जिवनशैली पत्रिका

एट ए साइड भेट्रान फुटबलमा सेमीफाइनल समीकरण पुरा

पोखरा, २४ माघ पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगिताको ४० वर्ष माथि उमेर समूहको सेमीफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा पोखरा १ टुडिखेलमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बुधबार ४० वर्षमाथिको क्वाटरफाइनल तथा ५० वर्ष माथिको एक क्वाटर र प्रिक्वाटरफाइनल खेल सम्पन्न भएको छ । ४० वर्षमाथिको पहिलो क्वाटरफाइनल खेलमा एक्स वारियरले आयोजक बगर भाइखलकलाई टाइब्रेकरमा ५–४ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको… पुरा पढौ

स्थानीय महोत्सव गर्दै पोखरा १४ , स्थानीय उत्पादनलाई प्राथमिकताः वडाध्यक्ष कार्की

पोखरा २४, माघ पोखरा महानगरपालिका १४ नम्बर वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक स्थानीय महोत्सवको आयोजना गर्ने भएको छ । आगामी फागुन ६ र ७ गते स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको पक्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पोखरा महानगरपालिका–१४ छिनडाँडा स्थित शुक्रराज बलभद्र माविको खेलमैदानमा आयोजना हुने महोत्सवमा निशुल्क स्टलको व्यवस्था गरिने वडाध्यक्ष बोध बहादुर कार्कीले जानकारी दिए । उनले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको… पुरा पढौ

पोखरा म्याराथन तमु धी र वडा नं ३ ले बाजागाजा सहित सांस्कृतिक पोशाकमा धावकलाई स्वागत गर्ने

पोखरा २४, माघ पोखरामा फागुन ५ गते हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई आकर्षण बनाउन विभिन्न जात–जातीको मौलिक सांस्कृतिक भेषभुषा तथा बाजागाजासहित धावकहरुलाई स्वागत गरिने भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि विभिन्न चोकहरुमा रहेर सांस्कृतिक रुपमा स्वागत गर्ने तमुधी नेपाल र वडा ३ का विभिन्न संघ संस्थाले प्रतिबद्धता व्यक्त गरेका हुन् । छुट्टा–छुट्टै सम्पन्न क्रममा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणलाई भव्य बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छुन् । पोखरा… पुरा पढौ

लायन्स क्लब अफ ईन्टरनेशनलको मानवसेवा आश्रम पोखरा हेम्जा शाखा कार्यालयको नवनिर्मित भवन हन्तान्तरण

दीननाथ बरालपोखरा २४, माघ पोखरा २५ हेमजा स्थित मानवसेवा आश्रम शाखा कार्यालयको नवनिर्मित भवन (हल र किचन) को उद्घाटन सहित हस्तान्तरण गरिएको छ । लायन्स क्लव ईन्टरनेश्नल डिष्ट्रिक ३२५ बी वानको सहयोगमा हालै निर्माण भएको उक्त भवनको एक समारोहका बिच आज (बुधबार ) उद्घाटन सहित हस्तान्तरण समेत गरिएको हो । किचन,ट्वाईलेट वाथरूम सहित १७ कोठा रहेको उक्त भवन निर्माणमा १ करोड ६५ लाख ८ हजार लगानी भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले पोखराक्लिकलाई एटुजेडलाई बताउनु भयो । लायन्सबाट १ लाख… पुरा पढौ

कल्याण शेरचन स्मृति दिवसमा कुमार र राजनलाई सम्मान अर्पण

माघ २४, पोखरा  कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान अर्पण गरेको हो । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर बुधबार आयोजना गरेको कार्यक्रममा स्व.चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता अन्र्तगत बुधबार प्रिक्वाटरफाइनलका ६ खेल सम्पन्न

