कास्की

नाट्टा गण्डकीको अध्यक्षमा दाहाल

पोखरा २९, साउन नाट्टा गण्डकी प्रदेश को मंगलबार सम्पन्न १३ औं अधिबेशनबाट किशोर दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । त्यसै गरी संस्थाको प्रथम उपाध्यक्षमा संगीता पौडेल, द्धितिय उपाध्यक्षमा राजेश पहारी, महासचिवमा चेतन कार्की , सचीवमा नबराज भण्डारी, कोषाध्यक्षमा सुबाश पहारी, सह कोषाध्यक्ष सन्दिप श्रेष्ठ सदस्यहरुमा बिजय पौडेल, तुल गुरुङ, प्रतिक लामिछाने र छबि पौडेल रहनु भएको छ । उक्त अधिवेसनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र पोखरा आसपास क्षेत्रको आर्थिक बिकास पर्यटन भएकोले यहाँका… पुरा पढौ

लायन्सको बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताह

दीननाथ बराल,पोखरा २९, साउन, लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एम ,क्लस्टर १ अन्तर्गतका क्लवहरुको संयोजनमा साउन अन्तिम हप्तालाई बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताहको रुपमा मनाउने भएका छन ्रक्लस्टर १ अन्तर्गत पर्ने क्लवहरु मध्ये लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजको आयोजनामा सप्ताहको पहिलो कार्यक्रम पोखरा पार्दी माविमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष ओम प्रकाश बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रथम उपगभर्नर धनीराम बरालले उद्घाटन गरेका थिए । अभियानको पहिलो कार्यक्रममा डिस्ट्रिक क्याविनेट सेक्रेटरी शिवराज आचार्य ,क्लस्टर १ का प्रमुख लक्ष्मण तिमिल्सिना ,चाइल्डहुड… पुरा पढौ

६ युवालाई एमालेको सम्मान

पोखरा, २९ साउन, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा ९एमाले०कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ । पोखरामा सोमबार आयोजित कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान अवार्ड दिएर सम्मान गरिएको हो । सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार,फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् । सम्मानित भएका करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको… पुरा पढौ

‘डुलुवा’ टोली भारतको कन्याकुमारीमा, पोखराको पर्यटन प्रवद्धनमा टेवा

पोखरा, २९ साउन. पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु कास्कीकोटको कालिका मन्दिरमा पुजा गरेर हिडेको टोली कन्याकुमारीमा पुगेको छ । उनीहरुले विहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तामील नाडु प्रदेशको यात्रा गर्दै कन्याकुमारी पुगको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुल अहिले सम्म ४५ सय किलोमिटरका यात्रा पुरा गरीसकेका छन् । उनीहरु… पुरा पढौ

हाइकिङको ५० औं श्रृङ्खलामा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा

पोखरा २९, साउन, हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० शनिबार पोखरा २३ बाम्दी देखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्यटन र स्वास्थ्यको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटनमा ठुलो योगदान गरेको वताउँदै पोखरा २३ वडामा हाइकिङ समुह आउँदा यहाँका वासिन्दामा… पुरा पढौ

‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ कमला र दीपेन्द्रलाई अर्पण

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आइतबार पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप फेटा, दोसल्ला, सम्मानपत्रसहित जनही नगद रु २५ हजार अर्पण गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेको प्रदेश प्रमुख भट्टले बताए । उनले नेपालको पत्रकारिताको… पुरा पढौ

डढेलोबाट जोगाउने वन समुहलाई २० हजार पुरस्कार

कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समुहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसको अवसरमा ठुलो वन समुहद्धारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले सो घोषणा गर्नुभएको हो । गाउँपालिकामा ५६ वटा सामुदायिक वन उपभोक्ता समुह रहेका छन् । वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वन्य जन्तु सहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्नका लागि गाविसले यसै आर्थिक बर्षबाट पुरस्कृत गर्ने जानकारी दिंदंै उहाँले भन्नुभयो “डढेलोबाट… पुरा पढौ

बिटी क्लबको पहिलो रक्तदानमा १ सय ४ युनिट संकलन

पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब ९बिटी० ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए । बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए । पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका अनुसार क्लबका… पुरा पढौ

एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्सको शाखा पोखरामा

साउन २८ पोखरा एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रा. लि.ले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयात मन्त्री राजीव गुरुङ र कम्पनी प्रवन्ध निर्देशक तुषार गुप्ताले रिवन काटेर संयूक्तरुपमा उद्घाटन गरेका हुन् । पोखराको बुद्धचोकस्थित शोरुमको उद्घाटन गर्दै मन्त्री गुरुङले अबको भविष्य भनेकै इलेक्ट्रिक सवारी साधनको भएको बताए । उनले भने, ‘देशमा जलविद्युतको द्रुत विकासको कारण विद्युतिय सवारी साधनको भविष्य छ । यसको प्रयोगले सवारी साधन मालिकलाई मात्रै… पुरा पढौ

आदिवासी दिवसको अवसरमा पोखरामा र्याली प्रर्दशन

पोखरा २६, साउन, पोखरामा आदिवासी दिवसको अवसरमा निकालिएको र्याली । शुक्रबार पोखरामा निकालिएको र्यालीमा सहभागिहरु विभिन्न भेषभुषामा सजिनु भएको थियो । तष्विर दीननाथ बराल पुरा पढौ