मनोरन्जन

एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा सहभागि हुने क्रिकेट टिमलाई सदस्य सचिवद्धारा पोखरामा हौसला प्रदान

दीननाथ बरालपोखरा ६, माघ, एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई राखेपका सदस्य सचिब टंकलाल घिसिङले भेटघाट गर्दै उत्कृष्ट खेल प्रर्दशन गर्न आग्रह गर्नु भएको छ । मलेसियामा आगामी फेब्रुअरी १० बाट हुने एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा सहभागि हुने नेपाली टोली पोखराम बन्द प्रशिक्षणमा रहेको टोलीलाई शनिबार मैदानमै पुग्नु भएको सदस्य सचिव घिसिङले क्रिकेटमा राम्रो नतिजा आएकोले यसमा धेरेको अपेक्षा भएकोले अझ राम्रो खेल प्रर्दशन गर्न आग्रह गर्नु भएको हो । क्रिकेटमा… पुरा पढौ

न्यू डाइमण्डलाई पन्छाउदै एपिएफले टाइगर कपमा ह्याट्रिक पुरा गर्यो

दीननाथ बरालपोखरा ६, माघ, विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफ क्लवले पोखरामा संचालन भएको टाइगर कप भलिवल प्रतियोगितामा आफ्नो ह्याट्रिक पुरा गर्न सफल भएको छ । पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० अन्र्तगत महिला तर्फको खेलमा दोश्रो तथा डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबले आज (शनिबार) भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड एकेडेमीलाई सोझो तीन सेटमा पन्छाउदै ह्याट्रिक पुरा गर्न सफल भएको हो । दोश्रो र तेश्रो उपाधि जितेको एपिएफले यसपालीको चौथो संस्करणको उपाधि रक्षा गरेसंगै ह्याट्रिक पूरा… पुरा पढौ

प्रथम मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन ः क्षिजित र सिमालाई उपाधी

पोखरा ६, माघ प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२४ को उपाधी एपिएफका क्षितिज खनाल र कस्तुरी कलेजकी सिमा राजबंशीले जितेका छन् । फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल तर्फ क्षिजितले एपिएफकै देवराज रानालाई २१–१९, २१–१४ ले पराजित गर्दै उपाधी हात पारेका हुन् । यस्तै सिमाले महिला एकलको फाईनलमा नेपाल पुलिस क्लबकी निता लम्साललाई २१–१०, १५–२१, २१–१६ ले पराजित गर्दै उपाधी हात पारेकी हुन् । पुरुष तर्फ तेश्रो स्थानमा नखिपोटका बिवेक चौधरी र एपिएफका अमन महर्जन तथा… पुरा पढौ

पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने

पोखरा ५, माघ पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए । दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने… पुरा पढौ

शल्यकृया गर्न रकम अभाव भएका बिरामीलाई सहयोग गर्दै युवा व्यावसायी खतिवडा

जया पौडेलपोखरा ५, माघ, शल्यकृया गर्न रकम अभाव भएर पिडामा रहेका बिरामीलाई पोखराका युवा व्यवसायी युवराज खतिवडाले आर्थिक सहयोग गरेका छन्। पोखराका विभिन्न स्थानमा सस्तो बजार संचालन गरी हजारौं जनालाई स्वरोजगार बनाउन सहयोग गरेका खतिवडाले विभिन्न कारणले तत्काल शल्यकृया गर्नुपर्ने तर रकम अभावले गर्दा पिडामा रहेका केही बिरामीलाई अस्पतालमै पुगेर सहयोग गरेका हुन्। युवा व्यावसायी खतिवडाले पर्वत जलजला गाउँपालिकाकी रसिला दमाइलाई आर्थिक सहयोग गरेका छन्। पर्वतको जलजला गाउँपालिकाकी –४,लामाखेतमा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएकी रसिलाको ढाँडमा हाल… पुरा पढौ

गौ सेवाका लागि महायज्ञबाट ५८ लाख सङ्कलन

पोखरा, ०५ माघ राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा रु।५८ लाख बढी रकम सङ्कलन भएको छ । पौष २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा ९वात्सायन क्षेत्र० मा माघ ४ गतेसम्म आयोजित ज्ञान महायज्ञमा नगद तथा जिन्सी गरी ५८ लाख २२ हजार १८२ रुपैयाँ विभिन्न दानदाताहरूबाट सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पहिलो दिन रु।७२ हजार ८३०, दोस्रो दिन रु।२ लाख ३४ हजार २ सय, तेस्रो… पुरा पढौ

टाइगर कप भलिबल प्रतियोगितामा पुरुष तर्फ घरेलु टिम गण्डकी सेमीफाइनलमा, एपिएफसंग भिड्ने

दीननाथ बराल पोखरा ४, माघ, पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुष तर्फको खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफसंग सेमिफाइनलमा भिड्ने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा बिहिबार भएको अन्तिम लिगमा गण्डकीले विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन आर्मी क्लबसंग ३–२ सेटले पराजित भए पनि अंकका आधारमा सेमीफाइनलको यात्रा तय गरेको हो । आर्मीले गण्डकीलाई २५–२०, २०–२५, १७–२५, २५—२१ र पाँचौ सेटमा १५—६ सेटमा पराजित गरेको हो… पुरा पढौ

पुर्व गर्भनर क्षेत्रीद्धारा सरकारको नेतृत्व गर्नेले आफुखुशी योजनालाई राष्ट्रिय गौरव बनाउँदा अलपत्रः परेको आरोप

पोखरा ४, माघ, योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफुखुशी योजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको आरोप लगाएका छन् । पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यवसायीक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारले प्राथमिकतामा राखेको मध्यपहाडी लोकमार्ग अलपत्र पर्ने गरेको प्रसंगबारे गरेको प्रश्नमा जवाफिदै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष… पुरा पढौ

पोखरा–१५ को खेल महोत्सव ः गलेश्वर र श्री १५ फुटबलको फाइनलमा, विद्यालयतर्फ रेन्बो प्रथम

माघ ४, पोखरा । पोखरा–१५ मा जारी दोस्रो बृहत् खेलकुद महोत्सवको समापन शुक्रवार बिहान हुने भएको छ । खेल महोत्सव बिहीबार सम्पन्न गर्ने भनिए पनि सहभागी टोलीको सङ्ख्या धेरै हुँदा खेल शुक्रवारसम्म धकेलिएको हो । शुक्रवार बिहान ८ बजे टोल स्तरीय फुटबल खेलको फाइनल हुनेछ । फाइनलका लागि गलेश्वर टोल र श्री १५ भिड्ने भएका छन् । निकै नै प्रतिस्पर्धात्मक खेलमा गलेश्वरले प्रतिभा टोललाई २–१ र श्री १५ ले दिव्य ज्योतिलाई ट्राई बेकरमा ११–१० ले पराजित गर्दै फाइनलका लागि पक्का… पुरा पढौ

‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ माघ ८ गते पोखरामा हुने, अष्ट्रेलियाका १३ बढी युनिभर्सिटीका प्रतिनिधिसंग भेट्ने अवसर

पोखरा ४, माघ ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ यही माघ ८ गते पोखरामा हुने भएको छ । उक्त कार्यक्रममा अष्ट्रेलियाका १३ बढी युनिभर्सिटीका प्रतिनिधि आउने भएको ग्लोबल रिच नेपाल पोखरा शाखाका संयोजक सरिता गुरुङले बताउनु भयो । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले माघ ८ गते सोमबार अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’सञ्चालन गर्न लागेको उहाँले बताउनु भयो । ग्लोबल रिचको… पुरा पढौ