जिवनशैली पत्रिका

पोखरामा पनि जनैपूर्णिमा पर्व मनाइयो, रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह २०८१ सम्पन्न

दीननाथ बराल,पोखरा ३, भदौं, पवित्रता, स्नेह, शान्ति तथा अवगुणहरुबाट रक्षाको प्रतीक पावन पर्व रक्षाबन्धनको शुभ अवसरमा आयोजित रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह ओम् शान्ति भवन क्षेत्रीय कार्यालय पोखरा नयाँबजारमा सम्पन्न भएको छ । ब्रह्माकुमारी ई।वि।वि। नेपालका निर्देशक बालब्रह्माचारिणी राजयोगिनी ब्रह्माकुमारी परनीता दिदीबाट रक्षासूत्र ग्रहण गराइएको उक्त समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट सहित अन्य सहभागि हुनु भएको थियो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापा, रक्षासूत्र ग्रहण गर्नको लागि पोखरा महानगरपालिकाका उप… पुरा पढौ

श्री भगवतीटार आमा समुहको अध्यक्षमा कुमारी गुरुङ

पोखरा महानगरपालिका वडा नं १५ द्वारेखरबारी स्थित श्रीभगवतीटार आमा समुहको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समुहको उपाध्यक्षमा कान्ति गुरुङ, सचीवमा सिता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सदस्यहरुमा सुकुमी गुरुङ, पार्वती कार्की, विष्णु गुरुङ र पुष्पा गुरुङ सर्वसम्मत चयन गरिएको छ । अधिबेशनका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले उद्घाटन गर्दै आमा समुहले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै वडाबाट हुने तथा… पुरा पढौ

‘थ्रि मेन ए साइड’ पुरुष भलिबलमा हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियनसञ्जु बने सर्वाेत्कृष्ट

पोखरा, ३ भदौ, पोखरा महानगरपालिका ६ हल्लनचोक सम्पन्न ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगितामा आयोजक हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन बनेको छ । हल्लनचोक भलिबल कोर्टमा आज भएको फाइनल खेलमा युके लण्डन टिमलाई २१¬–१० र २१–१८ को सोझो सेटमा हराउँदै आयोजक टिम ‘ए’ च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै हल्लनचोक स्पोर्टस् क्लबले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको युके लण्डनले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । उक्त… पुरा पढौ

कास्कीमा स्वरुप परिवर्तन गरेका २०३५ मोटरसाइकल कारवाहीमा

दीननाथ बराल, पोखरा २, भदौं, कास्कीमा स्वरुप परिवर्तन(मोडिफाई) गरेका २ हजार ३५ वटा मोटरसाइकल तथा स्कुटर कार्वाहीमा परेका छन्। गत असोज २१ गते देखि स्वरूप परिवर्तन गरेका मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरी उक्त अभियान सुरु गरेसंगै चालु आथिक बर्षको भदौं २ गतेसम्म हेर्दा २ हजार ३५ वटा मोटरसाइकल तथा स्कुटर कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो । उक्त सङख्यामा मोटरसाइकल तथा स्कुटर कार्वाहीमा पर्दा २९ लाख ८ सय रुपैया जरिवाना… पुरा पढौ

पोखरामा पर्यटकको तथ्याङक संकलन गर्ने तयारी, टानद्धारा पोखरामा पथ प्रर्दशकलाई तालिम

दीननाथ बराल, पोखरा २, भदौ, पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको तथ्याङक संकलन गरिने भएको छ । पोखरा महानगरपालिकाले सडक मार्ग हुदै पोखरा आउने पयटकहरुको तथ्याङक संकलन गर्ने अन्तिम तयारीमा रहेको पोखराका मेयर धनराज आचार्यले आइतबार एक कार्यक्रममा बताउनु भयो । पर्यटनको राजधानि घोषणा भएको पोखरामा पर्यटनको बृहत बिकास गर्न पनि पहिला तथ्याङक आवश्यक भएकोले त्यसको खोजिमा आफुहरु लागेको उहाँको भनाई थियो । पोखरा आउने पर्यटकहरुको हालसम्म कुनै निकायले पनि यथार्थ विवरण संकलन नगरेकोले केही समय पश्चात पोखरा आउने पर्यटकहरुको… पुरा पढौ

पब्लिक फोरके टेलिभिजनले तीज विशेष कार्यक्रम गर्ने

पोखरा २, भदौं, पोखराबाट प्रशारण हुने पब्लिक फोरके टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । टेलिभिजनमा नियमित रुपमा पब्लिक लाईभ दाहोरीसमेत सुरुआत गर्ने गरी भदौं ७ गतेदेखि तीज विशेष कार्यक्रम गर्न लागेको हो । कार्यक्रम भदौं ७ गतेदेखि हरेक दिन दिउँसो २ बजेको समाचारपछि तिज विशेष लाइभ दोहोरी तथा मौलिक तिजे भाकाहरुको प्रशारण हुनेछ । सोही कार्यक्रमको पुनः प्रशारण राती ९ बजेपछि हुनेछ । अश्लिल र छाडा बन्दै गएको तीजमा मौलिक तीज भाकाहरु पस्कन तीज विशेष… पुरा पढौ

मगर भाषा र संस्कृति अध्ययन भ्रमण गर्न चित्रे पुग्यो मिस मगर नेपालको टोली

पोखरा २, भदौं, मगर जातिको भाषा, धर्म तथा कला संस्कृति सम्बन्धि अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे पुगेका छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालीको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुने मिस मगर समुदायको भाषा, तथा संस्कृति सम्बन्धि अध्ययन तथा अनुसन्धानका लागि स्याङ्जाको चित्रेमा कार्यक्रम आयोजना गरिएको हो । ग्राण्ड फिनालेका लागि छनोट भएका ११ जना प्रतिस्पर्धीसहित पोखराबाट मगर समुदायको भाषा, कला, संस्कृतिको अध्ययनको लागि स्याङ्जाको चित्रेमा शुक्रबार र शनिबार अध्ययन… पुरा पढौ

पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्ने सरकारको निर्णय प्रति पोखराका पर्यटन व्यवसायी उत्साहि

दीननाथ बराल, पोखरा २, भदौ, पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्न सरकारले गरेको निर्णय कार्यान्वयन गर्न पोखराका पर्यटन व्यवसायीले माग गर्नु भएको छ । करिब दुई बर्ष अघि पोखरामा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित उडान हुन नसक्दा आफुहरुमा निरासा भएको अबस्थामा नयाँ सरकारले पोखरा विमानस्थल संचालन गर्ने निर्णय गरेकोले उक्त निर्णय यथा सक्दो छिटो कार्यान्वयन गर्न पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको हो । पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले आइतार पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी… पुरा पढौ

पोखरा महानगरको अनुगमन २ लाख ५५ हजार जरिवाना, २१९ केजी माछा र १५ केजी मासुु नष्ट

पोखरा, भदौ २ गते पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि,मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुुज जन्य तथा खाद्यय सामग्री बिक्री वितरण भैरहेको जनगुुनासो आएपछि अनुुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुुनासो आएपछि पहिलो चरणमा माछा र मासुुमा अनुुगमन सुरु गरिएको हो । महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासुु पसलमा अनुुगमन गरेको हो । अनुुगमनका क्रममा कुहिएर खाना योग्य… पुरा पढौ

लगानी विस्तार गर्दै अंशुभरा, लेकसाइडमा “३१ एभिन्यु” आउँदै

पोखरा २, भदौं, अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुने छ । ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको… पुरा पढौ