पोखरा २४, पुष नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न भएको छ । आइतबार देखि सोमबारसम्म महासंघको सभाहलमा चलेको तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल थिए । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव सुनाए । सोमबार तालिमको समापन गर्दै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले सिक्ने र सिकाउने प्रक्रिया कहिल्यै अन्त्य नहुने उल्लेख गरे । ‘सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ’, उनले भने,…
पुरा पढौ