कास्की

पोखरामा पनि राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रम मनाइने

पोखरा २९, कात्तिक, आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्‍ताहव्यापीकर दिवस मनाउने भएको छ।“करप्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथराष्ट्रिय कर दिवस आउदो मंसिर १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरीमनाउन लागिएको हो। मंसिर १ गते विहान ७ः३० बजे पोखरा सभागृह देखि सृजनाचोकहुँदै रत्‍नचोक आन्तरिक राजस्व कार्यालयसम्म प्रभावतफेरि गरी राष्ट्रिय करदिवसको शुभकामना आदानप्रदान कार्यक्रम हुने छ। यसै गरी मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ।मंसिर २ गतेदेखि मंसिर ६ गतेसम्म वस्तुगत… पुरा पढौ

लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना, यातायात प्राधिकरण गठन गर्न संसदमा आवज उठाउछु–सांसद थापा

पोखरा, २९ कात्तिक नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ । संघले विहीबार एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिको पदस्थापना गराएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक गोकर्ण कार्कीले नयाँ कार्यसमितिलाई पदस्थापना गराउनुभएको हो । संघको नयाँ कार्यसमितिको अध्यक्षमा महेशबहादुर थापा गणेश, उपाध्यक्षमा विक्रम थापा, सचिवमा मेघराज त्रिपाठी, कोषाध्यक्षमा वावुराम घिमिरे, सहचिवमा गणेशकुमार श्रेष्ठ तथा सदस्यहरुमा विनायक वराल, दिनेश वोहोरा, नारायणवावु दानी, राजन जोसी, सन्तोष श्रेष्ठ, चन्द्रबहादुर क्षेत्री अर्जुन, कुष्णकुमार मल्ल रहनुभएको छ । कार्यक्रममा… पुरा पढौ

नेपालका लागि फ्रान्सकी राजदूत र पोखराका नगर प्रमुख आचार्य बिच भेतवार्ता

पोखरा, २९ कात्तिक, नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनि कोर्टेभलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्नुभएको छ । पहिलो पटक पोखरा आउनु भएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्य बिच दुईपक्षिय हितका विषयमा छलफल भएको छ । विशेष गरी अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताउनुभयो । फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी पर्वतारोहणको इतिहास कोरेका थिए । त्यसको ३ वर्ष पछि मात्रै… पुरा पढौ

सहाराको देउँसी भैलोबाट १२ लाख संकलन, आहा राराको घाटा देउसी भैलोले राहत

पोखरा २९, कार्तिक, गत बर्षको २३ औं संस्करणमा करिब १५ लाख घाटा व्यहोरेको सहारा क्लवले यस बर्षको देउसी भैलो कार्यक्रमबाट धेरै राहत मिलेको छ । उक्त प्रतियोगिता र देउसी भैलोको बचत रकम सहारा फुटवल एकेडेमीमा खर्चिदै आएको सहारा क्लवलाई देउसी भैलो कार्यक्रमबाट १२ लाख रुपैया संकलन भएसंगै धेरै राहत भएको छ । मोफसलको चर्चित क्लब सहाराले स्थापनाकालदेखि नै नियमितरुपमा देउसीभैलो खेल्दै आएको छ । ‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्देश्यसाथ तिहारमा ५ दिनसम्म पोखराका विभिन्न भागमा… पुरा पढौ

अन्तराष्ट्रिय बलुन फेष्टिभलको तयारी तिव्र, पोखराको आकाशमा १६ देशका बेलुन पाइलट सहभागि हुदै

दीननाथ बराल, पोखरा २९ कार्तिक, साहसिक खेलकुदको केन्द्र पोखरामा १६ देशका बलुन पाइलटहरु सहभागि हुनुहुने भएको छ । पर्यटनको राजधानि पोखरामा आउँदो पुषको दोश्रो साता आयोजना हुने अन्तराष्ट्रिय बलुन फेष्टिभलमा १६ देशका बलुन पाइलटहरु सहभागि हुने भएको बलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम बाडेले बताउनु भयो । वेलुन नेपाल प्रा.लि.ले पोखरामा सहासिक खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागेको प्रतियोगितामा अमेरीका, वेलायत, फ्रान्स, जर्मन, स्पेन, अष्ट्रिया, मलेसिया, ब्राजिल, लाओस, कोरिया, लाटभिया लगायतका १६ देशका खेलाडीहरुले उक्त प्रतियोगितामा सहभागिता हुने भएको… पुरा पढौ

