मनोरन्जन

विश्व शान्ति स्तुपःले स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको छः अध्यक्ष बराल, विश्व शान्ति स्तुप को २५ औं वार्षिक पूजा सम्पन्न

जया पौडेल,पोखरा २६, कार्तिक, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले विश्व शान्ति स्तुपःले स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको बताउनु भयो । हालै सम्पन्न भएको विश्व शान्ति स्तुप को २५ औं वार्षिक पूजा कार्यक्रममा बोल्दै उहाँले पुम्दी भुम्दी क्षेत्रको धार्मिक एवं पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपले धेरै पर्यटकहरुलाई आकर्षण गर्दा स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको बताउनु भएको हो । पुम्दी भुम्दी मा रहेको पर्यटकीय क्षेत्र विश्व शान्ति स्तुप, बिशाल महादेवको मुर्ति, बुद्ध पार्क निर्माण लगायतका भौतिक… पुरा पढौ

व्यवसायीद्वारा तत्काल अन्तर्राष्ट्रिय उडानको माग

पोखरा, २४ कात्तिक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ । संघद्वारा शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्वपूर्ण हुने कुरामा सम्पूर्ण पर्यटन व्यवसायी एक मत भएका थिए । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि… पुरा पढौ

६४ जना चाइनिज धावक सहित १२५३ जना धावक शनिबार पोखरामा हुने क्रस कन्ट्री दौडमा सहभागि हुने

पोखरा २३, कार्तिक पर्यटनको राजधानी पोखरामा भाृलि(शनिबार) हुने तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता २०८१ को अन्तिम तयारी पूरा भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चार वटा विधामा हुने प्रतियोगिताको अन्तिम तयारी भएको प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले बताउनु भयो । प्रतियोगिता बिहान साढे ७ः३० बजे शुरु हुनेछ । दैडमा सहभागि हुनेहरु तथा अवलोकनकर्ताहरु बिहान ७ बजे प्रतियोगितास्थलमा पुगिसक्नु पर्नेछ । हिमालयन टुरिजम फोरमले चीनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, चेम्बर अफ कमर्स, होटल संघ नेपाल पोखरा, पोखरा पर्यटन परिषद,… पुरा पढौ

पुम्दी भुम्दीमा पर्यटकको बसाई लम्बाउन पदमार्ग निर्माण,

पोखरा २३, कार्तिक ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीको टोलीले पर्यटन पदमार्गलाई व्यवस्थित गर्दै पर्यटकहरुको बसाइलाई लम्ब्याउने उद्देश्यले ताल पारिको अनदु गाउँ र फेवाताल शान्ति स्तुपा पदमार्गको अवलोकन गरेको छ । पुरानो गारेटो बाटो रहेको यस बाटो पर्यटकीय हिसावले पदयात्राको लागि उपयुक्त पदमार्ग भएकोले उक्त पदमार्गको अवलाकेन गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भयो । यस बाटो पछिल्लो समय सडक विस्तारले हराउँदै गएको अवस्थामा यसको स्तरोन्नति गरि पर्यटकको बसाइ लम्व्याई सकिने विश्वास सहित यसका अवसर, सम्भावना र… पुरा पढौ

पोखराको बसुन्धरा पार्कमा पोखरा कुनमिन मित्रता पार्क,चाइनिज टोली पोखरा भ्रमणमा व्यस्त

दीननाथ बरालपोखरा २३, कार्तिक, पोखराको बसुन्धरा पार्कमा पोखरा कुनमिन मित्रता पार्क निर्माण गरिएको छ । चाइना सरकारको सहयोगमा हालै निर्माण भएको उक्त पार्कको आज (शुक्रबार) एक समारोहका बिच चाइनाको युनान प्रान्तका खेल व्युरोका महानिर्देशक याङ जोङहुवा, नेपाल स्थित चाइनिज राजदुत छन सोङ, पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा २५ का अध्यक्ष मोतीराज तिम्सिनाले संयुक्त रुपमा उक्त पार्कको अनावरण गर्नु भएको हो । उक्त पार्कमा ५ वटा बस्नमिल्ने टायल विच्छाएको वेन्च, भूईमा ढुंगा बिच्छाइएको छ भने केही भाग ढलान गरिएको छ ।… पुरा पढौ

