गण्डकी सेरोफेरो

सहारा एकेडेमीलाई साफको सहयोग

काठमाडौं २७, फागुन विकास कार्यक्रम अन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहारा फुटबल एकेडेमीलाई ४० थान केल्मी फुटबल सहयोग गरेको छ । आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा साफ प्रतिनिधिले यु–१६ महिला फुटबलको फाइनल समारोहबीच सहारा प्रतिनिधिलाई फुटबल बल हस्तान्तरण गरेका हुन् । साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापन सदस्य शान्ती केसीलाई बल उपलब्ध गराएका हुन् ।बल प्राप्त गरेसँगै सहाराका अध्यक्ष बरालले साफको सहयोग भएकोमा अखिल नेपाल फुटबल संघ ९एन्फा० र साफलाई धन्यवाद ज्ञापन गरे ।… पुरा पढौ

चर्चीत गायिका चौहानले अन्ततः आत्मआलोचना सहित माफ माग्नु भयो…

हिजोआज अधिकांश मानिसको मनस्थिती नै नकरात्मकले भरिएकोे जस्तो लाग्छ । हाम्रो समाजमा हेर्यो भने हरेक कुरा तथा बिषयहरुलाई सकरात्मक भन्दा बढी नकरात्मक ढंगले हेर्ने त्यसलाई आलोचना गरी हाल्ने बानी बस्न थालेको छ ।पछिल्लो क्रममा यसको सिकार हुनु भयो नेपालकै युवा चर्चीत गायिका एलिना चौहान । फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारले ध्यानाकर्षण भएको भन्दै साउण्ड सिस्टम व्यवसायीको आपत्ति जनाउदै खेद व्यक्त गरेका थिए । यसै सन्दर्भमा गायिका चौहान र साउण्ड… पुरा पढौ

वड्स एकेडेमीमा पुरस्कार वितरण

पोखराको लेकसाइडस्थित वड्स एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकतर्फ वर्ष २०७९ मा तथा २०८० को अतिरिक्त क्रियाकलापतर्फ विभिन्न विधाहरुमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई आइतबार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो । समारोहका प्रमुख अतिथि शिक्षासेवी नरेन्द्रमान लालचनले विद्यार्थीहरुलाई पुरस्कृत गर्दै वड्स एकेडेमीले शिक्षासंगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हाँसिल गर्दै गएको बताउनुभयो । निजी विद्यालयहरुले यसरिनै विद्यार्थीभित्रका प्रतिभाहरुको प्रस्फुटन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । विशेष अतिथि एन प्याप्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले वड्स एकेडेमीले एन… पुरा पढौ

पोखरामा डेढ बर्षमा बन्ने गरी पोखरा भवनको शिलान्यास

दीननाथ बराल, पर्यटकीय नगरी पोखरामा आगामी डेढ बर्षमा निर्माण हुने गरी पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा उक्त भवनको आइतबार एक समारोहका बिच शिलान्यास गरिएको हो । पोखराका मेयर धनराज आचार्यले उक्त भवनको शिलान्यास गर्दै सो भवन पोखराको पहिचान गराउने दाबी गर्नु भयो । पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक (साबिक गोलघर) मा पोखरा भवन निर्माण हुने भएको उहाँको भनाई छ । उक्त भवनमा पुस्तकालय सहित पर्यटन सूचना केन्द्र, घण्टा घर, आर्ट ग्यालरी निर्माण हुने… पुरा पढौ

खेल्छ गण्डकी’ कार्यक्रम मार्फत सुरु भयो ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो उक्त प्रशिक्षण सुरु भएको हो । पोखरा रंगशालामा शनिबार सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गरेका छन् । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद… पुरा पढौ

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा छनौट खेल सुरु

बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा फुटबल, एथलेटिक्स, ब्याडमिन्टन र पौडीको छनौट खेल सुरु गरिएको छ । पोखरा रंगशालामा पुरुष फुटबल, महिला तथा पुरुष एथलेटिक्स र ब्याडमिन्टनको छनौट सुरु भएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । पोखरा रगशालामा सुरु भएको एथलेटिक्सतर्फको छनौट कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले एक कार्यक्रमका बीच शुभारम्भ गरेको प्रदेश एथलेटिक्स संघका अध्यक्ष हरि बरुवालले बताए । दुई दिने छनौट प्रतियोगिताबाट एथलेटिक्सतर्फका विभिन्न इभेन्टमा पुरुषतर्फ १८ र महिलातर्फ १८ गरी ३६… पुरा पढौ

पोखरा–१४ को शिवालय मन्दिर पुनःनिर्माण, सांसद केसीले गरे उद्घाटन

पोखरा महानगरपालिका–१४ को बाच्छीबुडुवामा सेती नदीले जमिन कटान गर्दा जोखिममा परेको शिवालय मन्दिर पुनःनिर्माण गरिएको छ । पुरानै मन्दिर भएको ठाउँको आडैमा बनाइएको नयाँ मन्दिरको शिवरात्रिको अवसरमा शुक्रबार गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले उद्घाटन गरे । वर्षेनि कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन एक वर्षअघि नदीको कटानले बगाएको थियो । त्यसपछि करिब १४ लाख ७० हजार रूपैयाँ लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो । सांसद केसीको पहलमा प्रदेश सरकारबाट ११ लाख ५० हजार रूपैयाँ र स्थानीयको जनश्रमदान ३… पुरा पढौ

बनौंलाई पुन युनाइटेड बास्केटबल प्रतियोगिताको उपाधि

पोखरा, २६ फागुन पुन एकता क्लब नदिपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वतको बनौं बास्केटबल टिम च्याम्पियन बनेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौंले उपाधि रक्षा गरेको हो । उपाधि जितेको बनौंले १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको मर्दीखोलाले द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पायो ।महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ… पुरा पढौ

यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीलाई

पोखरामा पहिलो पटक आयोजना गरिएको यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीले जितेको छ । शनिबार पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानमा भएको फाईनल खेलमा लेकसाईडको ब्लु स्प्यारो एकेडेमीलाई १(० गोलले पराजित गर्दै संगम एकेडेमीले उपाधिसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्यो । नियोङ गुरुङको निर्णायक गोलमा सगमले उपाधि जित्न सफल बन्यो । पोखरा महानगरपालिका वडा नं १३ को आयोजना, संगम क्लबको सहयोग तथा कास्की जिल्ला फुटबल संघको समन्वयमा भएको यु १३ फुटबल प्रतियोगितामा कास्कीका विभिन्न १२ वटा… पुरा पढौ

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका महिला सम्मानित

पोखरा २५, फागुन अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरेको छ । महिलाहरुलाई उत्साह थप्न, शसक्तिकरणको जगलाई बलियो बनाउन र महिलाको क्षेत्रमा लगानी गरि समाजलाई समविकासको अवधारणामा गुडाउनका लागी विभिन्न क्षेत्रका महिलाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्न सम्मान गरेको हो । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय को उत्कृष्ट महिला सहयोग कार्यक्रम अन्र्तगत गण्डकीका विभिन्न जिल्लावाट विभिन्न विधामा सम्मानित प्रतिभाहरुलाई सम्मान गरेको हो । पत्रकारिता क्षेत्रवाट सम्मानित हुनुभएकोमा कास्कीका क्रियाशिल पत्रकार दुर्गा अधिकारी, राधिका कर्णेल,… पुरा पढौ