गण्डकी सेरोफेरो

लागुऔषध पुनर्स्थापना केन्द्र स्तरिय भलिबलमा फाईनल खेल सि.एस.जी. र सेनेरेटरी भिड्ने

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिती कास्कीको आयोजनमा शुक्रबार देखि भएको अन्तर लागुऔषध पुनर्स्थापना केन्द्र स्तरिय पुरुष भलिबल प्रतियोगिताको खेलमा गेट वे फाउन्डेसनलाई हराउँदै सेनेरेटरी फाईनको यात्रा तय गरेको छ । भने हाम्रो परिवारलाई हराउँदै सि।एस।जी फाईनलमा प्रवेश गरेको छ । फाईनल खेल सि।एस।जी र सेनेरेटरी बिच हुने भएको । तेस्रो स्थानको लागि गेट वय फाउन्डेसन र हाम्रो परिवार बिच भिडन्त हुने भएको छ । शुक्रबारको पहिलो खेलमा सेनेरेटी हाउसले नौलो घुम्ती नेपाललाई हराएको छ । दोस्रो खेलमा मानव संरक्षणलाई… पुरा पढौ

्स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान

पोखरा, २ चैत नेपाल पत्रकार महासंघ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ ।गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिने भएको हो । मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ पत्रकार दीपेन्द्र श्रेष्ठलाई अर्पण गरिने महासंघ कास्की सचिव माधव बरालले जानकारी दिए… पुरा पढौ

टेम्पल ट्री १४ औं वर्षमा ः कर्मचारी सम्मान सहित मानव सेवा आश्रमलाई सहयोग

चैत्र २,पोखरा, पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले स्थापनाको १३ वर्ष पुरा भई १४ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले एक कार्यक्रमको आयोजना गरि यो दिवसलाई मनाएको छ । सोहि समारोहमा रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई मेडल सहित दिर्घ सेवा सम्मान प्रदान गरियो । सम्मानित सुमित्रा परियार र कृष्णबहादुर थापाले १० वर्ष तथा रजनी गुरुङ, कुसल गुरुङ, अमर रावल र मुक्ति पाध्याले विगत ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आउनुभएको छ । कार्यक्रममा रिसोर्टमा कार्यरत कर्मचारी कलाकारहरुले मनोरञ्जनात्मक… पुरा पढौ

फेवा नव बर्ष महोत्सवमा २० प्रतिशत सम्म छुट

पोखरा, २ चैत होटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित स्ट्रिट नम्बर १ देखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव आयोजना हुँदै छ । पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ बर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा गरिएको १९ औं फेवा नव बर्ष महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । यही चैत ४… पुरा पढौ

हेमजामा मादल बजाउने तालिम सम्पन्न

महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम शुक्रबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न। २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिलाको छेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउदै महिलाको सक्रियताले उत्साहित भएको उल्लेख गर्नुभयो । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न। २५ का सदस्य धन कुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई ‘मझेरी रिसोर्ट एण्ड स्पा’ को साथ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पाले सघाउने भएको छ । शुक्रबार रिसोर्टमा मञ्चको टोलीसँग भएको भेटघाट तथा छलफल कार्यक्रम पश्चात अघिल्लो वर्षमा जस्तै यो वर्षको अवार्ड कार्यक्रममा समेत अफिसियल रिर्सोटको रुपमा मझेरी रहने निश्चित भएको हो । मञ्चका अध्यक्ष दीननाथ बराल, महासचिव राजाराम पौडेल, कार्यसमिति सदस्य एमबी आस्था मगर, सदस्य सागरराज तिमिल्सिना, रोहितराज पराजुलीको टोलीले रिर्सोटका अध्यक्ष अर्जुन खनाल तथा जनरल मेनेजर गुप्त गिरीसँग… पुरा पढौ

पोखराको सडकमा आश्रित २५ जनाको उद्दार, २ बर्ष बाववालिका देखि ज्येष्ठ नागरिकको उद्धार

दीननाथ बराल, सडक आश्रित २५ जना व्यक्तिहरुलाई पोखरामा उद्दार गरिएको छ । २ बर्षीय वालबालिका देखि ज्येष्ठ नागरिकसम्मका व्यक्तिहरुलाई विहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखराको पृथ्बीचोक तथा लेकसाइड क्षेत्रमा सडक क्षेत्रमा माग्दै हिड्ने तथा विभिन्न ढंगले सडकमा आश्रित १६ जना पुरुष र ९ जना महिलाको विहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताउनु भयो । उद्धार गरिएका मध्य मानव सेवा आश्रम हेम्जा शाखामा ९ जना पुरुष र छोरेपाटन शाखामा ४ जना… पुरा पढौ

विविध कार्यक्रम सहित टप्स इंग्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव सम्पन्न

जया पौडेलपोखरा–१०, रामघाटमा रहेको टप्स इंग्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विद्यालयका संस्थापक÷प्रिन्सिपल रत्नमान गुरुङको अध्यक्षतामा पोखरा सभागृहमा विहिबार विविध कार्यक्रमका बिच बिद्यालयको बार्षिकोत्सव मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका निमिक्त निर्देशक अम्बिका प्रसाद आचार्यले कार्यक्रमको उद्घाटन गर्दै अबको शिक्षा व्यवहारिक र सिपमुलक हुनु पर्नेमा जोड दिनु भयो । बिद्यालयले शैक्षिक विकासको साथमा अतिरिक्त कृयाकलापलाई समेत प्रथामिकता दिएकोमा उहाँले प्रशंसा गर्नु भयो । प्याब्सनका कास्कीका अध्यक्ष… पुरा पढौ

सिष्ठेनी मेला वैशाख २ देखी हुने

पोखरा १, चैत, रुपा युवा क्लबको आयोजनमा पोखरा ३२ रुपातालको छेउमा छैटौं रुपा सिष्ठेनी मेला हुने भएको । करिब ६ सय वर्ष अघिदेखी सुरु भएको सिष्ठेनी मेला २०८१ साल वैशाख २ गतेदेखि ५ गतेसम्म हुने भएको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्काले जानकारी दिए । मेलामा खुल्ला भलिबल प्रतियोगिता, महिला पुरुष रस्साकसी प्रतियोगिता छेलो प्रतियोगिता हुने खड्काले जानकारी दिए । भलिबल प्रतियोगितामा प्रथम हुनेले ६५ हजार ५ सय ६५ रुपैयाँ, दोस्रो हुनेले ३५ हजार ५ सय ३५ रुपैयाँ पुरस्कार स्वरुप… पुरा पढौ

बिहानी मन्टेसोरी ११ वर्षमा प्रबेश

बिहानी मन्टेसोरी प्रिस्कुलको १० औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बालबालिकाको सर्वांगीण विकासका लागि अभिभावकसमेत जिम्मेवार बन्नुपर्ने विचार राखे । आचार्यले विद्यार्थीलाई धेरै होमवर्क र घोकन्ते शिक्षा दिनुभन्दा प्रयोगात्मक विधिबाट सिकाई गर्दा त्यस्ता बालबालिका भविष्यमा अब्बल बन्ने औंल्याए । एक शिक्षकले गलत सिकाउँदा बालबालिकाको भविष्यमा ठूलो असर पर्ने हुँदा शिक्षकहरु क्षमतावान्, नैतिकवान र समर्पित हुनुपर्नेमा उनको जोड छ । पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा… पुरा पढौ