मनोरन्जन

हेमजाका राष्ट्रिय प्रतिभा सम्मानित

१०,, माघ पोखरा, शिक्षासेवी टीकाराम बास्तोलाको स्मृतिमा हेमजाका राष्ट्रिय प्रतिभा सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा भाषासेवी मुकुन्दशरण उपाध्याय, प्यारासुट जम्प गर्ने पहिलो साहसी महिला अन्नपूर्णा कुँवर, हेमजाका व्यावसायिक कृषक शोभाकर तिम्सिना, साहित्यसेवी कृष्ण उदासी, र मानवसेवा आश्रम पोखरा–२५ रहेका छन् । उनीहरूलाई १२ हजार एकसय पाँच नगद राशिसहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिना, टीकाराम बास्तोला स्मृति कोषका संस्थापकद्वय डा. दिनेश बास्तोला, ई. रमेश बास्तोला र संस्थाका अध्यक्ष बलराम पौडेलले संयुक्त रूपमा… पुरा पढौ

सूर्य नेपाल इस्टर्न ओपन सुरुपहिलो दिन शुक्रलाई एक स्ट्रोकको अग्रता

धरान, माघ १० सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३(अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन। डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तीमा १ स्ट्रोकले पछि पारे। २(अन्डर ६८ सहित नीरज तामाङ दोस्रो स्थानमा छन। एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे। उनीहरूले १(अन्डर ६९ स्कोर गरे। पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन(पार ७० सहित पाँचौ स्थानमा… पुरा पढौ

पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने

चितवन, माघ १० स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने भएको छ । अध्ययनका लागि रेल विभागको महानिर्देशक रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको प्राविधि टोली बुधबार भरतपुर आइपुगेको छ । पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो । विकल्पमा प्रस्तुत गरिएको २ रुट टिकौली… पुरा पढौ

पोखरामा पहिलो पटक यही माघ १३ गते देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने

दीननाथ बरालपोखरा १०, माघ, पोखरामा पहिलो पटक यही माघ १३ गते देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० हुने भएको छ । पोखराको ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को… पुरा पढौ

पोखरा रंगशाला व्यवस्थापनको जिम्मा कास्की जिल्ला खेलकुदलाई

पोखरा ९, माघ प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गरेको छ । प्रदेश खेलकुद परिषदका अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा बसेको परिषदको सातौं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषदको निर्देशन अनुसार गठित पोखरा रंगशाला व्यवस्थापन सहजीकरण समितिले पेश गरेको सुझाव र प्रतिवेदनका आधारमा प्रदेश खेलकुद परिषदको अर्को निर्णय नभएसम्मको लागि रंगशालाको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गर्नुका साथै… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपमा फ्यान अफ दी म्याचलाई ५ हजार पुरस्कार

दीननाथ बरालपोखरा ९, माघ के तपाँई पोखरामा जारी आहा रारा पोखरा गोल्ड कप हेर्दै हुनुहुन्छ ! अब फुटवलको रौनकसंगै तपाँईले एकै खेल हेर्दै रमाईलो गरेर ५ हजार रुपैयासम्म हात पार्न सक्नु हुन्छ । यही माघ २० गतेसम्म पोखरामा संचालन हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा दर्शकलाई प्रोत्साहन गर्न फ्यान म्याच अफ दी म्याच घोषणा गरी ५ हजार पुरस्कार प्रदान गरिने भएको अग्रज फोटो पत्रकार शुर्दशन रञ्जितले पोखराक्लिकलाई बताउनु भयो । नेपाल फोटो पत्रकार संघ कास्कीको समन्वयमा हरेक… पुरा पढौ

पोखराका ७ पत्रकार एकै मञ्चमा पुरस्कृत हुने

पोखरा, ६ माघ नेपाल पत्रकार महासंघ कास्कीले ७ जना पत्रकारलाई एकै मञ्चमा पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुने पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । उक्त अवसरमा पत्रकार टंक अधिकारी र दीननाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ ।महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित… पुरा पढौ

म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण

पोखरा ९ माघ नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ ।१८ औं पोखरा म्याराथनको युके संयोजक तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन । युकेमा रहेका सहयोगीहरुले चुप्सको सौजन्य गरेका हुन । साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ र… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कप सुरु, थ्री स्टार क्वाटरफाइनलमा प्रबेश ,राष्ट्रिय खेलाडी घलान पुरस्कृत

दीननाथ बरालपोखरा ९, माघ पोखरामा आहा रारा पोखरा गोल्ड कप सुरु भएको छ । सहारा क्लवको आयोजनामा मंगलबार देखि उक्त प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लव २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पहिलो प्रि–क्वाटरफाइनल खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा यात्रा बनाएको हो । थ्री स्टारका योगेश गुरुङले एक गोल गरे भने सहाराका आसिस गुरुङले एक… पुरा पढौ

वर्ल्ड लिंकले ल्यायो स्मार्ट कोम्बो डिल

काठमाडौं, ९ माघ इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिल नामकनयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागिअहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोटब्रान्ड को अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउनसक्नेछन् । ४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजारमूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ ।यो अफर नेपालभर… पुरा पढौ