अर्थतन्त्र

साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ स् प्रमुख दाहाल

चितवन, भदौ १२, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उहाँले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गर्नुभयो । खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान रुपमा अघि बढेको उहाँले बताउनुभयो । महानगरमा भौतिक विकास उल्लेखीय रुपमा अघि बढिसकेकाले महानगरले अहिले आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई विषेश प्राथमिकता दिएको उहाँको भनाई छ… पुरा पढौ

पोखरा पर्यटन परिषदको अध्यक्षमा पहारी, अग्रज पर्यटन व्यवसायी पौडेल सम्मानित

दीननाथ बराल,पोखरा १२, भदौं, पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन हुनु भएको छ । परिषदको आज पोखरामा सम्पन्न भएको २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रबर्द्धन मंच नेपाल ९भिटोफ० गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी आगामी दुई बर्षीय कार्यकालको लागि चयन हुनु भएको हो । त्यसै गरी परिषदको हाल ६ जना सदस्य चयन हुनु भएको निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । परिषदको सदस्यमा हरि भुजेल, चौ बहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन… पुरा पढौ

एक महिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन सम्पन्न

पोखरा १२, भदौं, श्रीकृष्ण प्राकाट्य महामहोत्सवको आयोजना संगै श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा जारी एक महिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । श्रावण १० गतेदेखी सञ्चालन भएको श्रीमदवीतक चर्चा कार्यक्रम भदौ १० गते श्रीकृष्णजन्माष्टमीको दिन श्रीकृष्ण प्राकाट्य महामहोत्सवको आयोजना संगै समापन भएको हो । समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका उप मेयर मञ्जुदेवी गुरुङले श्रीकृष्ण प्रणामी मन्दिरलाई पोखराका अन्य धार्मिक पर्यटकीय गन्तब्य जस्तै बनाउन आवश्यक रहेको बताइन । श्रीकृष्ण प्रणामी मन्दिरको जग्गा सांघुरो भएको आफुले… पुरा पढौ

कृष्ण भजनमा ओमकार भजन समुह प्रथम

पोखरा १२, भदौं, पोखराको बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फुलवारीको ॐकार भजन समुह प्रथम भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा हेम्जाको देविस्थान भजन समुह द्वितीय, बाटुलेचौरको बडहरवोट आमा समुह तृतीय र काठमाडौं, टोखाको मुक्तेश्वर खैजेडी लोक भजन समुह र विन्ध्यवासिनी मावि बाटुलेचौरले सान्त्वना स्थान प्राप्त गरेको छ। काठमाडौं, लम्जुङ्ग सहित देशका विभिन्न भागबाट १७ टोलिले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार, प्रमाणपत्र, तृतीयले ५०… पुरा पढौ

मिस मगर नेपालका अन्तिम प्रतिस्पर्धीहरु निट डेन्टल केयरमा

पोखरा १२, भदौं, मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् । मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक पहिचान, व्यक्तिगत दन्त सल्लाह, आवश्यक उपचार र जीवनभर स्वस्थ रहनका लागि आवश्यक राम्रा बानीहरूको प्रोत्साहन गर्न कार्यक्रम समावेश गरेको बताईन् । प्रतिस्पर्धीहरुलाई डा। नितिका रन्जित र डा। जेनि आचार्यले दन्त जाँच तथा उपचार गरेकी थिईन् साथै निट डेन्टल केयर प्रा।लिका प्रबन्ध निर्देशक… पुरा पढौ

‘स्पा पर्यटनको अभिन्न अंग’

पोखरा, भदौ ११, गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर खाने कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै उनले भनिन्,‘पोखरा पर्यटनको राजधानी हो । यहाँ आउने प्राय पर्यटक साहसिक खेलकुदका लागि आउँछन् । अनि खेलेर थाकेपछि शरिरलाई पुर्नताजगी बनाउन स्पा महत्वपूर्ण छ ।’ उनले स्पालाई व्यवसायीकरण गर्न सकेमा आम्दानीको राम्रो श्रोत बनाउन सकिने बताईन् ।… पुरा पढौ

पोखराको क्यासिनोमा जुवा खेलेर लाखौं देखि करोड हारेका नेपालीको अबस्था….

दीननाथ बराल,पोखरा ११, भदौ, कानूनले बन्देज गरेको क्यासिनोमा विभिन्न तलबिजले नेपालीहरु नै खेल्न पुग्दा हाल पोखरामा केही व्यक्तिहरु विचल्लीमा परेका छन्। नेपाली बाहेक विदेशीहरुको लागि मनोरन्जन तथा एक प्रकारको जुवा रहेको क्यासिनोमा २÷४ जना मात्र होइन पोखराको एक क्यासिनोमा २५÷३० जना भन्दा बढी नेपालीहरु नै जाने गरेको श्रोतको दाबी छ । पोखरा ६, लेकसाइडमा रहेको ताज क्यासिनोमा नेपालीहरु खेलेर लाखौं हारे पछि हाल उनीहरु विचल्लीमा परेको आफ्नो साथेभाईसंग मात्र गुनासो गरेका छन्। पोखरामा करिब एक बर्ष अघि देखि संचालनमा आएको… पुरा पढौ

कास्कीकोटमा दहीको होली खेलियो

पोखरा, ११ भाद्र, श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा मंगलबार पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ। भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा दहि जात्रा हुँदै आएको छ। गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीको आयोजनामा दहिको होलीमा हजारौं मानिसहरुको सहभागिता रहेको थियो। सांस्कृत रुपमा मनाउदै आएको यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएका छन् । दहिको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको भन्दै यो दहिको होली कास्कीकोटमा मात्र रहेको धार्मीक क्षेत्रविकास समितीका सचिव तथा कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले दावी गरे। यस… पुरा पढौ

लामाचौर तीज महोत्सवमा यस बर्ष पनि महिला तथा पुरुषको राष्ट्रिय भलिवल प्रतियोगिता नै आकर्षण हुने

पोखरा, ११ भदौ, पोखराको लामाचौर तीज महोत्सवमा यस बर्ष पनि महिला तथा पुरुषको राष्ट्रिय भलिवल प्रतियोगिता नै आकर्षण हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ को मुख्य आकर्षणको रुपमा महिला तथा पुरुषको राष्ट्रिय भलिवल प्रतियोगिता नै आकर्षण हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन… पुरा पढौ

जनयुद्धका शहिदलाई राष्ट्रिय शहिदकै दर्जा हुन्छः अध्यक्षः प्रचण्ड

दीननाथ बराल, पोखरा १०, भदौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहिद परिवारलाई राष्ट्रिय शहिदकै दर्जामा सम्मान गरिने भएको बताउनु भएको छ । पोखराको वरपिपल रिसोर्टमा आइतबार देखि संचालन भएको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सके लगत्तै सोमबार शहिद तथा वेपत्ता परिवारजनसंग संक्षिप्त भेटघाट कार्यक्रमममा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । शहिद परिवार, वेपत्ता भएका परिवारलाई सम्मान गर्ने परिपुरक दिने विभिन्न स्थानमा पार्कहरु बनायर उहाँहरुको सम्मान गर्ने सबै प्रकारको ढोका खुलेको… पुरा पढौ