मनोरन्जन

पोखराका ४ वटा ठाँउमा छठ पर्व मनाउन झकिझकाउ पारियो

दीननाथ बराल,पोखरा २१, कार्तिक, पोखराका ४ वटा ठाँउमा छठ पर्व मनाउन झकिझकाउ पारिएको छ । बिषेश गरी तराई मधेषका समुदायलाई पोखराका विभिन्न स्थानमा छठ पर्व मनाउन सहज होस भन्ने उद्धेश्यले यस बर्ष पोखराका ४ ठाँउमा झकिझकाउ पारिएको विभिन्न छठ पुजा समितिले जनाएको छ । पोखरामा पनि तराई मधेषकै झल्को दिने गरी हर्ष र उल्लाहासका साथ यो पर्व मनाउने तयारी गरिएको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले पोखराक्लिकलाई बताउनु भयो । पोखरा लेकसाइड स्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर… पुरा पढौ

पोखरामा पनि छठ पर्व धुमधामका साथ मनाउने तयारी

दीननाथ बराल, पोखरा २०, कार्तिक, पोखरामा पनि यस बर्षको छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । पर्यटकीय नगरी पोखराका मुख्य गरी चार ठाँउमा धुमधामका साथ छठ पुजा मनाउने तयारी गरिएको विभिन्न छठ पुजा समितिहरुले उल्लेख गर्नु भएको छ । पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा), रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनार र कमल पोखरीमा छठ पुजा धुमधामका साथ मनाउन केही दिन देखि सरसफाई गर्न सुरु गरिएको हो । सुर्यका भक्तहरुलाई छठ पर्वको… पुरा पढौ

पुम्दीकोटमा पर्यटकको चहल पहल

दीननाथ बराल,पोखरा १९, कार्तिक, मानव निर्मित नयाँ पर्यटकीय गन्तव्य बिशाल महादेवको मुुर्तिमा आन्तरिक तथा बाह्यि पर्यटकको चहल पहल बढेको छ । नेपालीहरुको महान पर्व तिहारको अवसरमा केही दिन देखि पुम्दीकोट क्षेत्रमा पर्यटकहरुको चहल पहल बढेको स्थानियले बताउनु भयो । पोखरा २२ पुम्दी भुम्दीको पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्ति सहित दृश्यावलोकनको लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको हिजोआज चहल पहल बढेको पुम्दीकोट कोट बिकास समितिका अध्यक्ष एवं उद्योगपति चन्द्रकान्त बरालले बताउनु भयो । सार्वजनिक बिदाको दिनमा भने एकै दिनमा ५ हजार भन्दा… पुरा पढौ

देउसी भैलोले पोखरा गुन्जियो, पर्यटक पनि देउसी भैलोमा मस्त

दीननाथ बराल,पोखरा १६, कार्तिक, पर्यटनको राजधानि पोखरा यतिवेला गुन्जायमान भएको छ । नेपालीहरुको चार्ड तिहार पर्वको अवसरमा पोखरामा विभिन्न उद्धेश्यले खेलिएको देउसी भैलो कार्यक्रमले गर्दा हिजोआज पोखरा गुन्जायमान भएको हो । पोखराको पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा भने देउसी भैलो खेलको विदेशी पर्यटकहरुले निकै मस्त हुनु भएको छ । राति अबेरसम्म पोखराको सडकमा उहाँहरुको उल्लेखनिय उपस्थिती रहेको छ । पोखरामा चहल पहल ह्वात्तै बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । उहाँका अनुसार पोखरामा हाल पर्यटकको अकुपेन्सि करिब ६०… पुरा पढौ

पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा गुञ्जिँदै

पोखरा १५, कार्तिक, युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य नेपाल टुर अन्तर्गत शुक्रबार हुने कार्यक्रमका लागि पोखरा आइपुगेका छन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा जारी ‘एकादेशमा नेपाल टुर २०२४’को पूर्वनिर्धारित सेड्युल अनुसार शुक्रबार पोखराको बाराही घाटमा वैद्यले लाइभ प्रस्तुति दिँदै छन् । उनको टिम बुधबार पोखरा आइपुगेको छ । आर्बिटरी इभेन्ट्स र एम।एन प्रोडक्सनको आयोजनामा भइरहेको टुरको पोखराको व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ । पोखरामा हुने कार्यक्रमका लागि बिहीबार बिहानसम्म करिब ३ हजार टिकट बिक्री भइसकेको प्रचार… पुरा पढौ

अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा १३, कार्तिक, गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि अपाङ्गता अधिकारकर्मी नेतृत्वको वकालत परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि भौतिक पूर्वाधार, संचार र यातायातमा पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश सरकार अपाङ्ग मैत्री बन्दै आएको बताए ।उनले अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्था सँग मिलेर प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गरे । प्रदेशमा बन्ने… पुरा पढौ

क्लब स्तरिय क्रिकेटको उपाधि राइजिङ पोखरालाई ,सुवास बने प्लेयर अफ दि सिरिज

पोखरा १२, कार्तिक, पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो । राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकिय पारी खेल्दै… पुरा पढौ

पोखरामा सुरु भयो पुष्प मेला, तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ ः कृषि मन्त्री श्रेष्ठ

पोखरा १२, कार्तिक, गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनुहुनेलाई… पुरा पढौ

सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ र्निधारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड

भरतपुर, १२ कार्तिक नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ । त्यसै गरी अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसियसनका सचिव श्रेष्ठ बताउनुहुन्छ । विगतमा फुलको मालाको मूल्य फरक फरक भएकाले यस पटक रु १०० निर्धारण गरिएको एशोसियसनका सचिव श्रेष्ठले… पुरा पढौ

अञ्जनको उत्कृष्ट बलिङले राइजिङ फाइनलमा

पोखरा १०, कार्तिक राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । १०३ रनको विजयी लक्ष्य पाएको राइजिङले २४.३ ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो । राइजिङका लागि ओपनर अनिल गुरुङले ४६ रन बनाउदै नटआउट रहे । उनले ६७ बलमा ६ चौका समेत प्रहार गरे… पुरा पढौ