पर्वत

इन्द्रकलाको सातौं दिनको पुण्यतिथि

पोखरा, २० फागुन नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा ९ आयोजनामा इन्द्रकला पौडेलको सातौं दिनको पुण्यतिथिमा आइतबार शोकसभा सम्पन्न भएको छ । शोकसभामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले इन्द्रकला पौडेल धार्मिक एवं सामाजिक व्यक्तित्व रहेको स्मरण गरे । उनले स्व. पौडेलले देखाएको सत्मार्गका कारण सन्ततिको सुखशान्ति रहेको भन्दै प्रेरणाको स्रोत रहेको बताए । कांग्रेस वडा कार्यसमितिका कावा अध्यक्ष खडानन्द पौडेलको अध्यक्षतामा भएको शोकसभामा बोल्ने वक्ताले स्वर्गीय पौडेलको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे ।… पुरा पढौ

५ करोडको फिरौती माग्ने दुई जना पर्वतका युवा पोखरामा पक्राउ

दीननाथ बराल पोखरा २५, माघ पोखरामा ५ करोडको फिरौती माग्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । ५ करोड सहित ज्यान मार्ने धम्की दिनु भएको पर्वतका दुई जना युवालाई कास्की प्रहरीले आज सार्वजनिक समेत गरेको हो । फक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका २ खुर्कोट घरभाइ हाल पोखरा पोखरा ८ मा बस्दै आउनु भएको ३६ बर्षका लक्ष्मण दर्जी र उहाँका साथी कुश्मा नगरपालिका १४ आर्थर घर भई हाल पोखरा पोखरा ८ सिमलचौर बस्दै आउनु भएको ४२ बर्षीय दिपक बहादुर क्षेत्रीलाई… पुरा पढौ

गठबन्धनका ३ जना उमेदवार राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित

पोखरा, ११ माघ गण्डकी प्रदेशमा विहिबार सम्पन्न भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट गठबन्धनका ३ जना उम्मेदवार नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित हुने सदस्यहरुमा अपांगता र अल्पसंख्यकमा क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार (तनहुँ) निर्वाचित भए । उनले ३ हजार ७ सय ७४ मतभार प्राप्त गरे । उनले स्थानीय तहतर्फ १ सय १ र प्रदेशसभातर्फ ३५ जनाले मत गरेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना… पुरा पढौ

पर्वतको लेप्रेमा लाटोकोसेरो तथा हुचील उत्सव हुने

पोखरा, १० माघ पर्वत जिल्लाको जलजला गाँउपालिका—५ लेखफाँट लेप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८० हुने भएको छ ।प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत विद्यालयमा परिसरमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपालका हरेक ठाँउमा उत्सव गर्दै आएको यो उत्सव ११ औ संस्करण रहेको छ । यस अघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलाली जिल्लामा यो उत्सव सम्पन्न भएको प्रकृतिका साथीहरुका… पुरा पढौ

पोखरामा एक करोड मुल्य बराबरको कन्दमुलको कारोवार

दीननाथ बराल पोखरा २९, पुष, गण्डकी प्रदेशको राजधानि पोखरामा यस बर्षको माघे संक्रान्तिको अवसरमा करिब एक करोड मुल्य बराबरको कन्दमुलको कारोवार हुने भएको छ । मकर संक्रान्तिको अवसरमा पोखरामा यस बर्ष करिब एक करोड मुल्य बराबरको तरुल सहित कन्दमूलको कारोबार हुने अपेक्षा गरिएको व्यवसायीहरु बताउनु हुन्छ । पोखरामा प्रति केजी ५० देखि ३ सय रुपैयासम्ममा तरुल सहित कन्दमुलको बिक्रि वितरण भएको छ । कृषि उपज बजार व्यवस्थापन समितिले पोखरा ९ शान्ति वनवाटिकामा हरेक महिनाको अन्तिम शनिबार पुष २८ गते परेर… पुरा पढौ

संविधानको रक्षासँगै मुलुकको समृद्धि गठबन्धनको उद्देश्य

पोखरा, २९ पुस सत्तापक्षीय गठबन्धनका नेताहरूले संविधानको रक्षासँगै मुलुकको समृद्धि नै गठबन्धनको मुख्य उद्देश्य भएको बताउनुुभएको छ ।राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशका तर्फबाट आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले गठबन्धन मुलुकको आवश्यकता भएको बताउनुभयो । सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर परियार(तनहुँ) एवम् नेकपा माओवादी केन्द्रबाट मनरुपा शर्मा (पर्वत) लाई उम्मेदवारका रुपमा अघि सारिएको छ । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली जनताको बलिदानीपूर्ण… पुरा पढौ

प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा पाठक

पोखरा २३, पुष गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा बैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा प्रदिप बगाले ९स्याङजा०, पार्वती विक ९नवलपुर०, अधिप पाण्डे ९तनहुँ०, मोहन गुरुङ ९कास्की०, तिलक बहादुर अधिकारी ९कास्की०, कृष्ण सिंह बस्नेत ९ गोरखा०… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० गतेबाट

पोखरा २२, पुष गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो । प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारीएको सदस्य सचिव… पुरा पढौ

पृथ्बी राजमार्ग बसको अग्रिम टिकट घरमै बसेर बुकिङ गर्न सकिने

दीननाथ बराल पोखरा १८, पुस पोखरा सहित नेपालको यातायात क्षेत्रमा ५ दशक आफ्नो यात्रा पूरा गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले यात्रुको सहजताको लागि घरमै बसेर अग्रिम टिकट बुकिङ गर्न सकिने व्यबस्था मिलाएको छ । समय अनुसार यात्रुलाई सहज र सरल सेवा सुविधा उपलब्ध गराउने उद्धेश्यले कम्पनीले आफ्नो बसहरुमा अनलाइनबाटै अग्रिम टिकट बुकिङ गर्न मिल्ने एप्प ल्याएको कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भयो । पृथ्वी बस डटकम डट एनपी (उचष्तजष्खष्दगक.अयm.लउ), पृथ्वी राजमार्ग… पुरा पढौ

प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी पुष २० देखि पोखरामा

दीननाथ बराल, पोखरा १७, पुस कृषि यान्त्रीकरणको प्रबद्र्धन र सचेतना गराउने उद्धेश्यले पोखरामा यही पुष २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म उक्त प्रदर्शनी हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । प्रदर्शनीमा ७० भन्दा बढी व्यावसायिक तथा सेवामुलक स्टलहरू हुने भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । उक्त कार्यक्रममा ४० जिल्लाका करिव ३० हजार सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो… पुरा पढौ