जिवनशैली पत्रिका

हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, २८ चैत, १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ । हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले… पुरा पढौ

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

पोखरा महानगरपालिका वार्ड नं। १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भई रहेको छ । यसै विच २०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् । बालविदूषी अनुराधा पाण्डेयले… पुरा पढौ

केपी ओली कप क्रिकेट ः गण्डकी हिरोज र हिमालयनको जित

पोखरामा जारी केपी ओली कप टी२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता जारी रहँदा समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौ दिनमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको छ । १०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारि खेले । उनले ४३ बलमा ७ चौका र २ छक्का… पुरा पढौ

आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

पोखरा, २७ चैत १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो। महोत्सवको चौथो दिन आज बुधबार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सवका अन्य दिनको तुलनामा बढी हो । हालसम्म ३५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव हिक्मत थापा जानकारी दिए। महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ«े गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु… पुरा पढौ

पोखरामा राष्ट्रिय खुल्ला एथ्लेटिक्स प्रतियोगिता हुने, ७ प्रदेश सहित ३ विभागियका खेलाडी सहभागि हुने

पोखरा, जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । एथलेटिक्स खेलाडीहरुको खेल स्तर र उन्नतिका लागि नियमित प्रशिक्षण संगै जिल्ला स्तरिय प्रतियोगिताहरु सञ्चालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको एथलेटिक्स संघले आगामी चैत्र २९ र ३० गते पोखरामा पोखरा ओपन एथलेटिक्स मीट २०२५ को आयोजना गर्न लागेको संघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो । पत्रकार सम्मेलनमा वोल्दै जिल्ला एथलेटिक्स संघ कास्कीका अध्यक्ष गज बहादुर गुरुङले आगामी चैत्र २९ र ३० गते… पुरा पढौ

पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तर बिद्यालय स्तरिय व्याण्डमिन्टन प्रतियोगिता सुरु, बिल बहादुरको शालिक अनावरण

दीननाथ बराल,पोखरा २७, चैत, पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तरबिद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता २०८१ सुरु भएको छ । बिल्स फाउण्डेसनको आयोजनामा फिट नेपाल स्पोट्र्स प्लेक्सको नयाँ कभर्ड हलमा उक्त प्रतियोगिता आज (बुधबार) देखि सुरु भएको हो । यही चैत ३० गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले दिप प्रज्वलन गर्दै गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले बिल्स फाउण्डेसनले खेलकुदको क्षेत्रमा नयाँ कार्यप्ररम्भ गरेकोमा प्रशंसा गर्दै ओलम्पिकसम्मको यात्रामा खेलाडीहरुलाई लैजाने सपना पूरा गर्न राज्यले समेत सहयोग गर्नुपर्नेमा जोड… पुरा पढौ

कुमुदिनी होम्समा प्रथम एस.ई.ई.कप जारी

पोखरा ४, चैत, पोखराको कुमुदिनी होम्समा प्रथम एस ई ई कप २०८१ बुधबार पनि जारी रहेको छ । एस.ई.ई.दिएर बसेका विभिन्न जिल्लाका विद्यालयका विद्यार्थीहरु बीच विभिन्न इभेण्टका खेलहरु बुधबार जारी रहेको बिद्यालयले जनाएको छ । बुधवार सम्पन्न फुटसलमा अमरसिंह मा. वि. पञ्चमुनि मा. वि.(ए) तनहुँ , राष्ट्रिय मा.वि., कास्की मोडनाइज्ड, विन्ध्यवासिनी मा.वि.(बाटुलेचौर), छोरेपाटन मा.वि., शान्तिदीप मा.वि. जनप्रकाश मा. वि. (बि), जनप्रिय, प्रतिभा, बालोदय, स्टेप वाइ स्टेप, बालकल्याण , महेन्द्र , अमरसिद्धि मा. वि.,वोइस्ट पोइन्ट मा. वि.(बेनी), प्रगति (बि) अल्फा बोर्डिङ… पुरा पढौ

पोखराका होटल प्रतिनिधिहरुलाई डिजिटल मार्केटिङ्ग तथा पर्यटक सेवा अभिवृद्धि तालिम प्रदान

दीननाथ बराल,पोखरा २७, चैत, पोखराका होटल प्रतिनिधिहरुलाई डिजिटल मार्केटिङ्ग तथा पर्यटक सेवा अभिवृद्धि तालिम प्रदान गरिएको छ । होटल प्रतिनिधि समाज, पोखराको आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रबद्र्धनमा पोखरामा दुई दिने उक्त तालिम होटलका प्रतिनिधिहरुलाई प्रदान गरिएको समाजका अध्यक्ष माधव लम्सालले बताउनु भयो । पोखरामा आउने पर्यटकहरुलाई सहजरुपमा गन्तव्यसम्म जानको लागि आवश्यक समन्वय गर्दै आउनु भएको होटल प्रतिनिधिहरुलाई थप प्रभावकारी बनाउन उक्त तालिम प्रदान गरिएको उहाँले बताउनु भयो । उक्त तालिममा ६० जनाको सहभागिता रहेको अध्यक्ष लम्सालले पोखराक्लिकलाई जनाउनु… पुरा पढौ

फेवा महोत्सवमा दर्शक उपस्थिति भव्य रहने

पोखरा, २७ चैत, होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे विचको सडकमा महोत्सव आयोजना हुने छ । महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको हालै सम्पन्न बैठकमा संघ अन्तर्गतका सदस्य, प्रतिष्ठानका कर्मचारीहरु र आमा समूह तथा पर्यटकीय संघसंस्थाका व्यक्तित्वहरु संलग्न विशाल र्याली निकाली महोत्सवको उद्घाटन गरिने विषयमा चर्चा गरिएको… पुरा पढौ

छेन्दु पोखरा अन्तराष्ट्रिय उडान गर्न केही समय व्यवसयाीहरुले लगानी गर्न मेयर आचार्यको सुझाव

दीननाथ बराल, पोखरा २६, चैत, पोखरा देखि चिनको छेन्दु सिधा हवाई उडानको हाल व्यवसायिक चार्टर्ड उडाई जारी रहेकोले यसलाई दिगो रुपमा संचालन गर्न धेरै नेपालीहरु रहेका देशहरुको ट्रान्जिट प्वाइट समेत छेन्दु अन्तराष्ट्रिय विमानस्थललाई बनाउन पोखरेलीहरुले माग गर्नु भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा सहभागि पर्यटन व्यवसायीहरुले पोखरा देखि चिनको छेन्दुमा अन्तराष्ट्रिय ट्रान्जिट प्वाइट बनाउन सके दिगो रुपमा उक्त रुटमा पर्यटक ओहोर दोहोर हुने दाबी गर्नु भएको हो… पुरा पढौ