कास्की

टान गण्डकीको अध्यक्षमा कृष्ण प्रसाद आचार्य

दीननाथ बराल,पोखरा १५, भदौं, ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् । टान गण्डकीको आज (शनिबार) पोखरामा सम्पन्न भएको ३१ औं बार्षिक साधारण सभा एवं १८ ओै अधिवेशनले आगामी २ बर्षीय कार्यकालको लागि आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएका हुन् । यस अघि आचार्य संस्थाको प्रथम उपाध्यक्षमा रहेको टानले पोखराक्लिकलाई जनाएको छ । निवर्तमान अध्यक्षमा धर्मराज पन्थी रहेका छन्। त्यसै गरी टान गण्डकीको प्रथम उपाध्यक्षमा तिर्थराज सुवेदी, द्धितिय उपाध्यक्षमा मोहन प्रसाद… पुरा पढौ

पोउवा संघको अध्यक्षमा दुई जना आंकाक्षी

पोखरा १५, भदौं, पोखरा उद्योग वाणिज्य संघको यही भदौ २८ र २९ गते हुने ३५ औँ महाधिवेशनको लागि शुक्रबार मनोननयपत्र वितरण भएको छ । निर्वाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ठका अनुसार अध्यक्षको लागि गोकर्ण कार्की र अर्जुन पोखरेलले मनोनयनपत्र लगेका छन् । वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजनाले मात्र उम्मेदवारी परेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेश बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठले मनोनयनपत्र लिएका छन्। वाणिज्य उपाध्यक्षमा बलराम आचार्य र रामेश्वर अधिकारीले आंकाक्षा राखेका… पुरा पढौ

माउन्ट अन्नपूर्ण मा.वि. मा विविध क्लब गठन

पोखरा १५, भदौं, विगत १७ वर्षदेखि कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट सञ्चालन गर्दै आइरहेको पोखराकै सबै भन्दा पुरानो निजी विद्यालय माउन्ट अन्नपूर्ण मा.वि.पोखराले विद्यार्थीहरूको विभिन्न क्लब गठन गरेको छ । विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञान सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराई विविध विषयहरूमा अन्तरनिहित प्रतिभालाई प्रस्फूटन गराउने उद्देश्यका साथ विद्यालयको नियमित वार्षिक कार्यव्रmम अन्तरगत गेम एण्ड स्पोर्टस क्लब, सोसल सर्भिस क्लब र म्युजिक, आर्ट एण्ड लिटेरेक्चर क्लब स्थापना गरिएको हो । जसमा २१ सदस्य सहित गेम एण्ड स्पोर्टस क्लब अन्तरगत… पुरा पढौ

कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई

पोखरा, भदौ १५, गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन् । द्वितीय हुने म्याग्दीको प्रगति सफल… पुरा पढौ

निजी क्षेत्रको पीर मर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार मन्त्री थापा

पोखरा १५, भदौं, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । “ म आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्का सँग जानकार छु । नीजि क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायी मैत्री कानून निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।”, उनले भने । नीजि क्षेत्रसँगै… पुरा पढौ

माछापुच्छ्रेमा जारी महायज्ञमा डेढ करोड संकलन, आज समापन हुदै

पोखरा १४, भदौं, कास्कीको माछापुच्छ्रे« गाउँपालिका–२ भुर्जुङखोलामा जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा डेढ करोड संकलन भएको छ । भदौं ६ देखि जारी उक्त महायज्ञको आज समापन हुने भएको महायज्ञका प्रचार संयोजक कृष्ण गौतमले बताउनु भयो । भुर्जुङखोलाको खाँदरजुङ्गस्थ्ति घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले आयोजना भएको महायज्ञमा हालसम्म १ करोड ४५ लाख नगद र करिब १४ लाख सहयोग प्राप्त हुने आश्वासन प्राप्त भएको बताइएको छ ।साविक सार्दिखोला गाविस वडा नं ४ घलेखर्क घर भई… पुरा पढौ

लेकसाईड होटेलियर्स क्लबद्धारा पोखरामा कर सम्बन्धि एक दिने तालिम, कर छुटको अवसर…..

दीननाथ बराल, पोखरा १३, भदौं, पोखराको लेकसाईड होटेलियर्स क्लबले होटल व्यवसायीहरुलाई कर सम्बन्धि एक दिने तालिम प्रदान गरेको छ । विहिबार पोखराको लेकसाइड स्थित माई होटलको सभाहलमा आयोजना गरेको एक दिने कर सम्बन्धि तालिममा करिब ५० जनाको सहभागिता रहेको क्लवका उपाध्यक्ष ईशान खड्काले बताए । उक्त तालिमको उद्घाटन गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले उधारो कारोवार ऐेन नभएकोले नेपालमा उधारो कारोवार गर्दा त्यसको लेखाजोखा गर्न कठिन भएको बताए । धेरै देशमा उधारो कारोवार ऐन भएकोले नेपालमा… पुरा पढौ

उद्योग बाणिज्य संघमा तेस्रो पुस्ता थापा उदाउदै

पोखरा १३, भदौं, पोखराका जेठो संस्था पोखरा उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति सदस्य पदमा तेश्रो पुस्ताको रुपमा सौगात थापा उदाउन खोजेका छन् । पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक युवा व्यवसायी थापा अघि कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिदैन । पहिलो र दोस्रो पुस्ताबाट अब नेतृत्व तेस्रो पुस्तामा रुपान्तरण भएको छ । प्रवन प्रजापति अध्यक्ष हुँदा कार्यसमितिमा मनोनित भएका सौगात तेस्रो पुस्ताका दरिला उम्मेदवार हुन् । सानै उमेर देखि जिम्मेबारी सम्हालेका सौगातले भाद्र २८ र २९ गते हुने उद्योग… पुरा पढौ

ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने

पोखरा १३ भदौं, पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने भएको छ। वडा कार्यालय, पोखरा १६ को समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मुल आयोजक समितिका संयोजक वडा सदस्य राजकुमारी वाँनियाले जानकारी दिनुभयो । परम्परागत रूपमा हुदै आइरहेको तिज मेला यसअघि स्थानीय हिमालय क्लबले गर्दै आएकोमा क्लवले मेला संचालन गर्न नसक्ने जनाएपछि वडाको सक्रियतामा वडाभित्रका आमा समुहलाई नै आयोजक र सह आयोजकको… पुरा पढौ

घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल

पोखरा १३, भदौं, पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ । बिन्ध्यवासिनी मन्दिरको दर्शन गरी घरदैलो सुरु गरेको टोलीले लामाचौर देखि छोरेपाटन सम्मका व्यवसायीहरुको पीर मर्कालाई सुनेर सम्बोधन गर्न प्रत्यत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवसायीहरुको घरदैलोमा पुग्दा पोखरेल प्यानललाई राम्रो समर्थन मिलेको छ । सम्भावना बोकेको… पुरा पढौ