पर्वत

रेग्मीको निधनप्रति मानवअधिकार पत्रकार संघ हुर्जाद्वारा शोक व्यक्त

मानवअधिकार पत्रकार संघ हुर्जाले वरिष्ठ ज्योतिष पत्रकार डा. बलराम उपाध्याय रेग्मी परिवारमा परेको मातृशोकमा समवेदना व्यक्त गरेको छ । खुर्कोट–४ पर्वत निवासी मनिकला उपाध्याय रेग्मीको यही पौष २६ गतेका दिन रात्री २.४५ बजे आफ्नै निवास पर्वतमा उच्च रक्तचापका कारण निधन भएको थियो । उहाँका ऋषि राम उपाध्याय रेग्मी, यदुनाथ उपाध्याय रेग्मी, मेघराज उपाध्याय, डा. बलराम उपाध्याय रेग्मी, केशवप्रसाद उपाध्याय रेग्मी र बिनोद रेग्मी गरी छ छोरा रहेका छन् । उमेरको ९३ वर्षमा चल्दै रहनु भएकी उहाँ छ छोराका साथै दुई… पुरा पढौ

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व

दीननाथ बराल,पोखरा २९, मंसिर, नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व रहेको छ । शुक्रबार सम्पन्न भएको महासंघको अधिवेशनले गण्डकी प्रदेशका अधिकांश जिल्लामा प्रेस युनियन र प्रेस चौतारी प्यानलको वर्चश्व रहेको छ । यसैबिच, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन। प्रेस यूनियन र प्रेस चौतारी प्यानलबाट निर्वाचित पौडेलले २ सय २३ मत अन्तरले समाजबादी प्रेस संगठन र प्रेस सेन्टरका साझा उम्मेदवार गोविन्द सुवेदीलाई पछि पार्दै विजयी भएका हुन् । शुक्रबार भएको निर्वाचनको… पुरा पढौ

भौतिक मन्त्री केसीले गरे मोटरेबल पुलको उद्घाटन, सम्झौताभन्दा सात महिनाअघि नै बन्यो पुल

पर्वत, २२ मंसिर, पर्वतको मोदी गाउँपालिकामा निर्माण सम्पन्नको सम्झौता मितिभन्दा सात महिनाअगाडि नै मोटरेबल पुलको निर्माण सकिएको छ । मोदी–६ स्थित लिदी खोलामा २ करोड ५३ लाख ३९ हजार रुपैयाँ लागतमा मोटरेबल पुल तयार भएको हो । पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै मन्त्री केसीले समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीको प्रशंसा गरे । जनताले तिरेको करको पैसा विकासमा सही तरिकाले सदुपयोग भएको भन्दै… पुरा पढौ

सहारा क्लवका मानार्थ सदस्य कार्कीबाट २ लाख सहयोग हस्तान्तरण, पत्रकारिता पुरकारबाट परशुराम पृरस्कृत

पोखरा ३०, भदौ पोखराको सहारा क्लवका मानार्थ सदस्य एवं अग्रज पत्रकार नारायण कार्कीले २ लाख १७ हजार ९ सय ७७ रुपैया रकम बराबरको चेक क्लवलाई हस्तान्तरण गर्नु भएको छ । केही समय अमेरीका पुग्नु भएको उहाँले क्लवको बारेमा जानकारी गरासंगै नेपाली मनहरुको सानो सहयोगबाट उक्त रकम संकलन भएको कार्कीले जनाउनु भयो । यसैबिच, यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिएको छ । क्लवको २३ औं साधारण सभा तथा सम्मान समारोहमा गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद… पुरा पढौ

४१ देशका पर्यटक पोखरा सहित गण्डकी प्रदेशमा, दैनिक ७ हजार खर्च गर्ने

दीननाथ बराल,पोखरा ११, साउन, पर्यटनको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा करिब ४१ देशका पर्यटकहरु सहज ढंगले आउने गरेका छन्। प्रदेशमा भित्रिएका पर्यटकहरु एउटा अध्ययन तथा सर्वेक्षणमा उक्त सङख्यामा पर्यटक आउने गरेको खुलेको हो । नेपालमा पर्यटकको बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशको हकमा १२ दिन हुने गरेको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको सर्वेक्षणमा उल्लेख छ । ४ सय पर्यटकहरुबाट सिएको नमुना परिक्षणको आधारमा उक्त रिपोर्ट तयार पारिएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयल निर्देशक विना ढकाल पौडेलले… पुरा पढौ

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका… पुरा पढौ

गण्डकीका खेलाडीहरु पुरस्कृत हुँदै, मनाङ र मुस्ताङका खेलाडीहरु पदक विहिन

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए । सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न… पुरा पढौ

प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकलाई जनही २० हजार सहित सम्मान

दीननाथ बराल,पोखरा २१, असार, गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकहरुलाई नगद २० हजार सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडी र प्रशिक्षकहरुलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच नगद सहित सम्मान गरेको हो । खेलाडीहरुलाई सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गर्दै आएको दाबी गर्नु भयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले… पुरा पढौ

गण्डकी प्रदेशको बजेट गत बर्ष भन्दा ४४ करोड ८७ लाखले कमी,भौतिक पूर्वाधारमा ३८.५ प्रतिशत बजेट

दीननाथ बराल , गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो । उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताए । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट… पुरा पढौ

पर्यटन र कृषिलाई प्रथामिकता दिदै गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ )

पोखरा २९, जेठ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुतः गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको हो । उहँले प्रस्तुतः गरेको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्रथामिकता दिएको पाइन्छ । बादर नियन्त्रण देखि बाझो खेतको प्रयोग हुदै पोखरा जाऔं प्रकृति र संस्सकृतिसंग रमाऔं घोषणा गरे अनुसार आवश्यक नीतिगत सुधार गर्ने भएको छ । उहाँले आजको सदनमा प्रस्तुतः गर्नु… पुरा पढौ