जिवनशैली पत्रिका

पोखरा–२३ मा महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम

पोखरा, २९ मंसिर, पोखरा महानगरपालिका वडानम्बर २३ र्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा सुरु भएको कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्याटन गरे । चापाकोट पर्यटन समितिले विगत वर्ष देखिनै कार्यक्रम आयोजना गरेर यस क्षेत्रको प्रचार प्रसारमा काम गरेको आचार्यले बताए । फेवाको उत्तर तर्फको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको आचार्यले बताए ।महिला भलिबलले पछिल्ला दिनमा राम्रो प्रदर्शन गरिहेको बताउदै आचार्यले महिला… पुरा पढौ

१४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड च्याम्पियन

पोखरा, २९ मंसीर, नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ । कास्की मोडनाइज्ड एकेडेमीले १ सय ७५ अंकका साथ च्याम्पियन वनेको हो । यस वर्ष बाट शुरु भएको रनिङ शिल्ड कास्की मोडनाइज्डले हाता पारेको हो । चाँदी जडित १ लाख २५ हजारमा बनेको रनिङ शिल्ड कास्की मोडनाइज्ड एकेडेमीलाई प्रदान गरिएको हो । त्यसैगरी त्रिवेणी पब्लिक १ सय ५८ अंकका साथ द्धितीय भयो भने सिद्धार्थ लवडेल बोर्डिङ स्कुल १ सय १२… पुरा पढौ

पत्रकार महासंघ कास्कीको अध्यक्षमा चौतारी, यूनियन प्यानलका बराल ९ मत अन्तरले बिजयी

दीननाथ बराल,पोखरा २९, मंसिर, नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारी प्यानलका माधव बराल निर्वाचित हुनु भएको छ । आज (शनिबार) बिहान सम्पन्न भएको मतगणनाबाट बरालले प्रेस सेन्टर नेपाल र समाजबादी प्रेस संगठनका साझा उम्मेदवार राजेन्द्र अधिकारीलाई ९ मतको झिनो अन्तरले पराजित गर्दै जिर्वाचित हुनु भएको हो । अगामी ३ बर्षीय कार्यकालको निर्वाचित हुनु भएको अध्यक्ष बरालले १०५ मत ल्याउदा अधिकारीले भने ९६ मत ल्याउनु भएको थियो । कास्की शाखामा २ सय २० मतदाता (पत्रकार) भए… पुरा पढौ

१३ औं पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स

पोखरा २८, मंसिर १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स प्रालि रहने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवलाई साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.ले महोत्सवको सह प्रायोजकको रुपमा रहेर सहयोग गर्ने भएको छ । साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि. ले पोखरामा रहेर घर, भवन, सडक, पुलहरु निर्माण संगै नक्सा डिजाइन सम्बन्धी काम गर्दै आइरहेका छ । साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.का प्रोपाइटर… पुरा पढौ

पश्चिमाञ्चल माविमा प्रतिभा प्रस्फुटन कार्यक्रम

पोखरा, मंसिर २८, पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार विभिन्न कार्यक्रम गरेको छ । उक्त अवसरमा रक्तदान र प्रतिभा प्रस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । शुक्रबार भएको रक्तदानमा ४१ यूनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि रेडक्रस कास्कीका अध्यक्ष दण्डराज शर्मा पौडेलले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका थिए । त्यसैगरि विद्यालयले उक्त अवसरमा प्रतिभा प्रस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो ।… पुरा पढौ

आइटिएफ जे३० पोखरा टेनिस ः आरव र शिवाली सिंगल्सतर्फको फाइनलमा

पोखरा २८, मंसिर, जे३० पोखरा आइटिएफ वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ आरव सम्राट हाडा र शिवाली गुरुङले फाइनलमा स्थान बनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको पाँचौ दिन आफ्नो उत्कृष्ट लयलाई कायम गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । नेपाली खेलाडीहरुले होम ग्राउण्डमा विश्वस्तरीय खेल प्रदर्शन गर्दै जितको लयलाई कायम मात्रै गरेनन् उनीहरु उपाधि होडमा समेत स्थान पक्का गरे । ब्वाइज सिंगल्सतर्फ वरियतामा नं ३ समेत रहेका आरव सम्राट हाडाले अस्ट्रेलियाका उदाउँदा खेलाडी प्रतिक नविनलाई… पुरा पढौ

पर्वतीय महोत्सव सकियो

पोखरा, २७ मंसिर, नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ । ५ दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ । बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे । समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबिच घनिभूत सम्बन्ध भएको औंल्याए । उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवर्धनमा सरकारले सघाउने वाचासमेत गरे । ‘यो पोखरा र गण्डकी प्रदेशकै… पुरा पढौ

१४ औं एन प्याव्सन स्पोर्टस् मिटको जारी

पोखरा २७ मंसीर, नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ । १०० मि. छात्र जुनियर तर्फ कास्की मोडनाइज्ड एकेडेमीका युनिश घले प्रथम, अक्सफोर्ड स्कुलका युवराज गुरुङ द्धितीय र एल पि देवकोटा मेमोरियलका मिलन थापा तृतीय भए । १०० मि. छात्रा जुनियर तर्फ चिल्ड्रेन्स एकेडेमीकी समिक्षा थापा प्रथम, हेम्जा वोर्डिङ स्कुलकी पुर्निमा कुँवर द्धितीय र कास्की मोडनाइज्ड एकेडेमीकी निरुशा गुरुङ तृतीय भए । १०० मि. छात्र सिनियर तर्फ कास्की मोडनाइज्डका श्रवण गुरुङ प्रथम, सिद्धिविनायक… पुरा पढौ

आर्दश कपमा शसस्त्र विजयी, उपाधीका लागी कास्कीसँग भिड्ने

लेखनाथ, २७ मंसिर, सस्त्र प्रहरी बल गण्डकी प्रदेश कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा विहिवार भएको खेलमा सशस्त्र प्रहरीले गोर्खा फुटवल क्लबलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । सशस्त्रका सुजन तामाङले खेलको ७१औं मिनेटमा गरेको गोल नै जितको लागी निर्णायक बन्यो । गोल फर्काउन गोर्खाले गरेका थुप्रै प्रयासहरु असफल भएका थिए । खेलमा सशस्त्रका गोल रक्षक अजित कुमार बिक म्यान अफ दि म्याच बने ।… पुरा पढौ

कृृषि मन्त्री श्रेष्ठको एक सय दिन ःकृषि प्रवर्धन कार्यक्रम देखि ऐन नीति निर्माण तथा संशोधनसम्म

पोखरा २७ मंसिर, गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले एक सय दिनको कार्य प्रगति सार्वजनिक गरेकी छिन् । बिहिवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् । उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य गर्दै आएको बताइन् । ‘हामी बजेट कार्यान्वयनका चरणमा छौँ । विनियोजित बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नु नै… पुरा पढौ