरा २७, माघ, खेलकुद मार्फत गैंडाको संरक्षणमा जनचेतना जगाउने उद्धेश्यका साथ शनिबार बाट नवलपुरको कोल्हुवामा छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप सुरु भएको छ । राईनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रोर्दर भुमही विजयी भएको छ । विरगञ्ज युनाईटेड क्लबलाई २–१ ले हराउँदै सेन्टर कलेज फोर ब्रदर्सले प्रतियोगितामा जित निकालेको हो । खेलमा फोर ब्रदर्सका लागि बिनोद केबट र फागुराम चौधरीले समान एक–एक गोल गरे । खेलको अन्तिम ४ मिनेटमा वीरगंज यूनाइटेडका बिकास चौधरीले एक गोल फर्काएका थिए ।… पुरा पढौ

एल आई सी ले दियो २४ घण्टा भित्रको मृत्यु दावी रकम

बहुराष्ट्रिय कम्पनी एल आई सी नेपालले विमा गरेको २४ घण्टा भित्रको मृत्युदावी भुत्तानी प्रदान गरेको छ । कम्पनीले दुर्घटनमा परि ज्यान गुमाएका कास्कीको अन्नपूर्ण गाउपालिका वाड नं ३ स्थायी ठेगाना भएका माधव पौडेलको परिवारलाई दुर्घटना सहितको रु १० लाख २६ हजार पाँच सय रुपियाँ प्रदान गरेको हो । एल आइ सी नेपाल पोखरा साखाको ईतिहासमा पहिलो पटक विमा गरेको २४ घण्टा भित्र दुर्घटनामा पनि ज्यान गुमाएको परिवारलाई दुर्घटना लाभ सहितको मृत्युदावी भुत्तानी गरेको शाखा प्रमुख सन्जिव खनालले वताएका छन् ।… पुरा पढौ

दोस्रो हिसान गण्डकी प्रेदश स्तरीय फुटसल प्रतियोगिताका लागि कास्कीबाट १२ टिम छनौट

पोखरा, २७ माघ, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताको कास्की छनौटबाट १२ टिम छनौट भएका छन् । कास्की छनौटका लागि ४० टिमले भागलिएकोमा १२ टिम छनौट भएका हुन् । छनौट भएकोमा सृजना उच्च मावि, न्यु ग्यालेक्सि इङलिस सेकेन्डरी स्कुल, पोखरा आर्दश सेकेन्डरी स्कुल, त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल, ग्लोबल कलेजियट स्कुल, स्नोभियु इङलिस बोडिङ स्कुल छनौट भएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । त्यसै गरी प्रतिभा… पुरा पढौ

प्रतिभा माविमा एकदिने ‘फूड फेस्टिभल’

पोखरा, माघ २७ पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिभल’ आयोजना गरिएको छ । पाठ्यपुस्तकमा पढेको कुरालाई व्यावहारिक रुपमा अभ्यास गराउने उद्देश्य सहित फेस्टिभल आयोजना गरिएको हो । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले फेस्टिभलको आयोजना गरेका हुन् । फेस्टिभलको पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले पढेको कुरालाई व्यवहारमा ल्याउनका लागि विद्यार्थीले फेस्टिभल आयोजना गरेको बताए । फूड फेस्टिभलको यो दोश्रो संस्करण हो । विद्यालयमा पोहोरदेखि फूड फेस्टिभल गर्न… पुरा पढौ

प्रदेश सांसद विन्दुकुमार थापाको यस बर्षको पनि सबै तलब भत्ता सामाजिक कार्यमा खर्च

पोखरा, २७ माघ गण्डकी प्रदेश सभा सदस्यविन्दुकुमार थापाले यस बर्ष पनि प्रदेश सरकारबाट प्राप्तगरेको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । गण्डकी प्रदेश सरकारको पूर्व कानुन, संचार तथाप्रदेशसभामामिलामन्त्रीथापाले २०७९ पुस २५ गतेदेखि हालसम्मप्राप्त गरेको तलबभत्तामाथप गरी विकास निर्माण र सामाजिककार्यमाखर्च गरेकाहुन् । उनले विभिन्नशिर्षकमा११ लाख१२ हजार ६ सय ५ रुपैयाँसहयोग गरेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपालप्रेसयुनियन, कास्कीको समन्वयमागरिएको पत्रकार सम्मेलनमाउनले प्रदेशको दोस्रो कार्यकाल सुरु भएपछि अहिलेसम्मवैठकभत्ता, मासिकपारिश्रमिक र अन्य सुविधासहित बैंक खातामा८ लाख९६ हजार १… पुरा पढौ