चिनियाँ राजदूत छन सोङ द क्लिफमा

पोखरा २३, कार्तिक, नेपालका लागि‌ चिनियाँ राजदूत छन सोङले द क्लिफ नेपालको अवलोकन भ्रमण गरेका छन् । राजदूत छनसहितको टोलीले शुक्रबार साहसिक पर्यटनको हब क्लिफ पुगेको कम्पनीका अध्यक्ष राजु कार्कीले जनाए । क्लिफको अवलोकन पश्चात राजदूत छनले क्लिफका साहसिक गतिविधिमा रमाउन मन भएपनि समयका कारण सम्भव नभएको बताए । त्यसका लागि अर्को पटक क्लिफ आउने उनको भनाइ छ । राजदूत छनसहितको टोलीको भ्रमणले कम्पनी र कर्मचारीलाई नयाँ ऊर्जा मिलेको अध्यक्ष कार्कीको भनाइ छ ‌। भ्रमणमा गण्डकी प्रदेशका पूर्वपर्यटन मन्त्री विकास… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस बर्ष चाइनबाट पहिलो चाटर्ड फ्लाइट मार्फत १२० जना यात्रु पोखरामा

दीननाथ बराल, पोखरा २२, कार्तिक, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस बर्ष चाइनबाट पहिलो चाटर्ड फ्लाइट मार्फत १२० जना यात्रु पोखरामा अवतरण गर्नु भएको छ । यस बर्षको पहिलो चाटर्ड फ्लाईट एयरबस ३१९ नम्बरको विमान चाइनाको कुनमिङ शहरबाट आज (विहिबार) सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जशोधा सुवेदीले जनानकारी गराउनु भयो । उहाँका अनुसार आज दिउँसो २ः०० बजे पोखरामा अवतरण गरेको उक्त विमान ३ः४० बजे रित्तै काठमाण्डौं तर्फ प्रस्थान गरेको उहाँले जनाउनु भयो । पुर्व सुचित समय तालिका… पुरा पढौ

पोखराका ४ ठाँउमा छठ पर्व मनाउन सुरु

दीननाथ बराल, पोखरा २२, कार्तिक, पोखरामा यस बर्षको छठ पर्व बिषेश गरी ४ ठाँउमा धुमधामका साथ मनाउन सुरु भएको छ । बिषेश गरी तराई मधेषका समुदायलाई पोखराका विभिन्न स्थानमा छठ पर्व मनाउन सहज होस भन्ने उद्धेश्यले यस बर्ष पोखराका ४ ठाँउमा हर्ष र उल्लाहासका साथ मनाउन सुरु भएको हो । पोखरामा आज भन्दा करिब २५ बर्ष अघि सुरु भएको पोखरा नदीपुरको नारायणथान मन्दिर परिसरबाट बिस्तार हुदै ४ ठाँउसम्म व्यबस्थित र झकिझकाउका साथ छठ पर्व मनाउन थालिएको विभिन्न छठ पूजा समितिले… पुरा पढौ

शनिबार पोखरामा हुने तेस्रो ‘क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा, प्रतियोगितामा चिनका ६४ जना धावक सहभागि हुने

पोखरा, २२ कात्तिक पर्यटनको राजधानी पोखरामा यही कात्तिक २४ गते (शनिबार) हुने तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चार वटा विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिता बिहान साढे ८ बजे शुरु हुनेछ । दैडमा सहभागि हुनेहरु तथा अवलोकनकर्ताहरु बिहान ७ बजे प्रतियोगितास्थलमा पुगिसक्नु पर्नेछ । हिमालयन टुरिजम फोरमले चीनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, चेम्बर अफ… पुरा पढौ

“अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु, मंसिर ७ गते रिलिज हुँदै

पोखरा २२, कार्तिक नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो । चलचित्र पत्रकार संघ नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका विषयमा जानकारी गराइएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिनेमा ६ वर्ष अगाडि छायाँकन गरिएको हो । सिनेमाका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफु धादिङ पुग्दा बोक्सीका… पुरा पढौ