जिवनशैली पत्रिका

टाइगर कप भलिबलः पुलिस विरुद्ध गण्डकीको सहज जित

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पर्वतले पहिलो… पुरा पढौ

न्याय, समानता र स्वतन्त्रताको पक्षका गोपाल गिरि जनतामा लोकप्रिय बन्दै

पोखरा, अथक संघर्ष, निरन्तर त्याग र नथाक्ने राजनीतिक यात्राका प्रतीक हुन गोपाल गिरी । कम्युनिस्ट आन्दोलनको भुइँ तहदेखि उठ्दै आज संसदीय उम्मेदवारसम्मको यात्रामा उनी कहिल्यै विचलित भएनन्, न झुके, न थाके । पुष्पकमल सुवेदीलगायतका युवाहरूले गठन गरेको माले क्रान्तिकारी कम्युनिस्ट दलको ‘रेड गार्ड’ मा आबद्ध हुँदै गोपाल गिरीको राजनीतिक यात्रा सुरु भएको हो । त्यसै क्रममा तत्कालीन नेकपा (माले) रिभान गाउँ कमिटीको सचिव बनेर उनले संगठन निर्माण र जनसम्पर्कमा महत्वपूर्ण भूमिका खेले । माले, एमाले हुँदै एकीकृत समाजवादीसम्म आइपुग्दा उनले… पुरा पढौ

पिएम कप ः पोखरा र राइजिङ पोखराको जित

पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पोखरा क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई १ विकेटले हराएको छ । १२५ रनको विजयी लक्ष्य पाएको पोखराले ३३ ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनायो । आतिफ मियाँले २१, मुस्कान थापाले २० र सुवाष भण्डारीले २० रन जोडे । लेखनाथका लागि साहिल पौडेल र सुवाष वास्तोलाले ३÷३ तथा सज्जन… पुरा पढौ

पर्यटन व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम

पोखरा, १२ माघ, पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ । तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गरिन् । उनले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् । तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनेछन् ।… पुरा पढौ

पोखरामा आदर्श कप जारीः मंगलबार फाइनल यात्राको लागि पुलिस र एन्फा तनहुँ भिड्ने,

पोखरा, पोखरा २९ मा यही माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार पहिलो सेमीफाइनलका खेल हुने भएको छ । सोमवारक्वाटर फाइनलको अन्तिम खेलबाट जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिम सेमीफाइनलमा प्रवेश गरेसंगै मंगलबार समुह एबाट पहिलो सेमिफाइनल नेपाल प्रहरी गण्डकी प्रदेश बिरुद्ध एन्फा तनहुँ बिच हुने भएको म्याच कमिस्नर गोपाल थापाले बताए । म्याग्दीले सशस्त्र प्रहरी बल ए पी एफ पोखरालाई १–० गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो । जिल्ला खेलकुद… पुरा पढौ

टाइगर कपः आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित… पुरा पढौ

टाइगर कपमा तेस्रो हारसँगै फाइनल दौडबाट बाहिरियो आर्मी, एपीएफको दोस्रो जित

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आर्मी सशस्त्र प्रहरी बल एपीएफसँग ३–० को सोझो सेटमा पराजित भयो । आर्मी पहिलो खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । अब आर्मीले अन्तिम खेल भोलि थाइल्याण्ड क्विन्ससँग भिड्नेछ । सोमबार बिहान भएको खेलमा आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो… पुरा पढौ

गठबन्धनका तिमिल्सिना र देवकोटा राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित

दीननाथ बराल, पोखरा, ११ माघ, राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट गठबन्दनका दुई जना विजयी हुनु भएको छ । आइतबार पोखरामा भएको मतदानबाट ‘अन्य समूह’तर्फ नेपाली काँग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’ मा नेकपा (एमाले) का उम्मेदवार सम्झना देवकोटा विजयी हुनुभएको हो । तनहुँका प्रा.डा. जगत तिमिल्सिनाले कुल ५ हजार ३३ मतभार प्राप्त गर्दै विजयी हुनुभयो भने उनले स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षबाट १ सय ३१ मत र प्रदेशसभा सदस्यबाट ४८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धान्दी नेपाली… पुरा पढौ

लक्ष्य हाँसिल गर्दै सकियो १४ औं पोखरा महोत्सव

पोखरा, १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समारोहमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सव एक पृथक महोत्सव रहेको बताए । पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव रहेको बताउदै मेयर आचार्यले पोखरा महोत्सवलाई रातो किताबमै राखेर महानगरले अगाडी वढाइरहेको बताए । त्यसैगरी महोत्सवकै आयोजना गरी पोखरा २७ मा युनाईटेड क्लबले निर्माण गरिरहेको युनाईटेड छात्राबास निर्माणका… पुरा पढौ

पिएम कप ः ५० ओभरको खेल ४ ओभरमै समाप्त

पोखरा, प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार ४ ओभरमै खेल सकिएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेकसाइड क्रिकेट क्लबले ४ ओभरमै खेल सकाउँदै १० विकेटको जित हासिल गरेको छ । एभरेष्ट क्रिकेट क्लबले दिएको २१ रनको अति सामान्य लक्ष्य पछ्याएको लेकसाइडले ४ ओभरमा २४ रन बनाउँदै जित हासिल गरेको हो । यो एक दिवसीय क्रिकेटमा विरलै हुने घटना हो । ५० ओभरको खेल ४ ओभरमै सकिएको जारी प्रतियोगिताकै सबैभन्दा छिटो… पुरा पढौ