अर्थतन्त्र

गण्डकी रेन्वो ट्राउट फार्मका संचालक गुरुङको सहयोग सहित महायज्ञमा ३८ लाख संकलन

दीननाथ बराल,पोखरा १०, भदौं, कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यले आयोजित महायज्ञमा हालसम्म ३८ लाख ५१ हजार आर्थिक सहयोग संकलन भएको छ । श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ को आज पाँचौं दिन (सोमबार) सम्म ३८ लाख ५१ हजार ४ सय ५१ रुपैया संकलन भएको माछापुच्छ«्रे गाउँपालिका–२ का वडाध्यक्ष तथा प्रवक्ता एवं महायज्ञका सहसंरक्षक गणेश आचार्यले बताउनु भयो । महायज्ञमा सोमबार श्रीकृष्ण जन्मष्टमी पर्वको अवसरमा गण्डकी… पुरा पढौ

पोखरामा डायमण्ड मेला हुदैं

पोखरा, १० भदौ, पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो । पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा मेला हुन लागेको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । सोही अवसरमा क्रिस कञ्चन ज्वेलरीमा डायमण्डको सोरुम पनि उद्घाटन गरिने अध्यक्ष गुभाजूले जानकारी दिए । मेलामा डायमण्ड खरिदमा विशेष छुट दिइने उनले बताए । मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ६… पुरा पढौ

खुल्ला भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह हेमजा प्रथम

पोखरा, १० भदौ राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ । प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन समूह फूलबारी पोखरा तृतीय र पञ्चासे भजन समूह सान्त्वना बनेका छन् । प्रतियोगितामा उत्कृष्ट बाद्यबादनमा शिशुुवा भजन समूह, उत्कृष्ट भेषभुुषामा मातृकेश्वर भजन समूह, हेमजा र उत्कृष्ट स्वरतर्फ शुक्ला हिलेटार शिवालय भजन समूूह विजयी भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृृतीय र सान्त्वनालाई… पुरा पढौ

जापानमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शन

पोखरा १०, भदौं, जापानको टोकियोमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र आइतबार प्रदर्शन गरिएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्माण गरिएको घान्द्रुकको ९कोँड नाश० वृत्तचित्र बे्रज मेश्रो घान्द्रुक समाज जापानको आयोजनामा जापानको टोकियो शहरको गोतान्दा माया रेष्टुरेन्टमा प्रदर्शन गरिएको हो । जापानको टोकियो शहरमा घान्द्रुकको जापानमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शनवृत्तचित्र प्रदर्शन समारोहमा बोल्दै नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदीले आफु बेलायत राजदूत भएर बेलायत जाँदा नेपाल घुमेर बेलायत फर्किएहरुले स्वर्गको एउटा टुक्रामा टेकेर आएको… पुरा पढौ

यस वर्षको फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कार बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारीलाई

चितवन, १० भाद्र, बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । उहाँले टेलिभिजन विधामा सो पुरस्कार प्राप्त गर्नुभएको हो । अघिल्लो आर्थिक वर्षभरिमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा प्रकाशन प्रसारण भएका समाचारमध्येबाट फेडवासनले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ । राजभण्डारीका अलावा अखबारतर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेरा अनलाइनका जगतदल जनाला बि.क.. र रेडियोतर्फ रेडियो… पुरा पढौ

सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ प्रमुख दाहाल

चितवन, भदौ १०, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताउनुभएको छ । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘अहिले सहकारीमा समस्या देखिएको छ, उहाँले भन्नुभयो,‘सबै सहकारीहरुले मर्म विपरित काम गरेका छैनन । यही समयमा राम्रो पनि सहकारी छन् भन्ने सन्देश दिन आवश्यक छ ।’ प्रमुख दाहालले कृषिको क्षेत्रमा महानगरले धेरै… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन

पोखरा १०, भदौं, श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले पहिलो रक्तदाता मिलन केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले विभिन्न… पुरा पढौ

पोखरामा श्रीकृष्ण जन्माष्टमी मनाइदै(फोटो तथा भिडियो)

दीननाथ बराल,पोखरा १०, भदौं, श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा पनि मनाइदै छ । पोखराका विभिन्न कृष्ण मन्दिरहरुमा धुमधामका साथ यस पर्व मनाइदै छ । विभिन्न कृष्ण मन्दिरहरुमा आज भगवान् श्रीकृष्णको पूजा आराधना सहित र्याली सहितको झाँकी समेत प्रर्दशनी गरिएको छ । पोखरा १० रामबजारमा श्रीकृष्ण मन्दिरमा, श्रीकृष्ण मन्दिर संचालक समितिको आयोजनामा, पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालय तथा श्याम श्याम सत्संग पोखरा १५ (राधे राधे) को संयुक्त आयोजनामा पोखरामा सोमबार बृहत शोभा यात्रा निकालिएको छ । त्यसै गरी पोखराका विभिन्न… पुरा पढौ

लेकसाइड पुगेर खुल्ला चौरमै दिदी बहिनीले यसरी दर खादै (डिभियो सहित)

पोखरा ९, भदौ, पोखराको लेकसाइडमै पुगेर खुला चौरमा गिता जुम्बा क्लासको टिमले तिजको गित गाउदै दर समेत खादै । आइतबार पोखराको केदारेश्वर महादेव मणि आश्रम मन्दिरको परिसरमा रहेको खुल्ला चौरमा दर खादै जुम्बा टिम । आफुहरुले नेपाली परम्परा अनुसारकै तिजको पर्वको अवसरमा दर खाने कार्यक्रममा जुटेको संस्थाका अध्यक्ष गिता पंगेनीले बताउनु भयो । साथै उहाँहरुले वालुवा वोक्ने केही श्रमिक महिलाहरुलाई समेत दर खुवाउनु भयो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=ouGM_JVndyU पुरा पढौ

शिभिल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा सम्पन्न

पोखरा ९, भदौं, शिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं साधरण सभा शनिवार एक कार्यक्रमका बिच पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालाकृष्ण कोईरालाको अध्यक्षता तथा सभामा उपस्थित संस्थाका जेष्ठ सदस्य गंगा तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष धर्मराज बराल ९भोला० को विषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कबिता भुषाल शर्माले स्वागत मन्तब्य तथा सचिव बिनोद प्रसाल लामिछानेले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा बोल्दै संचालक समिति सदस्य एल के शर्माले संस्थाको सम्पूर्ण गतिबिधिबारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा… पुरा पढौ