जिवनशैली पत्रिका

घाचोक–पोखरा सम्पर्क समाज गठन, अध्यक्षमा तोयनाथ बैरागी

पोखरा,११ कात्तिक कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको आज भएको भेलाले घाचोक–पोखरा सम्पर्क समाजको तदर्थ समिति गठन गरेको छ । घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि पोखरामा रहेर योगदान गर्दै एकआपसमा आपसी सद्भाव र सम्बन्ध प्रगाढ बनाउने उदेश्यलेसमाज गठनका लागि पोखरामा भेला आयोजना गरिएको थियो । सो भेलाले तोयनाथ लम्साल९वैरागी०को अध्यक्षतामा १५ सदस्सीय तदर्थ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समाजको उपाध्यक्षमा महेश्वर… पुरा पढौ

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः प्रचण्ड

काठमाडौं, ११ कार्तिक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई सामान्य रुपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने चेतावनी पनि दिनुभयो । आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन सरकारलाई आग्रह गर्नुभयो । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध… पुरा पढौ

प्रदेश बासीको स्वास्थ्यलाई स्वस्थ राख्ने बाटो तय गण्डकी स्वास्थ्य मन्त्री पाठक

पोखरा ११, कार्तिक, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरूअघिबढाएको बताएकाछन्। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफनेपाल ९अफिन० को छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथि मन्त्री पाठकले योजना अनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताए। प्रदेशको स्वास्थ्य क्षेत्रमा देखि एका समस्यालाई समाधान गर्नतीन कालीन योजना बनाएर काम थालेको उनको भनाईछ।‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु’, उनलेभने।यसैबीच,गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम… पुरा पढौ

वन पैदावार समृद्धिको आधार बन्नु पर्नेमा जोड

गण्डकी, १० कात्तिक वन प्रदावारलाई समृद्धिको आधार बनाउनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर महासंघद्धारा आयोजित क्षेमता अभिबृद्धि कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन । स्वदेशी काठको प्रयोग गर्दै विदेशी काठलाई विस्थापित गर्नुपर्ने बताउँदै बक्ताहरुले वन पैदावार उपयोगमा देखिएका नीतिगत समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याए ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो कार्यक्रमको उद्घाटन गर्दै जिव र जगतसंग जोडिएको वनको संरक्षणसंगै… पुरा पढौ

अञ्जनको उत्कृष्ट बलिङले राइजिङ फाइनलमा

पोखरा १०, कार्तिक राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । १०३ रनको विजयी लक्ष्य पाएको राइजिङले २४.३ ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो । राइजिङका लागि ओपनर अनिल गुरुङले ४६ रन बनाउदै नटआउट रहे । उनले ६७ बलमा ६ चौका समेत प्रहार गरे… पुरा पढौ

पोखरामा सोमबार देखि आठौं संस्करणको गोदावारी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशिक पुष्प मेला हुने

दीननाथ बराल, पोखरा १०, कार्तिक, आठौं संस्करणको गोदावारी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ यही कार्तिक १२ गते (सोमबार) देखि पोखरामा हुने भएको छ । फ्लोरिकल् एशोसिएसन नेपाल जिल्ला समिति (फ्यान) कास्कीको आयोजनामाा यही कार्तिक १२ देखि १६ गतेसम्म पोखरा प्रर्दशनी केन्द्रमा उक्त मेला हुने भएको आज (शनिबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यस प्रदर्शनीमा व्यवसायीक स्टल २० वटा कृषि सामग्री स्टल २ वटा र सूचना मूलक १ वटा गरि जम्मा २३ वटा… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा सम्पन्न

पोखरा, १० कात्र्तिक, जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । प्रमुख अतिथि एवम् क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनले जनप्रियको शैक्षिक पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शितलता दिएकाले लोकप्रिय भएको बताए । तुलाचनले ३३ वर्ष सामुदायिक शिक्षामा निरन्तरता दिएको क्याम्पस अकबरी सुन जस्तै मूल्यवान भएकोले आवश्यक परेको खण्डमा क्याम्पसलाई सहयोग गर्न प्रतिवद्ध रहेको जनाए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरन्द्रनारायाण विजुक्छेले क्याम्पसलाई मानित विश्वविद्यालय उन्मुख बनाउन नीतिगत, भौतिक र शैक्षिक सुधार गरेको जानकारी दिँदै… पुरा पढौ

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड

पोखरा, १० कात्तिक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा शुक्रबार पोखरामा आयोजित रोयल्टी बाँडफाँडको बर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकन सम्बन्धी अन्तरक्रिया तथा छलफलमा रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड दिइएको छ ।कार्यक्रममा रोयल्टी बाँडफाँड समन्यायिक हुनुपर्नेमा त्यो हुन नसकेको बताउँदै वक्ताहरूले बर्तमान अवस्थामा रोयल्टी वितरणमा असमानता देखिएको धारणा राख्नुुभयो । कार्यक्रमका अध्यक्ष एवम् राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगका सदस्य डा.जुुद्धबहादुर गुरुङले प्राकृतिक स्रोतको विद्यमान प्रतिशत निर्धारणको पुनरावलोकनका साथै आधारहरू तय गर्ने सन्दर्भमा सम्बद्ध पक्षहरूसँग छलफल एवम् अन्तरक्रिया बढाइएको बताउनुुभयो… पुरा पढौ

लम्सालको अध्यक्षतामा एगाको नयाँ कार्यसमिति निर्वाचित

पोखरा, १० कात्तिक इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको २१ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले गोकर्ण लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । एगाको शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा गीता ढकाल पौडेल, सचिवमा माया सुवेदी, सह सचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा सुशिल ढकाललाई निर्वाचित गरेको छ । समितिका सदस्यहरूमा रामकृष्ण तिमल्सिना, रमेश सुवेदी, नारायण पाण्डे, होमराज भण्डारी र सुन्ती पूर्जा रहनुुभएको छ । अधिवेशनका लागि पूर्व अध्यक्ष कृष्णकुुमार श्रेष्ठको संयोजकत्वमा पूर्व अध्यक्षद्वय चिरञ्जिवी पोखरेल र जीवनाथ गौतम रहनुुभएको… पुरा पढौ

आकस्मिक रक्तदान कार्यक्रममा २५१ यूनिट रगत संकलन

पोखरा, कात्तिक १०, एभरेस्ट एफएम ९३ मेगाहर्ज पोखराले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमबाट २५१ यूनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रममा २०३ जना पुरुष र ४८ जना महिला गरेर कुल २५१ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, तमु धिँ नेपाल, तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफन्ट गण्डकी, सिटिजन… पुरा पढौ