तनहुँ

सामाजिक विकास कार्यालय तनहुँको भवन उद्घाटन, सेवा प्रवाह चुस्तदुरुस्त बनाई मन्त्री थापाको निर्देशन

पोखरा १४, पुष, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले कार्यालयमा सेवा… पुरा पढौ

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व

दीननाथ बराल,पोखरा २९, मंसिर, नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व रहेको छ । शुक्रबार सम्पन्न भएको महासंघको अधिवेशनले गण्डकी प्रदेशका अधिकांश जिल्लामा प्रेस युनियन र प्रेस चौतारी प्यानलको वर्चश्व रहेको छ । यसैबिच, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन। प्रेस यूनियन र प्रेस चौतारी प्यानलबाट निर्वाचित पौडेलले २ सय २३ मत अन्तरले समाजबादी प्रेस संगठन र प्रेस सेन्टरका साझा उम्मेदवार गोविन्द सुवेदीलाई पछि पार्दै विजयी भएका हुन् । शुक्रबार भएको निर्वाचनको… पुरा पढौ

पोखरामा जारी अन्नपूर्ण अध्यक्ष कप बास्केटवल प्रतियोगितामा लिगचरणका खेलहरु सम्पन्न

पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणको खेल सकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज लिगचरणको खेल सकिएसँगै क्वाटरफाइनरको समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । आज भएको पहिलो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)ले लमजुङको बेशीशहर नगरपालिकालाई ४१–२८ ले पराजित गदैं क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ५८–४६ ले पराजित ग¥यो ।… पुरा पढौ

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा

पोखरा १८, भदौं, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । “हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका… पुरा पढौ

तनहुँमा बस दुर्घटना हुँदा २७ जनाको ज्यान गयो, १६ जना घाइते

तनहुँ, ७, भदौं, तनहुँको आँबुखैरेनीस्थित ऐनापहिरा भन्ने ठाउँमा आज भएको बस दुर्घटनामा परी २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते हुनु भएको छ । पोखराबाट काठमाण्डौं तर्फ जादै गरेको उक्त बसमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरू मध्ये अधिकांशको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको तनहुँका प्रहरी प्रमुख विरेन्द्र शाहीले बताउनुभयो । वेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस दुर्घटनामा… पुरा पढौ

२२ दिनमा पोखरामा डेंगु संक्रमणबाट एक महिला सहित तीन जनाको मृत्यु

दीननाथ बराल,पोखरा १, भदौं, २२ दिनमा पोखरामा डेंगु संक्रमणबाट एक महिला सहित तीन जनाको मृत्यु भएको छ । गत साउनको १० देखि ३१ गते सम्म पोखराका विभिन्न अस्पतालमा उपचार हुदै गरेका डेंगु संक्रमणका एक महिला सहित ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ । पोखराको फिष्टेल हस्पिटलमा पोखरा ५, प्रस्र्याङ बस्ने ५२ बर्षकी एक महिलाको डेंगु शंक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यामनाथ बरालले बताउनु भयो । त्यसै गरी पोखरा १२ बस्ने ४० बर्षका… पुरा पढौ

४१ देशका पर्यटक पोखरा सहित गण्डकी प्रदेशमा, दैनिक ७ हजार खर्च गर्ने

दीननाथ बराल,पोखरा ११, साउन, पर्यटनको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा करिब ४१ देशका पर्यटकहरु सहज ढंगले आउने गरेका छन्। प्रदेशमा भित्रिएका पर्यटकहरु एउटा अध्ययन तथा सर्वेक्षणमा उक्त सङख्यामा पर्यटक आउने गरेको खुलेको हो । नेपालमा पर्यटकको बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशको हकमा १२ दिन हुने गरेको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको सर्वेक्षणमा उल्लेख छ । ४ सय पर्यटकहरुबाट सिएको नमुना परिक्षणको आधारमा उक्त रिपोर्ट तयार पारिएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयल निर्देशक विना ढकाल पौडेलले… पुरा पढौ

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका… पुरा पढौ

गण्डकीका खेलाडीहरु पुरस्कृत हुँदै, मनाङ र मुस्ताङका खेलाडीहरु पदक विहिन

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए । सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न… पुरा पढौ

प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकलाई जनही २० हजार सहित सम्मान

दीननाथ बराल,पोखरा २१, असार, गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकहरुलाई नगद २० हजार सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडी र प्रशिक्षकहरुलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच नगद सहित सम्मान गरेको हो । खेलाडीहरुलाई सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गर्दै आएको दाबी गर्नु भयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले… पुरा पढौ