कास्की

पोखरा सहित देशका ६० स्थानिय तहमा ऊर्जामैत्री भवन निर्माण सुरु, उर्जा मैत्रि भवन बनाउदा ग्लोवल बैंकले १ प्रतिशत छुट दिने

दीननाथ बरालपोखरा ५, मंसिर पोखरा महानगरपालिका सहित देशका ६० वटा स्थानिय तहमा ऊर्जामैत्री भवन निर्माण गर्न सुरु भएको छ । युरोपियन युनियन अन्तर्गत स्वीच एसिया कार्यक्रमको अनुदानमा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिन) द्वारा घर तथा भवन निर्माणमा हुने ऊर्जा खपतबारे गरिएको अध्ययन प्रतिवेदनमा ऊर्जामैत्री भवन बनाउन सकिएमा आर्थिक, वातावरणीय र स्वास्थ लाभ लिन सकिने भएसंगै त्यस्ता भवनहरु बनाउन पोखरा सहित ६० पालिकाले सुरु गरेको हो । ऊर्जामैत्री भवन बनाउदा सुरुमा ५ प्रतिशत लागत खर्च भए पनि त्यसमा बार्षिक ४०… पुरा पढौ

हरित यातायात प्रणालीको पाइलोटिङ् लामाचौर–छोरेपाटन रुटमा गरिने

पोखरा, ०५ मंसिर, हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने छ। जसका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरासम्म ल्याईपुर्याउनका लागि महानगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ। तोकिएका बसस्टपहरुमा इन्टरनेट र बिजुलीबत्तिको व्यवस्थापन महानगरपालिका आफैले गर्नेछ। पहिलो चरणमा रु।१८ करोड बराबरको सामाग्रीहरू कोरियाले उपलब्ध गराउनेछ। यसको पाइलोटिङ्संगै आगामी दुई वर्ष भित्र… पुरा पढौ

पोखराबाट नियमित अन्तराष्ट्रिय उडानका लागि प्रधामन्त्रीलाई ध्यानाकर्षण

पोखरा, ५ मङ्सिर पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध संघसंस्था, निजी क्षेत्रका प्रतिनिधिले मंगलबार काठमाडौंमा प्रधानमन्त्रीलाई भेट गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रदेशका पर्यटन मन्त्री बस्यालले पर्यटन राजधानी पोखरामा पर्यटक बृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुु आवश्यक… पुरा पढौ

नेपालको कर प्रणालीले स्वयं घोषणमा आधारित रहेकोले छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाएको होः प्रमुख कर अधिकृत शर्मा

पोखरा, ५ मंसिर, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणमा आधारित रहेकोले छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाइएको बताएका छन् । ‘हाम्रो कर प्रणालीमा राजश्व कार्यालयले कर निर्धारण गर्दैन, करदाता स्वयंले आफ्नो कर घोषणा गर्ने हो, त्यस्तोमा व्यक्ति इमान्दार हुनुपर्छ,‘उनले भने,‘व्यक्तिले गलत नगरोस् भन्ने हेतुले नै हाम्रो कर प्रणालीले जरिवान, शुल्क,दस्तुर, ब्याजमा बढी नै रकम तोकेको छ ।’ प्रमुख कर अधिकृत शर्मा कर सप्ताहअन्तर्गत पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको कर सचेतनासम्बन्धी… पुरा पढौ

विस्तृत शान्ति सम्झौताको १८ वर्ष पूरा, द्धन्द्धपीडितको पिडा बुझ्ने सरकार कहिले आउला ? अधिकार सहितको परिचय पत्र माग गर्दै पिडितहरु

दीननाथ बरालपोखरा ५, मंसिर, विस्तृत शान्ति सम्झौता भएको १८ बर्ष पूरा हुदा पनि कास्कीका द्धन्द्धपीडितले न्याय नपाएको गुनासो गर्नु भएको छ । विस्तृत शान्ति सम्झौता भएको १८ बर्षः ५ मंसिर २०८१ न्याय प्राप्ती कहिले ? भन्ने बिषयमा बुधबार पोखरामा आयोजित छलफल कार्यक्रममा पिडितहरुले १० वर्षे सशस्त्र द्धन्द्धका क्रममा राज्य पक्ष र विद्रोही पक्ष नेपाल कम्युनिष्ट पाटी (माओबादी) बाट पीडित भएकोमा हालसम्म न्यान नपाएको गुनासो गर्नु भएको हो । पिडितहरुले हालसम्म कुनै सरकारले पनि आफुहरुको माग पूरा गर्न नसकेकोमा गुनासो गर्दै… पुरा पढौ

बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा

पोखरा ५, मंसिर, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले बालबालिको अधिकारको सम्मान गर्ने भनेको राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु भएको उल्लेख गरे । “बालबालिका हाम्रो समाजको भविष्य हुन् । उनीहरुको अधिकारको सम्मान गर्ने भनेको हाम्रो राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु हो… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट सुरु मेसी, रोनाल्डो, सन्दीप लामिछाने, सावित्रा जस्ता प्रतिभा पोखरामा पनि जन्मन सक्छनः सांसद गुरुङ

दीननाथ बरालपोखरा ५, मंसिर, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट २०८१ सुरु भएको छ । तीन दीनसम्म संचालन हुने उक्त स्पोटर्स मिटको आज (बुधबार) एक समारोहका बिच सांसद मन बहादुर गुरुङले उद्घाटन गर्दै बिद्यालयले शिक्षासंगै खेलाडी उत्पादनको लागि विभिन्न खेलकुद गतिविधि गर्नूपर्नेमा जोड दिनु भयो । उहाँले हरेक व्यक्तिसंग विभिन्न क्षमता हुने हुदा आफ्नो प्रतिभा प्रष्फुटन गर्न बिद्यार्थीहरुमा आग्रह गर्नु भयो । सांसद गुरुङले नेपालका सन्दिप लामिछाने, सावित्रा भण्डारी देखि विदेशी खेलाडी मेसी, रोनाल्डो जस्ता… पुरा पढौ

खेलकुदमा देखिएको अन्यौल हटाउन प्रदेश खेलकुद परिषद गण्डकीको माग, दशौं खेलकुदको तत्काल मिति तोक्न सदस्य सचिव शर्माको आग्रह

दीननाथ बरालपोखरा ४, मंसिर, खेलकुद क्षेत्रमा देखिको अन्यौल हटाउन प्रदेश खेलकुद परिषद गण्डकीले माग गरेको छ । आज भन्दा दुई बर्ष अघि गण्डकी प्रदेशको राजधानि पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन संगै कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति २०८१ म्ंसिर २ देखि ९ गतेको मिति घोषणा गरे पनि हालसम्म राष्ट्रिय खेलकुद परिषदले यसका बिषयमा मौन रहेकोले खेलकुद क्षत्रमा भएको अन्यौल अन्त्य गर्न परिषदले माग गरेको हो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति यथासिघ्र घोषणा गर्न यूवा तथा… पुरा पढौ

पोखरामा मंसिरको पहिलो साता शिव फोर्टी प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने

पोखरा ४, मंसिर, मंसिरको पहिलो साता पोखरामा पहिलोपटक फोर्टी प्लस सिक्स ए साइड भेट्रान्स कप २०८१ हुने भएको छ ।चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गरी आगामी मंसिरको ७ र ८ गते पोखरामा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टीमले नगद ५० हजार ट्रफी र मेडल, दोश्रो हुनेले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक शिव भट्टराइले जानकारी दिए । भट्टराइका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १५ सय र ट्रफी र बेष्ट कीपरलाई नगद १… पुरा पढौ

गण्डकी प्रदेशमा खर्च कटौती गरि पुँजीगत खर्च बढाउने तयारीमा

पोखरा ४, मंसिर, गण्डकी प्रदेशमा वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अनुत्पादक खर्च कटौती गरि गुणस्तरीय पुँजीगत खर्च बढाउन प्रदेश सरकारले रणनीति तर्जुमाको तयारी थालेको छ । पुँजीगत खर्च क्षमता बढाउन, आन्तरिक आय अभिवृद्धि तथा अनाबश्यक चालु खर्चमा कटौती गरी प्रदेशको समग्र सार्वजनिक वित्त व्यवस्थापनलाई थप प्रभावकारी बनाउन समिति गठन गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउनुभयो । ‘वित्तिय सुशासन कायम गर्न आवश्यक भएकोले सो सम्बन्धमा सबै मन्त्रालयहरुसँग अन्तरक्रिया र छलफल गरी सुझाव सहितको प्रतिवेदन समितिले पेश गर्नेछ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘प्रतिवेदन प्राप्त भएपछि… पुरा पढौ