पोखरामा स्कुटरबाट भिरमा लडेर एक युवाको ज्यान गयो

दीननाथ बराल,पोखरा २८, कार्तिक, पोखरामा स्कुटरबाट भिरमा लडेर एक जना युवाको ज्यान गएको छ । भिर र झाडीको कारण सडक दुर्घटनामा परी भिरमा खस्न पुगेका पोखरामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ स्थित लाँकुरी डाँडामा स्कुटर दुर्घटना हुँदा रुकुम पश्चिमको चौरजहारी गाउँपालिका वडा नम्बर १४ घर भएका २६ वर्षीय मौसम पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बेगनास–भोर्लेटार सडकखण्डको भिरमा बा ७९ प ५८८७ नम्बरको स्कुटर सडकबाट तलको भिरमा खस्न पुग्दा… पुरा पढौ

सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग

पोखरा २८, कार्तिक, सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले सहारा एकेडेमीमा पुनः सहयोग गरेका छन् । धर्मपत्नी सरिता सहित सोमबार दोबिल्ला स्थित सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्दै उनले सहयोग गरेका हुन् । श्रेष्ठ दम्पतीले बालकहरुलाई खाजा, एकेडेमीलाई एक बोरा चामल तथा एउटा स्टिल कप बोर्ड उपलब्ध गराएका हुन् । श्रेष्ठ दम्पतीको नाममा एकेडेमीको एक कक्षलाई हरिकुमार÷सरिता श्रेष्ठ कक्षसमेत नामकरण गरिएको छ । त्यसबेला श्रेष्ठ दम्पतीले ३ लाख उपलब्ध गराएका थिए । साथै एकेडेमीमा सोलार सिस्टम जडान… पुरा पढौ

गण्डकी प्रज्ञा–प्रतिष्ठानले लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने

कार्तिक २७, पोखरा, गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै पर्यटकको आकर्षण बढाउन खोजिएको हो । यो कार्यक्रम हरेक दिन बेलुका दुई घण्टा प्रतिष्ठानको भानु हलमा चल्नेछ । कार्यक्रम मार्फत ७०–८० कलाकारले प्रस्तुती राख्दै गण्डकी प्रदेशको संस्कृति प्रस्तुत… पुरा पढौ

हरि बोधिनी एकादशीमा पोखराको तुलसी घाटमा दर्शनार्थीको भिड, (भिडियो सहित)

पोखरा २७, कात्तिक, पोखराको तुलसी घाट क्षेत्रमा हरिबोधिनी एकादर्शी (ठुला एकादशी) पर्व धुमधामका साथ मनाइएको छ । भगवान बिष्णुका भक्तहरुले भजनकृतनको साथमा पोखरा रामघाटको तुल्सीघाटमा सेतीनदीमा स्नान सहित फुल तारेर, तुल्सीघाट किनारामा तुल्सी रोपेर पुजा आज गरी यो पर्व धुमधामका साथ मनाउनु भएको हो । यसै, सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=4d9fhxomLpM पोखराको रामघाट तथा तुल्सीघाटमा भक्तजनहरुको विहानै देखि भिडभाड भएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रोशन मानन्धरले बताउनु भयो । अघिल्लो बर्षको तुलनामा यस बर्ष दर्शनार्थीहरुको अत्याधिक भिडभाड… पुरा पढौ

भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटलाई भेडीखर्क कपको उपाधि

पोखरा, २७ कात्तिक, पोखरा महानगरपालिका २२ भ्यू प्वाइन्टमा सम्पन्न दोस्रो भेडीखर्क सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्यूप्वाइन्ट सिक्स टु सेभेन मेटले जितेको छ । शनिबार भएको फाइनल खेलमा नानु एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै भ्यू प्वाइन्ट सक्स टु सेभेन मेट च्याम्पियन बनेको हो । च्याम्पियन बनेको भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटले नगद रु ५१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।यस्तै उपविजेता बनेको नानु एफसीले नगद रु २६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो ।यस्तै… पुरा पढौ