मनोरन्जन

सडक महोत्सवको अवसरमा आयोजित रस्सा कसि प्रतियोगितामा गौरी घाट र ओटेफ विजेता (भिडियो सहित)

पोखरा १६, पुष, रस्साकसि प्रतियोगितामा गौरीघाटको समुह यसपाली पनि प्रथम भएको छ । रेवान पाखराले पोखरा सडक महोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा गौरीघाट बीको समुह प्रथम भएको हो। https://www.youtube.com/watch?v=LYGGmdwn-yY गौरीघाट क्षेत्रको सडकमा मंगलबार भएको फाइनल खेलमा थ्रि सिक्स्टिनको समुहलाई पराजित गर्दै उपाधि सहित खसि उपहार प्राप्त गर्यो । प्रतियोगितामा डुंगा व्यवसायीको टोलीले शसस्त्र प्रहरीको टोलीलाई पराजित गर्दै तेश्रो भएको हो । उपविजेताले वोका र तेश्रो हुनेले दुई वटा भाले उपहार प्राप्त गरेको पूर्व अध्यक्ष सुर्यबहादुर भुजेलले बताउनु भयो । प्रतियोगितामा… पुरा पढौ

बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले विश्वका संचार माध्यममा उच्च स्थान प्राप्त पर्यो(भिडियो सहित)

दीननाथ बराल,पोखरा १६, पुष, पोखरामा जारी बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले विश्वका धेरै मुलुकमा प्रथामिकता पाएको छ । पोखरामा पहिलो पटक आयोजना भएको बेलुन महोत्सवको बारेमा अमेरीका, अष्टेलिया, ब्राजिल, फ्रान्स, वेलायत लगायका देशहरुमा नेपालको बारेमा यस्तो समाचार पहिलो पृष्ठमा छापिनु नेपालको र बेलुन खेलको विश्वमा व्यापक चर्चा परिचर्चा भएको आयोजक बेलुन नेपालका अध्यक्ष बिक्रम पावेले बताउनु भयो । https://www.youtube.com/watch?v=R2l4uEG75QM उक्त महोत्सवमा सोमबार देखि महोत्सवमा दर्शकको अत्याधिक भिड भएको महोत्सव आयोजक बेलुन नेपालले जनाएको छ । उक्त महोत्सवमा जानको लागि पोखरा लेकसाइडको… पुरा पढौ

नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी

पोखरा, पुस १६, नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारहरूले निष्कर्ष निकालेका छन् । सोमवार पोखरामा आयोजित पोखरेली गजलप्रेमीहरूको भेलाले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई ‘गजल’ नै भनिनुपर्नेमा जोड दिएका छन् । गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेका अभियानप्रति कटाक्ष गर्दै भेलाले नवप्रवेशी गजलकारहरूलाई दिग्भ्रमित पार्ने त्यस्ता प्रयासको भत्र्सनासमेत गरेको छ । सो कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गजलमा… पुरा पढौ

‘दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’

पोखरा १६, पुष, दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । हालै पोखरामा आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती सम्बन्धमा आयोजित एक दिने कार्यक्रममा यो चिन्ता ब्यक्त गरिएको हो । कार्यक्रममा प्रस्तुत गरिएको तथयाङ्क अनुसार विगत ६ वर्षमा टेलिकम कम्पनीहरुको आय रु २४ अर्बले घटेको छ र यो आउँदो ५ वर्षमा अझै थप रु १६ अर्बले घट्ने प्रक्षेपण गरिएको छ । घट्दो आम्दानीका कारण कम्पनीहरुले… पुरा पढौ

माछापुच्छ«े पोखरा ओपन टेनिस ः आरव र सुनिरा च्याम्पियन

पोखरा १६, पुष पोखरामा सम्पन्न २१ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत सम्पन्न प्रतियोगितामा आरव सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्दी प्रनव मानन्धर र सुनिरा थापाले सलोनी तामाङलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । मेन्स सिंगल्सतर्फको फाइनलमा आरवले प्रनवलाई ६–१, ६–१ ले पराजित गर्दा सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । च्याम्पियन भएका दुबैले समान नगद रु ८०–८०… पुरा पढौ

पोखरा सडक महोत्सवमा आज मध्य राति १२ः०० बजे आतिसबाजी हुने

दीननाथ बराल,पोखरा १६, पुष, पर्यटनको राजधानि पोखरामा जारी पोखरा सडक महोत्सवको अवसरमा आज (मंगलबार) राति १२ः०० बजे आतिसबाजी हुने भएको छ । पोखरामा जारी २६ औं संस्करणको सडक महोत्सवको अवसरमा महोत्सवमा आगन्तुक स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षण सहित नयाँ अग्रेंजी बर्ष २०२५ को स्वागतार्थ मंगलबार राति आतिसबाजी हुने भएको श्रोतले पोखरा क्लिकलाई जनाएको छ । अघिल्ला बर्ष झै यस बर्ष पनि विधि र प्रकृया पूरा गरी आवश्यक स्थानमा समन्वय गरी उच्च सावधानिका साथ आतिसबाजी गर्ने तयारी गरिएको रेवानले जनाएको छ… पुरा पढौ

दोश्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सबै उपाधि चिनिया टोलीलाई

दीननाथ बराल, पोखरा १५, पुष, पोखराको फेवातालमा सोमबार सम्पन्न भएको दोश्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस (प्रतियोगिता) मा सबै उपाधि चिनिया टोलीले जितेको छ । आइतबार देखि पोखरामा संचालन भएको २ सय मिटर र ५ सय मिटर तर्फको रेस प्रतियोगितामा सबै उपाधि चिनिया टोलीले जितेको हो । फेवातालमा आज (सोमबार) सम्पन्न २०० र ५०० मिटर फाइनल चरणको रेसमा चिनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । लाओयू क्लवले दोहोरो उपाधिको साथमा १० हजार अमेरिकी डलर… पुरा पढौ

तमु ल्होछारका अवसरमा विशेष पुरस्कार तथा सम्मान परम्परागत पर्वको मौलिकता जोगाइ राख्नु मुख्य चुनौतीः प्रदेश प्रमुख भट्ट

पुस १५, पोखरा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताउनुभएको छ । उहाँले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गर्नुभयो । तमुहरूको महान पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टले भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताउनुभयो । ‘नेपाल बहुजातीय, बहुभाषिक,… पुरा पढौ

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी मन्त्री थापा

पोखरा१५, पुष, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताए । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् । मन्त्रीका अनुसार गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई जोगाउन तथा संरक्षण गर्न यो कदम महत्वपूर्ण हुनेछ । उनले स्थानीय समुदायसँग परामर्श गरी चाँडै विधेयक प्रदेश सभामा प्रस्तुत गरिने बताएका छन् । उनले आउँदो अधिवेशनमै कानुन… पुरा पढौ

२० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ, १५ पुस, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई… पुरा पढौ