कास्की

पहिरोमा परी आमा, बाबु सहित परिवार गुमाउनु भएको पवन परियारलाई स्वदेश तथा विदेशबाट ३४ लाख संकलन

दीननाथ बराल, पोखरा २६,, साउन, दीदी बाहेक पोखरामा पहिरोमा परी परिवारका सबै सदस्य गुमाउनु भएका पोखरा १९ का पवन परियारको आवास निर्माणको लागि स्वदेश तथा विदेशबाट सहयोग रकम आउने क्रम जारी रहेको छ । पोखरा महानगरपालिका वडा नं.१९ मा गत असार २७ गते राति १०ः०० बजे गएको पहिरोमा परि परिवारका दीदी बाहेक सबै सदस्यहरू गुमाउनु भएका परियारलाई स्वदेश तथा विदेशबाट रकम आउने क्रम जारी रहेको पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार परियारको राहत… पुरा पढौ

टेलिकमको गुणस्तर सुधार गर्न सक्षम नेतृत्व र चुस्त व्यवस्थापन अनिवार्यः सञ्चारमन्त्री गुरुङ

पोखरा, साउन २६, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापन अनिवार्य रहेको निश्कर्ष सुनाउनु भएको छ । पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको शुक्रवार निरीक्षण गरेपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्तो निश्कर्ष सुनाउनु भएको हो । उहाँले टेलिकमको सेवालाई समय सापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने भन्दे आफ्नो ध्यान सक्षम नेतृत्व र चुस्त व्यवस्थापनतर्फ रहेको बताउनु भयो । अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा… पुरा पढौ

प्रमुख अतिथी को बन्ने भन्ने बिषयको बिबादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम स्थगित

पोखरा २५, साउन, प्रमुख अतिथी को बन्ने भन्ने बिषयको बिबादले गर्दा शैक्षिक संस्था गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम नै स्थगित भएको छ । गण्डकी विश्वविद्यालयले पोखरा–३२ मालमुल, स्यालटहरोमा निर्माण गर्न लागेको मुख्य प्रशासनिक भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरे पनि एकतर्फी ढंगले निर्णय भएको भन्दै बिबाद उत्पन्न भएपछि कार्यक्रम स्थगित भएको श्रोतले जनाएको छ। उक्त कार्यक्रमको शिलान्यास गर्न नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विहीबार नै पोखरा आउनु भएको थियो… पुरा पढौ

पोखरा र भुटानको पर्यटन प्रबद्र्धन गर्न सहकार्य हुने

पोखरा २५, साउन, ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको अनुरोधमा भुटान स्थित एमिन भुटान टुर्स एण्ड ट्रेक प्रा.लि.ले टान गण्डकीमा आवद्ध भुटान टुर बिक्री गर्ने कम्पनीका प्रतिनिधीहरुलाई सहभागी गराई ५ दिने कार्यक्रम हालै सफलताका साथ सम्पन्न भएको छ । टान गण्डकीको आयोजना ,पोखरा महानगरपालिका सहयोग र नेपाल पर्यटन बोर्डको प्रबर्धनमा गरिएको उक्त कार्यक्रमको संयोजन ंसस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गर्नु भएको थियो । उक्त परिचयात्मक भ्रमणमा पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ , टान गण्डकीका कार्यसमिति सदस्यहरु… पुरा पढौ

श्रीकृष्ण मन्दिरमा जारी श्रीमदवीतकमा सहयोग आउने क्रम जारी

पोखराको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी रहेको एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरुको भीड संगै सहयोग रकम आउने क्रम जारी रहेको छ । गत साउन १० गते बाट पोखरा ८ रत्चोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी रहेको श्रीमदवीतकको १६ औं दिन सम्म आइपुुग्दा उल्लेख्य रुपमा भक्तजनहरुले सहभागीता जनाएका छन । भक्तजनको भीड संगै मन्दिरलाई सहयोग रकम आउने क्रम समेत बढेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । शुक्रबार श्रीमदवीतक समारोहका बीच गण्डकी जी आइ… पुरा पढौ

पोखरामा शनिबार सांगीतिक कार्यक्रम सहित हब शैक्षिक मेला हुने

पोखरा २५, साउन, पर्यटकीय नगरी पोखरामा भोलि (शनिबार) सांगीतिक माहोलका माझ हब शैक्षिक मेला हुने भएको छ । हब इन्टरनेशनल एजुकेशन पोखराको आयोजनामा न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा उक्त कार्यक्रम ह्ुने भएको शुक्रबार पोखरा ट्रेड मल स्थित क्लासिक चुलोमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । मेलामा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अन्तर्राष्ट्रिय शिक्षा, त्यहाँको शैक्षिक प्रणाली र अध्ययन पछिको अवसरको बारेमा निःशुल्क जानकारी लिन सक्ने भएको एजुकेशनका सञ्चालक उद्धब खड्काले जानकारी दिए । मेलामा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुट स्टल,… पुरा पढौ

मादी गाउँपालिका २ मा सार्वजनिक सुनुवाई सम्पन्न

पोखरा, २४ साउन, कास्कीको मादी गाउँपालिका २ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सुशासन प्रवद्र्धन अन्तरगत वडा कार्यालयले प्रवाह गरेका सेवाबारे जनतालाई जानकारी दिने तथा जनताका गुनासा सुन्ने उद्देश्यले विहीवार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको वडा अध्यक्ष भोजबहादुर गुरुङ्ले बताए । कार्यक्रममा वडा समिति, टोल विकास संस्था, वडाका सामुदायिक संघसंस्थाका प्रतिनिधिका साथै वडाबासीको उपस्थिति रहेको छ । कार्यक्रममा वडाध्यक्ष गुरुङ्ले वडाले प्रवाह गरेका सेवा सुविधाका बारेमा उपस्थित प्रतिनिधि तथा जनतालाई जानकारी गराएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख… पुरा पढौ

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

पोखरा, साउन २४ , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले… पुरा पढौ

कास्कीमा डेंगू संक्रमण बढ्दो, कुन पालिकामा कति डेंगूका बिरामी ..

दीननाथ बराल, पोखरा २३, साउन, कास्कीमा डेंगू शंक्रमण बढ्दो रुपमा रहेको छ । कास्कीमा ३ सय १९ जनामा डेंगू संक्रमण देखिएको छ । सन् २०२४ को जनवरी देखि हालसम्म (अगष्ट ५ तारिक) सम्म कास्कीमा उक्त सङख्यामा डेंगू संक्रमण देखा परेको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यामनाथ बरालले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार जनवरी महिनामा २६, फेब्ररीमा ६, मार्चमा २, अप्रिलमा ८, मेमा १७, जुनमा ३५ , जुलाईमा १ सय ५० र अगष्टको ५ तारिकसम्ममा ७५ जनामा डेंगू संक्रमण… पुरा पढौ

गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

पोखरा २३, साउन, गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरिएकोे छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले उद्घाटन गरे । मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने विरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मदत पुुग्ने बताए । उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक… पुरा पढौ