देशमा दलाल पुंजिबादको राज भएको पूर्वप्रधानमन्त्री खनालको दाबी

दीननाथ बराल,पोखरा २७, माघ, पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पाटीका सम्मानित नेता झलनाथ खनालले देशमा दलाल पूंजिबादले राज गरेको दाबी गर्नु भएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीले शनिवार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा वोल्दै उहाँले देशमा हाल पुंजिबादले राज गर्दा देशमा ठुलो समस्या उत्पन्न भएको दाबी गर्नु भएको हो । नेपालको दलाल पुंजिबाद, विदेशी साम्राज्यबादको हाबी भएको दाबी गर्दै नेता खनालले रातारात कमिसन, कालाबजारीले देशमा आर्थिक विकासमा समेत ठुलो नकरात्मक प्रभाव पारेको आरोप लगाउनु भयो । उहाँले… पुरा पढौ

फुुटवल खेलको विकास गर्न पोखरामा फागुन १ देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा २७, माघ, तल्लो स्तरबाटै फुुटवल खेलको विकास गर्ने उद्धेश्यले पोखरामा आउदो फागुन १ गते देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने भएको छ । पोखराको ड्याम साइड क्लवको आयोजनामा फागुन महिनाको १ देखि ६ गतेसम्म शसस्त्र प्रहरी गण(ड्यामसाइड) को खेल मैदानमा पोखरामा तेश्रो अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा महानगरपालिकाको सहयोग तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा हुने यस प्रतियोगितामा पोखरा १७… पुरा पढौ

पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ भेलिन्टिएर लाग्ने, शनिबार ह्विलचियर र दृष्टिविहिन दौड हुने

पोखरा २६, माघ यहि फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक स्कर्टिङका लागि साइक्लिङ भोलिन्टिएर र आयोजक नेपाल भुतपुर्व खेलाडी मञ्चबीच छलफल सम्पन्न भएको हो । म्याराथनलाई सुरक्षित र धावकहरुलाई स्कर्टिङसँगै वातावरणमैत्री बनाउनका लागि साइकल स्वयम सेवकसँग छलफल भएको मञ्चले जनाएको छ । छलफलमा साइकल सिटी र पोखरा राइडर क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । उक्त छलफलमा साइकल राइडरहरुले… पुरा पढौ

खेलकुदमा रहेको वेतिथी अन्त्य गर्दै तीनै तहका खेलकुदका निकायसंग सहकार्य गर्न खेलकुदकर्मीको सुझाव

दीननाथ बराल,पोखरा २६, माघ, खेलकुद क्षेत्रमा रहेको वेतिथी अन्त्य गर्दै तीनै तहका खेलकुदका निकायसंग सहकार्य गर्न खेलकुदकर्मीले सुझाव दिनु भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) अन्र्तगत हालै गठन भएको गण्डकी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समितिले शुक्रबार पोखरा रंगशालामा विभिन्न खेल संघ तथा खेलकुद संवद्ध संघ संस्थाका पदाधिकारीहरु बिच आयोजना गरेको छलफल कार्यक्रममा सहभागि खेलकुदकर्मीहरुले उक्त सुझाव दिनु भएको हो । खेलकुद जस्तो क्षेत्रमा अख्तियारमा उजुरी पर्नु, खेलकुदका पूर्वाधार निर्माण कम हुनु, भएका पूर्वाधारको उचित संरक्षण नहुनु, खेलाडी उत्पादनको… पुरा पढौ

नकरात्मक भित्र सकरात्मक पक्ष खोजौंस् आर्थिक मामिला मन्त्री आलेमगर,तेक्वान्दो संघ गण्डकीको तेश्रो साधरण सभा

पछिल्लो समय नेपाली समाज नकरात्मकतर्फ उन्मुख भएकोप्रति गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले चिन्ता व्यक्त गर्नुुुभएको छ । शुक्रबार नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको तेश्रो वार्षिक साधरण सभाको पोखरामा उद्घाटन गर्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले पछिल्लो समय हरेक कुरालाई नकरात्मक तरिकाले मात्रै लिने गरिएको भन्दै नकरात्मकभित्र पनि सकरात्मक बिषयबस्तु ओल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले सिमित श्रोत साधनका कारण खेलकुदका विभिन्न गतिविधिमा मन फुकाएर सहभागि हुन नसकेपनि केही न केही हिसावले जोडिइरहेको बताउनुभयो ।… पुरा पढौ