जिवनशैली पत्रिका

पोखरामा रगतको अभाव शनिबार आकस्मिक रक्तदान हुने

पोखरा, कात्तिक ७, पोखरामा रगतको अभाव भएपछि एभरेस्ट एफएमले आगामी शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म चल्ने एफएमले जनाएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गर्न… पुरा पढौ

क्लब स्तरीय एक दिवसिय क्रिकेट पोखरामा जारी,ः सांग्रिलालाई हराउँदै पोखरा सेमीफाइनलमा

पोखरा ७ कात्तिक, गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को समुहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि… पुरा पढौ

धावक अर्जुन गोदारले काठमाण्डौं देखि पोखरासम्म २ सय कि.मी.दौड पुरा गर्नुभयो (भिडियो) सहित, पोखरा रंगशालामा भव्य स्वागत

दीननाथ बराल,पोखरा ७, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार साँढे दुई दिनमा काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटर दुरी दौडेर पूरा गर्नु भएको छ । काठमाडौँको दशरथ रंगशाला देखि सोमबार देखि सुरु भएको उक्त दौड आज (बुधबार) दिउँसो करिब २ः०० बजे उहाँले उक्त दुरी पार गर्नु भएको हो । धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले भव्य स्वागत गर्नु भएको छ । पोखरा रंगशालामा… पुरा पढौ

यू–१९ राष्ट्रिय क्रिकेटमा गण्डकीका अर्जुन कुमालको कप्तानीमा १४ सदस्यीय टोलि घोषणा

पोखरा ६, कार्तिक नेपाल क्रीकेट संघ को आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता को लागी गण्डकी स्टार खेलाडी अर्जुन कुमालको कप्तानीमा १४ सदस्यीय टोलि को घोषणा भएको छ । यहि कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यिय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी अ १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् र नेपाल ए बाट समेत नेपाल को प्रतिनिधित्व गरेका छन। टोलि को छनौट का लागि गत असोज ७ गते… पुरा पढौ

धावक अर्जुन गोदार काठमाण्डौंबाट १५० कि.मी. दौडेर दमौली आइपुग्नु भयो, भोलि पोखरा आउने

दीननाथ बराल,पोखरा ६, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार आज दमौली आइपुग्नु भएको छ । सोमबार बिहान देखि काठमाण्डौंबाट दौडन सुरु गर्नु भएको उहाँले दोश्रो दिनमा मंगलबार मजिमटारदेखि दमौलीसम्मको ७४ किलोमिटर दौड पूरा गर्नु भएको हो । काठमाडौँको दशरथ रंगशाला देखि सुरु भएको उक्त दौड पहिलो दिनमा मजिमटारसम्म करिब ८६ किलोमिटर, दोश्रो दिनको ७४ सहित को दुरी एकै दिनमा पार गर्नु भएको हो ।… पुरा पढौ

नेपाल प्रहरीको पोखरामा निर्माण हुदै गरेको पेट्रोल पम्प निर्माण कार्य अगाडि नबढाउन उच्च अदालत पोखराको अन्तरिम आदेश

दीननाथ बराल,पोखरा ६, कार्तिक, सरकारी कार्यालय तथा मानब बस्ती क्षेत्रमा नेपाल प्रहरीले पोखरामा निमार्ण गर्न सुरु गरेको पेट्रोल पम्प निर्माण कार्य अगाडि नबढाउन उच्च अदालत पोखराको अन्तरिम आदेश दिएको छ । पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयसंगै जोडिएको स्थानमा प्रहरीले अति नै प्रज्वलनशिल पेट्रोलियम पदार्थ जोखिम पूर्ण क्षेत्रमा बिक्रि वितरण गर्ने उद्धेश्यले पेट्रोल पम्म नै खोल्न तयारी गरेकोले त्यसको बिरुद्ध पोखराको नागरिक समाजले उच्च अदालतले रिट दायर गरेसंगै अदालतले हाल अन्तरिम आदेश दिदै तत्काल रोक्न आदेश दिएको हो । अदालतले सुविधा… पुरा पढौ

पूर्वाधार निर्माणको कौशल व्यवहारमा देखियोस ः मन्त्री केसी

पोखरा, ६ कात्तिक, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस्सा खर्च गरिरहेको जनाउँदै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनै पर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश पूर्वाधार विकास निर्देशानालयको आयोजना र स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम इकाइको व्यवस्थापनमा भएको पाँच दिने तालिम मंगलबार सुरु गर्दै उनले यस्तो धारणा राखेका हुन् ।तालिममा गण्डकी प्रदेशका विभिन्न कार्यालयका प्राविधिकहरुलाई मोटरेबल पुल निर्माणबारे विभिन्न विषयमा ज्ञान दिइनेछ… पुरा पढौ

आकस्मिक खुल्ला रक्तदानमा ८८ युनिट रगत संकलन

गण्डकी, ६ कात्तिक, नेपाल रेडक्रस सोसाईटी पोखरा १७ उपशाखा र डेभिजफल युवा क्लवकोद्धारा संयुक्तरुपमा छोरेपाटनमा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ । बढ्दो डेङगु रोगको प्रकोपको कारण रगतको माग बढ्नु र चार्डपर्वमा रगत संकलन कम हुँदा पोखरामा यतिखेर रगतको अभाव हुँदै गएपछि नेपाल रेडक्रस सोसाईटी कास्कीको आव्हानमा अपरझट रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा पौडेलले पहिलो रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै कास्की जिल्लामा बार्षिक ४० हजार… पुरा पढौ

एक दिवसीय क्रिकेट ः अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

पोखरा ६ कार्तिक पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट क्लब बाहिरिएको छ । मंगलबार अरण्यज्योती क्रीकेट क्लबसंग ७६ रनको हार व्यहोरेसंगै गण्डकी अंक विहिनहुँदै समूह चरणबाटै बाहिरिएको हो ।कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिप २०८१’ को समूह सि तर्फको खेलमा १३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो । गण्डकीका लागि ओपनर सिद्धान्त गिरिले २२ रन र अजय रामले १९… पुरा पढौ

नेपाल समाजबादीको पोखरामा विधान अधिवेशन सुरु, अन्य पार्टीको भन्दा बिशिष्ठ विधान हुने अध्यक्ष डा. भट्टराईको दाबी

दीननाथ बराल, पोखरा ५, कार्तिक, पर्यटनको राजधानि पोखरामा आज देखि नेपाल समाजबादी पार्टीको बिधान अधिवेन सुरु भएको छ । पोखरा सभागृहमा सुरु भएको उक्त अधिवेशनमा देशभरबाट ४ सय भन्दा बढी प्रतिनिधिहरु सहभागि हुनु भएको समाजबादी पार्टीले जनाएको छ । वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र वैचारिक आधार, वैकल्पिक शक्तिको मूल वैचारिक–राजनीतिक प्रतिवद्धता, वैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र प्रतिवद्धताहरु, आर्थिक विकास तथा समृद्धिको अवधारणा, लक्ष्य र नीतिहरु, लोकतन्त्रको समृद्धीकरण, सुशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ वैकल्पिक शक्ति निर्माण र समुन्नत… पुरा पढौ