मनोरन्जन

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

पोखरा, २२, पुष, नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

पोखराको भाटभटेनीमा छुटमा सामान लिनेहरुको भिड्ः

पोखरा २१, पुष, पोखराको भाटभटेनिमा सामान लिनेहरुको भिडभाड भएको छ । अगेंजी नयाँ बर्ष २०२५ को अवसरमा भाटभटेनिले ५० प्रतिशत छुटमा फेन्सि सहितका केही सामानमा छुट उपलब्ध गराएसंगै सामान खरिद गर्ने उपभोक्ताहरुको भिडभाड भएको हो । तष्विर दीननाथ बराल \पोखरा पुरा पढौ

१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ

पोखरा २१, पुष, पोखरा महोत्सवलाई सफल बनाउन पोखराका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं पोखरा महोत्सवलाई सफल बनाउनका लागि आयोजना गरिएको संघ संस्थाहरुको बैठकले पोखरा महोत्सवलाई सफल बनाउनका लागि आ आफ्नो ठाँउबाट साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झांकी तथा र्यालीमा पोखरामा रहेका संघ संस्थाहरुले स्व स्फुर्त रुपमा सहभागी भइ महोत्सवको सोभा… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन माघ १० गते हुने

पोखरा २० पुष, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन आगामी माघ १० गते बिहीबार हुने भएको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आइतबार पोखरा रङ्गशालाको मिडिया सेन्टरमा बसेको कार्यसमितिको छयालीसौँ बैठकबाट अधिवेशनको मिति तय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । मञ्चमा ७४ जना खेलकुद बिटमा कलम चलाउने पत्रकार आवद्ध रहेका छन् । अधिवेशन सहभागी बन्न मञ्चमा आवद्ध सदस्यले माघ ७ गते भित्र सदस्यता नवीकरण गर्नुपर्नेछ । सदस्यता नवीकरणको लागि संयोजन गर्ने… पुरा पढौ

लेखनाथ महोत्सवमा हाजिरी जवाफ

लेखनाथ, २१, पौष, कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयिक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ । कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो । घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहका विचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ विहान त्यसको… पुरा पढौ

गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा सम्पन्न,अध्यावधिक नहुने खेल संघलाई कार्वाही गर्ने सदस्य सचिव शर्माको चेतावनी

दीननाथ बराल,पोखरा २०, पुष, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेल संघहरुले दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिनु भएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उहाँले निर्धारित मिति यही पुष २० गते भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिनु भएको हो । समय भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघका प्रतिनिधिहरुले खेल संघको लेटर प्याड तथा छाप समेत… पुरा पढौ

गण्डकी प्रदेश पौडी संघका कुँवर

पोखरा २०, पुष, गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा आनन्द कुँवर निर्वाचित भएका छन । संघको प्रथम साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि आनन्द कुुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जस अन्तर्गत संघको उपाध्यक्षमा कृष्ण भक्त आचार्य, सचिवमा जीवन रेग्मी, कोषाध्यक्षमा बबिता कार्की के.सी. निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा लाल बहादुर पराजुली थापा, तिल बहादुर थापा मगर, सूर्य बहादुर सिग्देल, राजेन्द्र बहादुर अधिकारी, धमेन्द्र गिरी, विष्णु पहारी, रुवि तामाङ, अर्जुन नेपाली, अमृत खड्का, महेन्द्र भुजेल निर्वाचित भए… पुरा पढौ

पोखरा १३ मा साहित्यको उत्सव

पोखरा, २० पुस, पोखरा महानगरपालिका वडा नम्बर १३ ले आयोजना गरेको साहित्य पर्व २०८१ विभिन्न साहित्यिक गतिविधि गर्दै सकिएको छ ।पोखरा महानगरपालिकामा नै पहिलो पटक साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रममा साहित्य संवाद, कविता, गीत, चित्रकला प्रदर्शनी गर्दैै सकिएको हो । ३३ वटा वडा रहेको पोखरा महानगरपालिकामा १३ नम्बर वडाले यो प्रयास थालेको हो । डा. अभि सुवेदीले वर्तमानले देखेको र भविष्यले खोजेको शीर्षकमा विद्वत् प्रवचन दिएर सुरु भएको ‘साहित्य पर्व २०८१’ बाबा राणाको गीतसँगै सकिएको थियो ।… पुरा पढौ

लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

लेखनाथ, २०, पौष, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा… पुरा पढौ

कोन सहकारीको रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन

दीननाथ बराल,पोखरा २०, पुष, पोखरा महानगरपालिका वडा न १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आज (शनिवार) आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन भएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २६ औ बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ५२ यूनिटक रक्त संकलन भएको सहकारीका सचिव शान्त कुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी संस्थाका निर्वतमान अध्यक्ष एवं मानार्थ संरक्षक शरदकान्त सिग्देलले पहिलो रक्तदाता संस्थका सचिव शान्त कुमार श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण… पुरा पढौ