जिवनशैली पत्रिका

ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको छ, प्रमुख दाहाल

चितवन, जेठ २६ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको बताउनुभएको छ । शनिवार ठोरीमा भएको नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रममा उहाँले नेपाल–भारत र चीन जोड्ने छोटो दुरीको नाकाको रुपमा स्थापित भएको उल्लेख गर्नुभयो । ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टीकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताको लागि २ महिनाअघि सञ्चालनमा ल्याइएको प्रमुख दाहालले बताउनुभयो । ‘ठोरी भन्सारलगायत देशका अन्य नाकालाई स्तरोन्ती गर्ने संघीय सरकारले नीति लिएको छ, उहाँले भन्नुभयो,‘ठोरी छोटी भन्सारको पनि सम्भाव्यता अध्ययन… पुरा पढौ

पोखरा १३ मा सार्वजनिक सुनुवाईः वडाका समस्यामा सवाल जवाफ

पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालयले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउने र नागरिकबाट सुझाव लिने गरी कार्यक्रम गरिएको हो । अधिकांश सहभागीहरुले वडाले प्रभावकारी काम गरेकोमा प्रशंसा गरे । केही सुझाव पनि दिएका छन् । विशेषगरी ग्रामिण क्षेत्रहरुमा सडक सञ्जाल प्रभावकारी नभएको, यातायातको सुविधा राम्रोसँग नपुगेको, सिंचाई कुलोको मर्मत र रेखदेख नगरिएको, लागू पदार्थ दुव्र्यसनी बढी भएको लगायत गुनासो गरेका छन् । वडा र टोलहरुमा… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता अन्र्तगत आइतबार सेमिफाइनलका खेलहरु हुने

पोखरा २६, जेठ, पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत भोलि (आइतबार) सेमीफाइनलका खेलहरु हुने भएका छन्। प्रदेश खेलकुद परिषद गण्डकीको र गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबारको क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै आइतबार दुई वटा सेमिफाइनलका खेलहरु हुने भएको संघ गण्डकीका महासचिव बिनोद गुरुङले बताउनु भयो । पहिलो सेमीफाइनलमा कास्कीले म्याग्दीसंग सामना गर्नेछ भने दोश्रो खेलमा बागलुङले तनहुँसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई टाइव्रेकरमा ४–३ ले स्तव्ध… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीको ५ किलोमिटर सडक दौडमा चौधरी र छात्रा तर्फ भुजेल प्रथम

दीननाथ बराल,पोखरा २६, जेठ, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको ५ किलोमिटर सडक दौडमा छात्र तर्फ इन्द्र राज्य लक्ष्मी मा.वि.का सम्राट चौधरी प्रथम हुनु भएको छ । पोखरा यूनाईटेड एकेडेमीको ४ दिने अन्तर बिद्यालय एस.ई.ई. खेलकुद प्रतियोगिता अन्र्तगत पहिलो दिन शनिबार भएको ५ किलोमिटर सडक दौडमा चौधरीले निर्धारित दुरी २० मिनेट २ सेकेण्डमा पार गर्नु भएको हो । त्यसै गरी कास्की मोडनाइज एकेडेमीका प्रमोद थापा दोश्रो हुनु भएको छ । थापाले भने २०… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम भव्य गर्ने तयारी

पोखरामा आयोजना हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी प्रदेश खेलकुद परिषद गण्डकीले तयारी थालेको छ । राष्ट्रिय खेलकुद परिषद ९राखेप० र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम भब्य गर्ने गरी तयारी सुरु गरेको हो । यहि जेठ ३० र ३१ गते दुई दिन सञ्चालन हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका ६ सय ७० भन्दा वढि खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिताको तयारीका लागि शनिबार परिषदद्वारा आयोजित छालफल कार्यक्रममा सदस्य… पुरा पढौ

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड

पोखरा, जेठ २६, पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको बताएको छ । स्वरोजगारमूखि शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई स्वदेशमै रोक्न पहल गर्ने विद्यालयको भनाई छ । शनिबार पोखराका संचारकर्मीसँगको छलफलमा विद्यालयका प्राचार्य सरोज कोइरालाले पाठ्यक्रम विकास केन्द्रले तोकेको कोर्षको भरमा मात्र विद्यार्थी स्वरोजगार बन्न सक्ने अवस्था नभएपछि अतिरिक्त कोर्षमा जोड दिएको बताए । विद्यार्थीलाई विदेशिनबाट रोक्नकै लागि भन्दै विद्यालयले पछिल्लो समय पढाई सक्नासाथ काम… पुरा पढौ

फेवातालमा डुंगा दौड प्रतियोगिता हुने

पोखरा, २५ जेठ फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो । पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टीमले सहभागिता जनाउने संस्थाका सचिव सचिव शिव जिसीले बताए । महिला र… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल स् गोरखा विरुद्ध तनहुँको सहज जित

पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा तनहुँले गोरखा विरुद्धको खेलमा ३–० गोल अन्तरले सहज जित निकालेको छ । तनहुँलाई अग्रता दिलाउने क्रममा पहिलो गोल शान्ता बहादुर गुरुङले खेलको २० औं मिनेटमा गोलको खाता खोले । खेलको पहिलो हाफमा गोरखा विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको तनहुँले खेलको २३ औं मिनेटमा दोस्रो गोल थप्यो ।… पुरा पढौ

सामुदायिक विद्यालयमा फुटबल प्रशिक्षण कार्यक्रम शुरु

युनाईटेड कम्युनिटी नेपाल (युनिकन) को आयोजना, फिफा फाउण्डेसनको सहयोगमा र एन्फा कास्की, पोखरा महानगरको खेलकुद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा पोखराका पाँच विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ । ‘फुटबल फर फ्युचर’ परियोजनाको अभिमुखीकरण कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युनिकन संस्थाका कार्यकारी निर्देशक विनोद न्यौपानेले सामुदायिक विद्यालयको विद्यार्थीहरू यस किसिमको अवसरबाट बञ्चित हुन नपरोस् भनि यो कार्यक्रम शुरु गर्न लागिएको बताउनुभयो । कार्यक्रमबाट विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने र सामुदायिक विद्यालयका विद्यार्थीले आफ्नै… पुरा पढौ

नेपालद्धारा नेदरल्याण्डलाई १ सय ७ रनको लक्ष्य

आइसीसी टि —२० विश्वकप २०२४ अन्र्तगत आएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको झिनो लक्ष्य दिएको छ । आफ्नो पहिलो खेलमा नेपालले नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले एक दशकपछि दोस्रो पटक टी२० विश्वकप खेलेको हो । एसोसिएट क्रिकेटकै बलियो मानिएकाृे नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ खराब प्रर्दशन भएको थियो । नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार… पुरा पढौ