
जनकल्याण समिति पोखरा १३ सिद्दकालिका स्थानले बिभिन्न बिधाहरुमा सम्मान गरेको छ। ७० बर्ष पुरा भएका लाई स्व. रेशम बहादुर स्मृति समानमा ६ जना व्यक्तिहरु,एस ई ई मा उत्कृस्ट भएकालाई रामलक्ष्मी शैक्षिक पुरस्कार २ जनालाई, १०ं२ एस एलसीमा उत्कृष्ट ल्याउने बिन्देश्वरी मिथिला झा शैक्षिक पुरस्कार १ जनालाई मिलेर गरौ उच्च शिक्षा सम्मानमा २ जना,भौतिक निर्माणमा सहयोग गर्नै बिभिन्न व्यक्तिहरुलाई सम्मान,नयाँ आजिबन सदस्यहरु २ जनाको सम्मान एवं स्वागत गरिएको थियो।
पोखरा वडा न. १३ का वडा अध्यक्ष किरण बरालले उक्त कार्यक्रम सहित भर्खरी सम्पन्न ढलान बाटोको उद्घाटन गर्नु भएको थियो।कार्यक्रम चर्चित लोक गायक अमर धिताल लगाएतका कलाकारले गित तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाउनुभएको थियो। कार्यक्रममा सम्पूर्ण टोलबिकास देखि सुनडाडाँ टोल बिकाश संस्थाका अध्यक्ष शम्भु बराल,कोन सामुदायिक सहकारीबाट माधव प्रसाद सिग्देल तथा बिशेष अतिथिको रुपमा तेज बहादुर बानियाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष शिब केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत मन्तव्य प्रथम उपाध्यक्ष कृष्ण राज गौतमले गर्नुभएको थियो भने कार्यक्रममा धन्यबाद मन्तव्य कार्यक्रम संयोजक एवं दितिय उपाध्यक्ष खेम भट्टराईले गरेको कार्यक्रमको संन्चालन महासचिव शान्ति देवी पौडेल केसीले गर्नुभएको थियो।




