गण्डकी सेरोफेरो

प्रधानमन्त्रीलाई पोउवा संघको ज्ञापनपत्र, पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चितताको माग

पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको लागि प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ । आइतबार संघको तर्फबाट अध्यक्ष पवनकुमार प्रजापतिले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । संघले यसअघि पनि पटक–पटक प्रधानमन्त्रीलाई यो विषयबारे ध्यानाकर्षण गराएको स्मरण गर्दै विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग दोहो¥याएको हो । ज्ञापनपत्रमा कोरला नाका संचालन र कोरोला नाका संचालन तथा मुक्तिनाथ–दामोदरकुण्ड हुँदै मानसरोवर कैलाश पर्वत यात्रा सहज बनाउन पनि माग गरिएको छ । यस्तै पृथ्वी राजमार्गको स्तरोन्नति,पोखरामा ७८ किलोमिटर… पुरा पढौ

गण्डकी प्रदेशका प्रमुख भट्टद्वारा पदभार ग्रहण

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । उनले आइतबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभाग ग्रहण गरेका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका मन्त्रीहरुले स्वागत गरेका थिए । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश र आफ्नो कार्यकालमा भए, गरेका कामहरूबारे संक्षिप्त जानकारी समेत गराए । देश सङ्घीय संरचनामा गएसँगै गण्डकी प्रदेशमा नियुक्त हुने उनी पाँचौँ प्रदेश प्रमुख हुन ।यसअघि बाबुराम कुँवर, अमिक शेरचन, सीताकुमारी पौडेल र पृथ्वीमान गुरुङ प्रदेश प्रमुख भएका थिए । पुरा पढौ

पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणा

दीननाथ बराल, करिब ७ बर्ष अघिको प्रयासमा अन्ततः पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणा गरिएको छ । तीनै तहका सरकार पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघिय सरकारको बिषेश पहलबाट आइतबार तामझामका साथ पोखरालाई नेपालकै पर्यटनको राजधानि घोषणा गरिएको छ । प्रदेश सरकार स्थापना भए देखि नै पोखरालाई पर्यटनको राजधानि घोषणा गर्न बिषेश पहल गरे पनि संघिय सरकारको बिषेश चासो नदिएका कारण उक्त घोषणा हुन ढिला भएको थियो । कोभिडबाट प्रभावित भएको अबस्थामा आइतबार निकै तामझामका साथ पोखरालाई पर्यटनको राजधानि घोषणाले… पुरा पढौ

लेखनाथमा खेल महोत्सव जारी

कास्कीको लेखनाथमा सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा शनिबार देखि जारी खेल महोत्सव अन्तरगत सोमबार फुटवल र टेक्वान्दोका खेल भएका छन् । चैत्र ११ गतेसम्म पोखरा–२९ स्थित प्रस्तावित् भण्डारढिक रंगशालामा हुने खेल महोत्सवको दोस्रो दिन गण्डकी प्रदेश स्तरिय टेक्वान्दोका विभिन्न तौल समुहमा भएका १४ वटा ईभेन्टको फाईन खेल सम्पन्न भएको टेक्वान्दोका खेल संयोजक बोधराज गिरीले जानकारी दिएका छन् ।टेक्वान्दो खेलका विजयीहरुलाई नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पशुराम वस्नेतले पुरस्कार प्रदान गरेका थिए । यस्तै खेल… पुरा पढौ

स्व.त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण

दीननाथ बराल, नेपाल पत्रकार महासंघ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गरेको छ । गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिएको हो । मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिएको महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बताउनु भयो । पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुरस्कार आज उहाँको परिवारलाई अपर्ण गर्नु भएको हो ।… पुरा पढौ

पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणाको तयारी पूरा, समारोहमा तीन जना सम्मानित हुने, विविध सांस्कृतिक कार्यक्रम हुने

दीननाथ बराल, पोखरामा तामझामका साथ गण्डकी प्रदेशको राजधानि पोखरालाई भोलि(आइतबार) नेपालकै पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने अन्तिम तयारी पूरा भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले आज (शनिबार) संयुक्त रुपमा पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा जानकारी गराएको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, छिमेकी पालिकाहरु, पर्यटन सम्बद विभिन्न संघ संस्था, उद्योग बाणिज्य संघ संस्था, संयुक्त पहल कदमीमा सबैको निर्णयको आधारमा आफुहरुले पोखरालाई नेपालकै पर्यटकटनको राजधानिको रुपमा घोषणा गर्न लागिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले… पुरा पढौ

व्यवसायी त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभइकन ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताउनुभयो । “देशमा लगानीको वातावरण बनेको छ । व्यापार व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,” प्रधानमन्त्री प्रचण्डले भननुभयो, “पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको… पुरा पढौ

सेती नदीको माथि निर्माण हुदै गरेकोे पुलको काम ठप्प

दीननाथ बराल, पृथ्बीराजमार्ग अन्र्तगत पर्ने पोखरा पृथ्बीचोक क्षेत्र (चाइनापुल) नजिक सेतीनदी माथि निर्माण हुदै गरेको दुई वटा पुलहरु मध्य माथिल्लो पट्टि निर्माण हुदै गरेको पुलको काम ठप्प भएको छ । हाल उक्त क्षेत्रमा बिद्युतका पोल सहित खानेपानीको पाइपहरु व्यबस्थापन गर्न नसक्दा चाहेर पनि आफुहरुले विगत ४ दिन देखि पुल निर्माणको काम अघि बढाउन नसकेको रसुवा कन्स्ट्रक्सन प्रा.ली.का प्रतिनिधि सुदर्शन देवकोटाले बताए । तल्लो पुलको जग हाल्ने कार्य सम्पन्न भएको ४ दिन अघि देखि माथिल्लो पुलको निर्माण कार्य गर्ने योजनामा रहे… पुरा पढौ

बाह्रखरी गल्फको उपाधि कार्कीलाई

शनिबार पोखराको हिमालयन गल्फ कोर्षमा सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ प्रतियोगिताको सातौँ संस्करणको उपाधि अर्जुनकुमार कार्कीले जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल उपहार समेत प्राप्त गरे । विजेता खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार वितरण गर्नु भएको हो । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे ।… पुरा पढौ

निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिन्छ :प्रधानमन्त्री

पोखरा(कास्की) ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरू गरिने बताउनुभयो । “आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।” वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय… पुरा पढौ