पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडमा नयाँ नेतृत्व, अध्यक्षमा एन कुमार साई

-


     पोखरा क्लिक     
     भाद्र २२ गते २०८२ मा प्रकाशित


पोखरा,

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड, पोखराको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित हुनु भएको छ । अध्यक्षमा एन कुमार साई विजयी भएका छन्। उनले ८४ मत अन्तरले प्रतिस्पर्धी विज्ञान श्रेष्ठलाई पराजित गरे। साईले ६०८ मत प्राप्त गर्दै श्रेष्ठले ५२४ मत प्राप्त गरे ।

सञ्चालक पद तर्फ हेमन्त मल्ल ८४० मत सहित सर्वाधिक मत ल्याउँदै विजयी भए। त्यस्तै जय प्रसाद शर्मा र मेघराज त्रिपाठी दुवैले ७२३,७२३ मत ल्याएर निर्वाचित भए। अशोककुमार चौधरी (६८ मत), कृष्णप्रसाद पौडेल (६५९ मत), जसबहादुर गुरुङ (६२४ मत), बाबुराम दवाडी ‘साइँला’ (६१५ मत), ज्ञानबहादुर केसी ‘ज्ञानु सर’ (५६६ मत), काशी शर्मा न्यौपाने (रामु) (५३६ मत) र लक्ष्मीप्रसाद पौडेल (५३४ मत) पनि सञ्चालक सदस्यमा चयन भए। निवर्तमान अध्यक्षमा योगेन्द्र बहादुर केसी रहेका छन् ।

क्षेत्रीय संयोजकतर्फ बुद्धिप्रसाद घिमिरे (बेशीशहर) र इन्द्रप्रसाद गुरुङ (धौलागिरी) विजयी भए। क्षेत्रीय सदस्यमा खोमबहादुर थापा, रामप्रसाद भट्ट, विक्रम थापा, चिरञ्जिवि रेग्मी, भानुभक्त न्यौपाने, सुमनकुमार श्रेष्ठ र सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए।

कम्पनीको नयाँ नेतृत्वले आगामी कार्यकालमा बस व्यवसायलाई अझ सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार थापाले जानकारी दिएका छन्।



This will close in 20 seconds