पोखरा २४, माघ पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (बुधबार) प्रि—क्वाटरफाइनलका ६ खेलहरु सम्पन्न भएका छन् । बुधबार भएको खेलमा सारङ राना, मोती पाख्रिन, विकास महर्जन, आयुष गौतम, रेगन श्रेष्ठ र नितेश खान्देवाल विजयी हुदै क्वाटरफाइनलमा प्रबेश गरेका छन्। बुधबार भएको पहिलो प्रि क्वाटरफाइनलमा वुटवलका सारङ रानाले काठमाण्डौंका विकास श्रेष्ठलाई ४–० को सोझो सेटमा पराजित गरे । अर्को खेलमा काठमाण्डौंका मोती पाख्रिनले काठमाण्डौंका विनोद श्रेष्ठलाई ४–० को सोझो सेटमा पन्छाए भने पोखराका विकास महर्जनले हेटौंडाका सोम लामालाई… पुरा पढौ

स्मार्ट बन्दै पोखरा १३, गुगल प्लस र क्युआर स्क्यानमार्फत चाहेको स्थानमा पुग्न सकिने

पोखरा २४, माघ पोखरा महानगरपालिका वडा नं। १३ स्मार्ट बन्दै छ । पोखरालाई स्मार्ट सिटीको अवधारणा दिइरहँदा अब वडाका हरेक ठाउँमा गुगल प्लस र क्युआर स्क्यानमार्फत पुग्न सकिने वडाध्यक्ष किरण बरालले जानकारी गराए । वडाका विविध स्थानका लागि उक्त सेवा उपलब्ध रहेको उनले बताए । ‘वडाका विभिन्न ठाउँमा आउने नागरिकलाई बाटो पत्ता लगाउन सहज होस् र गन्तव्यमा पुग्न मदत पुगोस् भन्दै गुगल प्लस र क्युआर स्क्यानको व्यवस्था गरिएको हो ।’, उनले भने ।गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा १३… पुरा पढौ

प्रदेश यातायात व्यबस्था नियमावलीको संसोधन तथा खारेजीको माग गर्दै व्यवसायीद्धारा मन्त्री जुग्जाली समक्ष १७ बुंदे माग पेश

गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई विभागीय मन्त्री रेशम बहादुर जुग्जालीले नाजवाफ बनाएर फर्काइदिनु भएको छ । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको नियमावलीको विरोध गर्दै सच्याउन अल्टिमेटमसमेत मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । नियमावलीका केही नियम खारेज गर्नुपर्ने र व्यवसायीको मागलाई ७२ घन्टाभित्र पूरा नगरे बाध्य भएर आन्दोलनमा जानुपर्ने व्यवसायीको चेतावनी छ । व्यवसायीले १ नम्बर बुँदामै निजी सवारी साधनलाई पनि सार्वजनिक सवारीसरह यात्रु ओसारपसार ९राइड सेयरिङ० गर्न मापदण्ड बनाएर अनुमति दिने… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता अन्र्तगत अन्तराष्ट्रिय खेलाडी रेगन प्रि क्वाटरफाइनलमा

दीननाथ बरालपोखरा २३, माघ, पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत भोलि (बुधबार) देखि प्रि—क्वाटरफाइनलका खेलहरु हुने भएका छन्। प्रतियोगिता अन्र्तगत मंगलबार ४ वटा तेश्रो चरणका र दुई वटा प्रिक्वाटरफाइनलका खेलहरु भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताए । बुधबार क्याटरफाइनलका खेलहरु हुने भएको उनले जनाए । अन्तराष्ट्रिय नेपाली खेलाडी रेगन श्रेष्ठ उक्त प्रतियोगिताको प्रि क्वाटरफाइनलमा प्रबेश गरेका छन्। आज (मंगलबार) भएको खेलमा काठमाण्डौंका रेगनले पोखराका खुसिमान गुरुङलाई ४—० को सोझो सेटमा पराजित… पुरा पढौ

एनआरएनए र नेपाल भूतपूर्व खेलाडी मञ्च बीच तीन वर्षे सम्झौता, सात लाख ५० हजार प्रदान

पोखरा २३, माघ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ ९एनआरएनए आइसीसी० बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए सँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो । पोखरामा मंगलबार आयोजित एक कार्यक्रमका बिच दुई पक्षले सम्झौता गरेका छन् । सम्झौता सँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ ।… पुरा पढौ